logo

वीरगन्ज भन्सार एजेन्ट संघमा गुन्डागर्दी मौलाउदै

      2/9/2017 गते 00 00 मा प्रकाशित     1677   पटक पढिएको

 

वीरगन्ज-मुलुकको आयात-निर्यातको प्रमुख नाका वीरगन्ज भन्सार कार्यालयमा कार्यरत एजेन्टहरुको साझा संगठन वीरगन्ज भन्सार एजेन्ट संघमा अहिले गुन्डागर्दी मौलाएको छ । एकजना एजेन्टको दादागरिका कारण संघकै छवि धुमिल बन्दै गएको छ । गुन्डागर्दी गर्ने एजेन्टलाई स्थानीय प्रशासनले प्रोत्साहन गरिदि“दा संघनै अकर्मण्य बनेको छ । संघको पाचौ अधिवेशन मार्फत अध्यक्ष बन्न ललायित बनेका संघका प्रथम उपाध्यक्ष श्यामबाबु पटेलको गुन्डागर्दी शैलीका कारण संघको अगामि अधिवेशन पुनः एकपटक स्थगित हुने अवस्थामा पुगेको छ ।

 

अगामि शनिबार संघले ५ औ वार्षिक साधारण गर्ने निर्णय गरी सम्पूर्ण तयारी पुरा गरिसकेको थियो । ‘जिल्ला देखि केन्द्रसम्मका अतिथीलाई निम्ता समेत बाडिसकेका थियौ,’ एक एजेन्टले भने, ‘अन्तिम अवस्थामा पटेलले प्रशासनबाटै अधिवेशन रोक्ने पत्र ल्याएछन् ।’ भन्सार विभागका महानिर्देशक, वीरगन्ज भन्सार प्रमुख, सिर्सिया सुक्खा भन्सार प्रमुख देखि लिए सीमावर्ती रक्सौल कस्टमका चिफले निम्ता स्वीकारेर आउने जनाउ दिएका थिए । जबकि ५ दिन अगाडि संघका पदाधिकारीले प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेलाई अतिथी बनिदिनका लागि निम्ता गर्न गएका थिए । ‘त्यतिखेर स्थगनको कुनै कुरा नै गरेनन्, सीडीओ साहेबले,’ ती पदाधिकारी भन्छन्, ‘बुधबार सा“झ करिब ६ बजे अधिवेशन स्थगनको पत्र संघका अध्यक्ष विजय साहको घरमा पुगेको थियो ।’ यसै पनि पटेलको विर्तामा रहेको अलिशान महलमा रात्रि भोजका लागि जिल्लाका प्रशासकहरु बेला बेला गइरहेका हुन्छन् । भन्सारको अकुत कमाईले ठूलो क्षेत्रफलमा महलसगै परिसरमा उनले माछा पोखरी पनि खनेका छन् ।

 

स्थगनको पत्र लिएर बिहीबार जिल्ला प्रशासन कार्यालय पुगेका संघका पदाधिकारीलाई प्रजिअले चित्त बुझ्दो जवाफ दिन सकेनन् । विवाद देखिएकाले स्थगनको पत्र काटिएको हो, प्रजिअ घिमिरेले भने । श्यामबाबु वाहेक संघका सबै पदाधिकारी र सदस्यहरु अधिवेशनको पक्षमा रहदा रहदैपनि निर्वाचन कसरी विवादित हुन पुग्यो भनि यो सम्वाददाताले प्रश्न गर्दा प्रजिअ मौन बसे । अगामि अध्यक्षमा आफूलाई समर्थन गर्न वर्तमान अध्यक्ष विजय साहलाई पटक पटक श्यामबाबुले दबाद सृजना गर्दै आएका छन् । साहले नमानेपछि श्यामबाबुले गत पुस २४ गते राति करिब ११ बजे साहको भन्सार एरियामा रहेको निवासमा तोडफोड गराएका थिए । पार्किङ गरिएको गाडीको सीसा फुटाइदिएका थिए ।

 

भोलिपल्ट संघले श्यामबाबुलाई साधारण सदस्यताबाट समेत निलम्बन गरी जिल्ला प्रशासन कार्यालयमा कारबाहीका लागि निवेदन दिएको थियो । सीडीओसग राम्रो सम्बन्ध भएकाले श्यामबाबुलाई प्रशासनले सामान्य सोधपुछ पनि गरेन् । पछि श्यामबाबुले संघमा आएर माफी मागेपछि निवेदन फिर्ता लिइएको थियो । त्यही विवादका कारण माघ पहिलो साता तोकिएको निर्वाचन स्थगित भएको थियो । लामो प्रयासपछि अध्यक्ष बन्ने छाटकाट नदेखेपछि अहिले फेरि अन्तिम अवस्थामा सबै तयारी पुरा भइसकेपछि श्यामबाबुको एकल प्रयासमा सीडीओको पत्रले अधिवेशन स्थगति हुने भएको छ । ‘सीडीओ र प्रशासनलाई पकेटमा लिएर हिडछु’ - जस्ता गैरजिम्मेवार अभिव्यक्ति दिदै हिड्ने श्यामबाबुको रेर्कडेड अडियो पदाधिकारीहरुले प्रजिअ घिमिरेलाई सुनाएका थिए । प्रशासन र आफू विरुद्ध त्यस्तो अभिव्यक्ति सुन्दा पनि सीडीओ मौन बसेका देखेर सबै चकित बनेका थिए । उनले आयातकर्तालाई तस्र्याएर  भन्सार क्लियरिङको काम लिदै आएका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक १६ बुँदे निर्णय गर्दै सम्पन्न

बेल्जियम । प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक यही जुन ९  मा बेल्जियमको आन्त्वर्पेन शहरमा सम्पन्न भएको छ ।

समाज

त्रिभूवन राजपथ सडकखण्डको भंसार क्षेत्रको अतिक्रमण हटाइयो, गण्डक सम्मै अभियान चलाइने महानगर प्रमुख सिंहको दावी

वीरगंज  । वीरगंजको मुख्य सडक त्रिभुवन राज पथ विस्तार गर्ने बहुप्रतीक्षित अभियान आजबाट सुरु भएको   छ । लामो समयदेखि रोकिएको सडक विस्तार गर्ने काम आजबाट सुरु भएको हो ।

मितेरी पुलमा एसएसबीले फेरी पोस्ट बनायो,भारतीय भन्सारको छ असहमती

वीरगञ्ज । नेपाल भारतको मैत्री समबनलाई सुधार गर्न कुटनीति पहलकदमीले लय समाति रहेको बेलामा भारतीय सीम सुरक्षाबलको एक पक्षीय निर्णयका कारण संशय पैदा भएको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.