logo

नारायणी सिमेन्टमा मिस्त्रीहरुसंग छलफल

      2/18/2017 गते 00 00 मा प्रकाशित     1831   पटक पढिएको

बीरगंज ७ फागुन ।
नारायणी सिमेन्ट उद्योग प्रालि लिपनिमाल बाराबाट उत्पादित त्रिशक्ति र बज्रशक्ति सिमेन्टको गुणस्तर एवं प्रयोग र उपयोग विधिको सम्बन्धमा आज डिलर मेसन मिट कार्यक्रम सम्पन्न भएको छ । उद्योग परिसरमा आयोजित कार्यक्रममा चाचान ग्रुप तथा नारायणी सिमेन्ट उद्योग प्रालिका अध्यक्ष बाबुलाल चाचानले नारायणी सिमेन्टले गुणस्तरमा कुनै सम्झौत नगर्ने बताए । उनले आम उपभोक्तको विश्वासले आज त्रिशक्ति सिमेन्ट देशकै स्थापित सिमेन्ट उद्योगको रुपमा नाम कमाउन सफल भएको दावी गरे  । उनले  डिलर, उपभोक्ता र निर्माण सम्बन्धि मजदुरहरुको विश्वासलाई थप मजबुत बनाउन गुणस्तरीय उत्पादनका लागि कारखानाले नयाँ नयाँ प्रविधि भित्र्याउदै गएको जानकारी दिए । कार्यक्रममा उद्योगका महाप्रबन्धक उमेशचन्द्र ठाकुरले नारायणी सिमेन्ट उद्योगको प्रगतिमा डिलर र उपभोक्ताको विश्वास बढ्दै गएको चर्चा गरे । कार्यक्रममा उद्योगबाणिज्य संघ बाराका अध्यक्ष विनोद साहले नेपालमै नारायणी सिमेन्ट उद्योग उत्पादन र गुणस्तरको हिसाबले यसले मध्यतराईकै गौरव बढाएको बताए  । उद्योगका अध्यक्ष बाबुलाल चाचानको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, पर्साका सशस्त्र प्रहरी उपरीक्षक रबिन्द्र ठाकुर, उद्योगका प्रवन्ध निर्देशक शतिस कुमार चाचान लगायतले मन्तव्य व्यक्त गरेका थिए ।  कार्यक्रममा बाराका त्रिशक्ति सिमेन्टका डिलर तथा राजमिस्त्रीहरुको व्यापाक सहभागिता रहेको थियो । डिलरमिट कार्यक्रमको सहजिकरण निलिमा पौडेलले गरेकी थिइन । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

लायन्स म्याराथन प्रतियोगिता सम्पन्न,डेसिमलका हुसेन र बिपीएसकी शर्मा प्रथम

वीरगञ्ज। स्वस्थ जीवनशैली, अनुशासन, खेलकुद प्रवर्द्धन तथा सामाजिक सेवाको सन्देश प्रवाह गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वीरगञ्जमा लायन्स म्याराथन प्रतियोगिता उत्साहजनक सहभागिताबीच भव्य रूपमा सम्पन्न भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.