logo

वीरगन्ज भन्सार एजेन्ट संघमा गुन्डागर्दी मौलाउदै

      2/9/2017 गते 00 00 मा प्रकाशित     1962   पटक पढिएको

 

वीरगन्ज-मुलुकको आयात-निर्यातको प्रमुख नाका वीरगन्ज भन्सार कार्यालयमा कार्यरत एजेन्टहरुको साझा संगठन वीरगन्ज भन्सार एजेन्ट संघमा अहिले गुन्डागर्दी मौलाएको छ । एकजना एजेन्टको दादागरिका कारण संघकै छवि धुमिल बन्दै गएको छ । गुन्डागर्दी गर्ने एजेन्टलाई स्थानीय प्रशासनले प्रोत्साहन गरिदि“दा संघनै अकर्मण्य बनेको छ । संघको पाचौ अधिवेशन मार्फत अध्यक्ष बन्न ललायित बनेका संघका प्रथम उपाध्यक्ष श्यामबाबु पटेलको गुन्डागर्दी शैलीका कारण संघको अगामि अधिवेशन पुनः एकपटक स्थगित हुने अवस्थामा पुगेको छ ।

 

अगामि शनिबार संघले ५ औ वार्षिक साधारण गर्ने निर्णय गरी सम्पूर्ण तयारी पुरा गरिसकेको थियो । ‘जिल्ला देखि केन्द्रसम्मका अतिथीलाई निम्ता समेत बाडिसकेका थियौ,’ एक एजेन्टले भने, ‘अन्तिम अवस्थामा पटेलले प्रशासनबाटै अधिवेशन रोक्ने पत्र ल्याएछन् ।’ भन्सार विभागका महानिर्देशक, वीरगन्ज भन्सार प्रमुख, सिर्सिया सुक्खा भन्सार प्रमुख देखि लिए सीमावर्ती रक्सौल कस्टमका चिफले निम्ता स्वीकारेर आउने जनाउ दिएका थिए । जबकि ५ दिन अगाडि संघका पदाधिकारीले प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेलाई अतिथी बनिदिनका लागि निम्ता गर्न गएका थिए । ‘त्यतिखेर स्थगनको कुनै कुरा नै गरेनन्, सीडीओ साहेबले,’ ती पदाधिकारी भन्छन्, ‘बुधबार सा“झ करिब ६ बजे अधिवेशन स्थगनको पत्र संघका अध्यक्ष विजय साहको घरमा पुगेको थियो ।’ यसै पनि पटेलको विर्तामा रहेको अलिशान महलमा रात्रि भोजका लागि जिल्लाका प्रशासकहरु बेला बेला गइरहेका हुन्छन् । भन्सारको अकुत कमाईले ठूलो क्षेत्रफलमा महलसगै परिसरमा उनले माछा पोखरी पनि खनेका छन् ।

 

स्थगनको पत्र लिएर बिहीबार जिल्ला प्रशासन कार्यालय पुगेका संघका पदाधिकारीलाई प्रजिअले चित्त बुझ्दो जवाफ दिन सकेनन् । विवाद देखिएकाले स्थगनको पत्र काटिएको हो, प्रजिअ घिमिरेले भने । श्यामबाबु वाहेक संघका सबै पदाधिकारी र सदस्यहरु अधिवेशनको पक्षमा रहदा रहदैपनि निर्वाचन कसरी विवादित हुन पुग्यो भनि यो सम्वाददाताले प्रश्न गर्दा प्रजिअ मौन बसे । अगामि अध्यक्षमा आफूलाई समर्थन गर्न वर्तमान अध्यक्ष विजय साहलाई पटक पटक श्यामबाबुले दबाद सृजना गर्दै आएका छन् । साहले नमानेपछि श्यामबाबुले गत पुस २४ गते राति करिब ११ बजे साहको भन्सार एरियामा रहेको निवासमा तोडफोड गराएका थिए । पार्किङ गरिएको गाडीको सीसा फुटाइदिएका थिए ।

 

भोलिपल्ट संघले श्यामबाबुलाई साधारण सदस्यताबाट समेत निलम्बन गरी जिल्ला प्रशासन कार्यालयमा कारबाहीका लागि निवेदन दिएको थियो । सीडीओसग राम्रो सम्बन्ध भएकाले श्यामबाबुलाई प्रशासनले सामान्य सोधपुछ पनि गरेन् । पछि श्यामबाबुले संघमा आएर माफी मागेपछि निवेदन फिर्ता लिइएको थियो । त्यही विवादका कारण माघ पहिलो साता तोकिएको निर्वाचन स्थगित भएको थियो । लामो प्रयासपछि अध्यक्ष बन्ने छाटकाट नदेखेपछि अहिले फेरि अन्तिम अवस्थामा सबै तयारी पुरा भइसकेपछि श्यामबाबुको एकल प्रयासमा सीडीओको पत्रले अधिवेशन स्थगति हुने भएको छ । ‘सीडीओ र प्रशासनलाई पकेटमा लिएर हिडछु’ - जस्ता गैरजिम्मेवार अभिव्यक्ति दिदै हिड्ने श्यामबाबुको रेर्कडेड अडियो पदाधिकारीहरुले प्रजिअ घिमिरेलाई सुनाएका थिए । प्रशासन र आफू विरुद्ध त्यस्तो अभिव्यक्ति सुन्दा पनि सीडीओ मौन बसेका देखेर सबै चकित बनेका थिए । उनले आयातकर्तालाई तस्र्याएर  भन्सार क्लियरिङको काम लिदै आएका छन् ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजमा संयुक्त अनुगमन दुई उद्योगलाई जरिवाना,महावीर एग्रो प्रोडक्ट प्रा.लि.लाई उन्मुक्ति दिएको मञ्चको आरोप

वीरगंज । वीरगंजमा उपभोक्ता हित तथा खाद्यवस्तुको गुणस्तरसम्बन्धी अवस्थाको अनुगमनका क्रममा दुई उद्योगलाई जरिवाना गरिएको छ।

गर्मीमा विद्यार्थीलाई राहत, पोखरियाका दुई विद्यालयलाई ५ पंखा

पोखरिया । गर्मीका कारण पठनपाठनमा असहजता भोगिरहेका विद्यार्थीलाई राहत पुग्ने गरी पर्साको पोखरियाका दुई विद्यालयमा पंखा जडानका लागि सहयोग गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.