logo

सगरमाथा म्युजिक अवार्ड असोजमा आयोजना हुने 

      7/18/2018 गते 00 00 मा प्रकाशित     1657   पटक पढिएको

काठमाडौं २ साउन ।
रेस्पोन्सिभ मिडिया प्रालिको आयोजनामा हुन लागेको ‘सगरमाथा म्युजिक अवार्ड २०७५’ मा नेपाली कलाकर्मीहरुले सक्रिय रुपमा आफ्नो सहभागिता जनाइरहेको आयोजक संस्थाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।

 

आवेदन फारम असार १ गतेबाट खुल्ला भएको र आगामी साउन ३१ गतेसम्म आवेदन फारम भरिसक्नु पर्ने संस्थाका अध्यक्ष मनोज थापाले जानकारी दिए । अवार्ड आगामी असोजमा हुनेछ । जुरी र भोटको आधारमा अन्तिम निर्णय हुने आयोजक संस्था रेस्पोन्सिभ मिडियाले जनाएको छ । 

 


 ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेको  यस अवार्डको गरिमा र विश्वसनियामा कुनै कमि हुन नदिने आयोजक संस्थाले जनाएको छ ।

 

कला र सञ्चार क्षेत्रमा आबद्ध व्यक्तिहरुबाट सञ्चालित रेस्पोन्सिभ मिडिया प्रालिले गर्न लागेको यस अवार्डमा राष्ट्रिय, चलचित्र, आधुनिक, पप र भजन विधामा देशभरका कलाकर्मीहरुले सहभागी हुन सक्ने छन् ।  

 


सगरमाथा म्युजिक अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पु¥याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने छ भने नेपाल कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई नगदसहित सम्मान गरिने आयोजक संस्थाले जनाएको छ । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.