logo

नेपाल्स चबि मोडल २०१८ दोस्रो सिजनको बिजेता भइन जिना राजकर्णिकार 

      7/28/2018 गते 00 00 मा प्रकाशित     2922   पटक पढिएको

काठमाडौँ । नेपालमानै पहिलो पटक सिद्दि मिडिया प्रालिले आयोजना गरेको नेपाल्स चबि मोडल २०१८ दोस्रो सिजनको बिजेता बन्न सफल भएकी छिन जिना राजकर्णिकार ।

 

राष्ट्रिय नाचघर जमलमा भब्य रुपमा सम्पन्न भएको नेपाल्स चबि मोडल २०१८ प्रतियोगितामा करीब एक महीना लामो प्रशिक्षणपछि अन्य ८ जना प्रतियोगीहरुलाई पछि पार्दै जिना राजकर्णिकारले उक्त ताज जित्न सफल भएकी हुन । फर्स्ट रनरअप सुनिधि कार्की र सेकेण्ड रनरअपमा सोसियल ताम्राकारले उपाधि हात पार्न सफल भएका छन ।

त्यसैगरी मस्ट पपुलरको ताज सच्चु गुरुङले जित्न सफल भएकी थिइन् । पृथक तथा फरक किसिमको सौन्दर्य प्रतियोगिता अनि आफुलाई मोटो छु भनेर आफ्नो प्रतिभा प्रस्फुटन गराउनबाट डराईरहेका महिलाहरुको लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको मन्चमा प्रतिष्पर्धा गराउने उदेश्यले आयोजना गरिएको नेपाल्स चबी मोडल २०१८ फरक प्रकारको सौन्दर्य प्रतियोगिता भएको र उक्त कार्यक्रम सभ्य तथा भब्य तबरले सम्पन्न गरिएको जानकारी सिद्दि मिडिया प्रालिका प्रबन्ध निर्देशक अमित शाहले दिएका छन ।

उक्त प्रतियोगिताको निर्णायकहरुमा संचारकर्मी तथा कलाकार सुर्य चन्द, चलचित्र निर्देशक समाज नेपालको अधक्ष्यचित्रा श्रेष्ठ समाजसेवी कृष्ण देबकोटा, संचारकर्मी सन्जिब झा, संचारकर्मी जिना ताम्राकार रहेका थिए । उक्त सौन्दर्य प्रतियोगितामा क्षमता भएर पनि सधै पछि परेका अनि आफ्नो मोटोपनले गर्दा आफुलाई एक्सपोज गर्न डराईरहेका महिलाहरुलाइ बिसेष प्रथामिकतामा राखेर तयार गरिएको थियो ।

उनीहरुको क्षमतालाइ अभिबृदी गर्दै समाजमा सकारात्मक संदेश फैलाउने उदेश्यले यस प्रतियोगिता गरिएको र यस सौन्दर्य प्रतियोगिताले गर्दा समाज परिबर्तनमा सकारात्मक संदेश पुग्ने कुरा सिद्दि मिडिया प्रालिका प्रबन्ध निर्देशक अमित शाहले बताए । उक्त सौन्दर्य प्रतियोगिताको कोरियोग्राफर नेपाल्स स्टार मोडलका बिजेता आशिष कुमार मिश्रले गरेका थिए भने कार्यक्रमको संचालन चर्चित कोरियोग्राफर आस्विनी झाले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.