logo

नेपाली चलचित्र जनै हराएको मान्छेको पोस्टर वीरगञ्जमा सार्वजनिक

 इसीमाना सम्वाददाता     २०८२ असार २३ गते ०१: ५४ मा प्रकाशित     1646   पटक पढिएको

वीरगञ्ज । नेपाली चलचित्र  ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’ को पोस्टर वीरगञ्जमा सार्वजनिक गरिएको छ। चलचित्र पत्रकार संघ नेपाल, पर्साको आयोजनामा घण्टाघरस्थित होटल क्लासिक बैंक्वेटमा कार्यक्रम सम्पन्न भएको हो।

 

संघका अध्यक्ष सूर्यनारायण वि.क., वरिष्ठ कलाकार नन्दु श्रीवास्तव र चलचित्र निर्माता हरी पन्तले संयुक्त रूपमा पोस्टरको अनावरण गरेका हुन्।

 

कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ कलाकार नन्दु श्रीवास्तवले चलचित्रले समाजको यथार्थलाई चित्रण गर्ने बताए। लामो समयदेखि नेपाली, हिन्दी र भोजपुरी फिल्ममा काम गरेको अनुभवका आधारमा उनले नेपाली चलचित्र क्षेत्र पछिल्लो समय सुधारतर्फ उन्मुख रहेको बताए। प्रविधि र नवप्रवर्तनको प्रयोगले यस क्षेत्रले नयाँ फड्को मारेको उनको भनाइ थियो।

 

चलचित्र निर्माता हरी पन्तले ‘जनै हराएको मान्छे’ ले समाजको कथा बोल्ने अपेक्षा गर्दै चलचित्रको व्यवसायीक सफलताको शुभकामना दिए। विगतमा चलचित्रको प्रचारप्रसारका लागि धेरै दुःख पाएको स्मरण गर्दै उनले अहिले चलचित्र पत्रकार संघको सहयोगले काम सहज बनेको बताए। साथै, चलचित्रको नामले नै दर्शकलाई उत्सुक बनाएको उनले प्रतिक्रिया दिए।

 

राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका सभापति समेत रहेका पन्तले भने, “नेपाली चलचित्र मधेशमा चल्दैनन् भन्ने धारणा पुर्ण बहादुरको सारङ्गीले गलत साबित गरेको छ ”।

 

चलचित्र पत्रकार संघ नेपाल पर्साका अध्यक्ष सूर्यनारायण वि.क.ले ‘जनै हराएको मान्छे’ आगामी भदौ ६ गतेदेखि देशभरका सिनेमा हलमा एकसाथ प्रदर्शनमा आउने जानकारी गराए।

चलचित्रका निर्देशक हिमाल न्यौपाने हुन् भने निर्माता कमल न्यौपाने र बिमल न्यौपाने छन्। प्रमुख भूमिकामा विजय बराल, केकी अधिकारी, मिरूना मगर, गौरव पहाडीलगायतको अभिनय रहनेछ।

आज देशभर एकसाथ पोस्टर सार्वजनिक गरिएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु



सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

सम्झौता कार्यान्वयनमा ढिलाइप्रति आक्रोश, देवानगञ्जका मृतकलाई शहीद घोषणा गर्न माग

काठमाडौं । सुनसरीको देवानगञ्ज घटनाका मृतकलाई तत्काल शहीद घोषणा गर्न तथा पीडित परिवारसँग सरकारले गरेको लिखित सम्झौता अविलम्ब कार्यान्वयन गर्न विभिन्न राजनीतिक दलका नेता तथा स्थानीय जनप्रतिनिधिहरूले माग गरेका छन्।

वन व्यवस्थापन तथा काठ उपभोगसम्बन्धी झन्झटिला नियमलाई सरल बनाउन पहल आवश्यक छः  वनमन्त्री चौधरी

बीरगंज ।मधेश प्रदेश सरकारका वन तथा वातावरणमन्त्री शंकरप्रसाद चौधरीले एउटा रुख काट्दा कम्तीमा दशवटा रुख रोप्ने नीति अवलम्बन गर्न साझेदारी वन उपभोक्ता समूहलाई सुझाव दिएका छन।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.