logo

वीरगञ्ज नाकाबाट तयारी कपडाको निर्यात ५० प्रतिशतले घट्यो

वीरगञ्ज नाकाबाट तयारी कपडाको निर्यात ५० प्रतिशतले घट्यो

      1/22/2017 गते 00 00 मा प्रकाशित     1715   पटक पढिएको
वीरगञ्ज, ९ माघ ः कपडा उद्योगहरु विस्तारै बन्द हुने क्रम बढेसँगै वीरगञ्ज नाकाबाट तयारी कपडाको निर्यात ५० प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको ६ महिनामा यहाँको नाकाबाट १२ करोड ९ लाख ४४ हजार मूल्य बराबरको २ लाख ७७ हजार थान तयारी कपडा निर्यात भएको छ ।
 
अघिल्लो आर्थिक वर्ष २०७२÷७३ को सो अवधिमा मधेस आन्दोलनको कारण वीरगञ्ज नाका ठप्प हुँदा कपडा आयात समेत ठप्प रहेको थियो भने आर्थिक बर्ष २०७१÷७२ मा २३ करोड २ लाख ६२ हजार मूल्य बराबरको ५ लाख २१ हजार थान कपडा निकासी भएको वीरगञ्ज भंसार कार्यालयको तथ्याङ्कले देखाएको छ । कच्चा पदार्थको आयातमा उच्च राजश्व वृद्धि, विद्युत कटौती तथा बन्द हड्तालका कारण कपडा उद्योगको उत्पादन घट्दै गएकोले निकासीमा असर परेको उद्योगी व्यवसायीले बताएका छन् ।
 
देशभरी ठूला, साना गरी करिब चार सय कपडा उद्योग रहेकोमा हाल सरकारी अदुर्दर्शिताका कारण १० प्रत्तिशत उधोग मात्र सञ्चालनमा रहेको वीरगञ्जका कपडा उद्योगीहरु बताउँछन् । सरकारको अव्यवहारिक औद्योगिक नितीले बारा पर्सा औद्योगिक करिडोरमा अन्नपूर्णा टेक्सटाईल्स, तिरुपति, हिमगिरी, गणेश, अशोक, स्टार, साह, गणपति लगायतका १ दर्जन कपडा उद्योगहरु बन्द हुँदा राज्यले अर्बौको क्षति व्यहोर्नु परेको छ भने हजारौ बेरोजगार हुन पुगेका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

लायन्स म्याराथन प्रतियोगिता सम्पन्न,डेसिमलका हुसेन र बिपीएसकी शर्मा प्रथम

वीरगञ्ज। स्वस्थ जीवनशैली, अनुशासन, खेलकुद प्रवर्द्धन तथा सामाजिक सेवाको सन्देश प्रवाह गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वीरगञ्जमा लायन्स म्याराथन प्रतियोगिता उत्साहजनक सहभागिताबीच भव्य रूपमा सम्पन्न भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.