logo

क्याल समूहको अत्याधुनिक जस्तापाता उद्योग : दुई महीनाभित्रै व्यावसायिक उत्पादन

      3/24/2017 गते 00 00 मा प्रकाशित     1788   पटक पढिएको

चैत ११, वीरगञ्ज । निर्माण सामग्री उत्पादनमा सक्रिय औद्योगिक घराना क्याल समूह अत्याधुनिक प्रविधिमा आधारित जस्तापाता उद्योग सञ्चालनको तयारीमा जुटेको छ । विगत २ दशकभन्दा लामो समयदेखि निर्माण सामग्री उत्पादन र यसको व्यवसायमा संलग्न यो समूहले वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा नारायणी स्ट्रिप्स प्रालि उद्योग सञ्चालनमा ल्याउन लागेको हो ।

अत्याधुनिक प्रविधिबाट जस्तापाता उत्पादन गर्न लागिएको क्याल समूहका निर्देशक राजेश क्यालले जानकारी दिए । निकट भविष्यमा नै यो उद्योगले व्यावसायिक उत्पादन शुरू गर्ने उनले बताए । अबको करीब २ महीनाभित्रै उत्पादन शुरू गर्ने योजनाअनुसार काम अघि बढेको निर्देशक क्यालको भनाइ छ । ‘उद्योगका लागि आवश्यकीय संरचना निर्माण र उपकरण स्थापनाको कार्य अन्तिम चरणमा पुगेको छ । २ महीनाजतिमा उत्पादन थाल्छौं,’ उनले आर्थिक अभियानसित भने । यो उद्योग दैनिक २ सय मेट्रिक टन जस्तापाता उत्पादन गर्न सक्ने क्षमतामा सञ्चालन हुने उनले बताए ।

नेपालमा विकास र भौतिक पूर्वाधार निर्माणको आवश्यकता बढी भएकाले यस्ता कार्यमा लगानी बढेपछि जस्तापातालगायत निर्माण सामग्रीको माग पनि बढ्ने बुझाइ क्याल समूहको छ । यो समूहले फलामे डण्डी, पाइप, सिमेण्ट, इँटालगायत सबै खालका निर्माण सामग्री उत्पादन गर्दै आएको छ ।
यो उद्योगबाट रङ्गीन र सादा जस्तापाता उत्पादन हुने जानकारी क्यालले दिए । उद्योगले जस्तापाताको उत्पादनमा नवीन प्रविधि भित्र्याएकाले यसबाट उपभोक्तासमक्ष उच्चगुणस्तरीय उत्पादन पुर्‍याउन सकिने दाबी उद्योग व्यवस्थापनको छ ।अभियान दैनीकमा खवर छ

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजमा संयुक्त अनुगमन दुई उद्योगलाई जरिवाना,महावीर एग्रो प्रोडक्ट प्रा.लि.लाई उन्मुक्ति दिएको मञ्चको आरोप

वीरगंज । वीरगंजमा उपभोक्ता हित तथा खाद्यवस्तुको गुणस्तरसम्बन्धी अवस्थाको अनुगमनका क्रममा दुई उद्योगलाई जरिवाना गरिएको छ।

गर्मीमा विद्यार्थीलाई राहत, पोखरियाका दुई विद्यालयलाई ५ पंखा

पोखरिया । गर्मीका कारण पठनपाठनमा असहजता भोगिरहेका विद्यार्थीलाई राहत पुग्ने गरी पर्साको पोखरियाका दुई विद्यालयमा पंखा जडानका लागि सहयोग गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.