logo

वीरगन्ज भन्सार एजेन्ट संघको ४ औँ साधारण सभा सम्पन्न

संस्थागत विकासलाई एकता जरुरी ः वरिष्ठ उपाध्यक्ष डा.शर्मा

      2/11/2017 गते 00 00 मा प्रकाशित     1610   पटक पढिएको

सिमाना सम्वाददाता
सौराहा २९ माघ - भन्सार एजेन्ट महासंघका वरिष्ठ उपाध्यक्ष डा.शान्त कुमार शर्माले एजेन्ट प्रति समाजमा फैलिएको नकारात्मक भावनालाई परिमार्जन गर्दै एजेन्टलाई प्रविधि मैत्री बन्न सुझाएका छन् । चितवनको सौराहामा शनिबार आयोजना भएको वीरगन्ज भन्सार एजेन्ट संघको चौथो वार्षिक साधारण सभाको उद्घाटन सत्रको प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै शर्माले भन्सार राजस्व संकलनमा एजेन्टले महत्वपूर्ण योगदान दिएपनि राज्यले प्रोत्साहन नगरेको गुनासो गरेका थिए ।

 

उनले एजेन्ट र प्रतिनिधीलाई पेशाको मर्यादा नबिर्सिन आग्रह समेत गरेका थिए । भन्सार एजेन्टको लाइसेन्स खोल्न माग गर्दै उनले हाल मुलुकका विभिन्न नाकामा काम गरिरहेका प्रतिनिधीलाई नै पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका थिए ।


भन्सार लाइसेन्स हस्तान्तरणको व्यवस्था राख्नुपर्नेमा महासंघ लागिपरेको उनले बताए । वीरगन्ज भन्सारका एजेन्टहरु क्रियाशिल भएपनि सेवाभाव भन्दा पनि व्यक्तिगत स्वार्थ हावी भएकाले संस्थागत विकास हुन नसकेको आरोप लगाएका थिए । भन्सार राजस्व संकलनमा मुलुकको एक नम्बर भन्सार नाकामा कार्यरत एजेन्ट र प्रतिनिधीमा एकता आवश्यक भएको डा.शर्माले औल्याए । ट्रान्सपोर्ट एशोसिएशन पर्साका अध्यक्ष बालकृष्ण पोखरेलले पेशागत एकताका लागि सबैलाई एक भएर अगाडि बढ्न सुझाएका थिए ।

 

यससँगै उनले एशोसिएशन र भन्सार एजेन्ट संघवीच ढुवानीमा उत्पन्न समस्या आपसी सहकार्यमा समाधान गरिने पनि बताए । वीरगन्ज भन्सार एजेन्ट संघका सचिव बालकृष्ण बस्नेतले स्वागत मन्तव्य राखेको उद्घाटन सत्रमा पर्सा यातायात व्यवसायी संघका अध्यक्ष भैयाराम पटेल, वीरगन्ज एजेन्ट संघका संस्थापक अध्यक्ष उमेश शर्मा, महासंघको सहसचिव प्राचीन थैवे, केन्द्रीय सदस्य काशीराज उपाध्याय, महासंघका प्रथम उपाध्यक्ष भरत घिमिरे लगायतको उपस्थिती रहेको थियो । वीरगन्ज  भन्सार एजेन्ट संघका अध्यक्ष विजय साह तेलीको सभापतित्वमा उद्घाटन सत्र सम्पन्न भएको थियो ।

 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.