logo

अस्तव्यस्त अन्तर्राष्ट्रिय विमानस्थल

      4/30/2017 गते 00 00 मा प्रकाशित     1783   पटक पढिएको


काठमाडौँ, १७ वैशाख । मुलुकको प्रतिष्ठासँग जोडिएको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भौतिक संरचना अभावले साँघुरिँदा अस्तव्यस्त बन्दै गएको छ । विमानस्थलको क्षमता कम हुँदा भिडभाड बढ्नाका साथै उडान सङ्ख्या पनि बढिरहेको छ  । विमानस्थल साँघुरो भएकै कारण उडानको चापले एयर ट्राफिक जाम, विमान आकाशमै रहने (होल्ड) हुने, उडान तालिका परिवर्तन र उडान रद्दसमेत गर्नुपर्ने बाध्यता  छ ।


विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्याय भौतिक संरचना बढाउन नसक्दा विमानस्थलको सेवा अस्तव्यस्त बन्दै गएको बताउनुहुन्छ । “विमानस्थलको पूर्वाधार संरचना बढाउन सकिएको छैन जसका कारण भिडभाड बढी हुने गरेको छ, यात्रुको चाप भएपछि सरसफाइमा पनि समस्या छ,”,उहाँले भन्नुभयो । विमानस्थलमा पार्किङको समस्या पुरानै हो । यसले विमानस्थललाई थप अस्तव्यस्त बनाएको छ । पार्किङकै कारण विमानस्थल साँघुरो हुँदा एयर ट्राफिक जाम बढेको महाप्रबन्धक उपाध्यायले बताउनुभयो ।

आन्तरिक उडानतर्फ कतिपय निजी वायु सेवा कम्पनीले उडान स्वीकृति लिँदा बाहिरका गन्तव्यमा पार्किङ गर्ने भनिए पनि उनीहरुले केन्द्रमै राख्ने हँुदा थप चाप बढेको छ । विमानस्थलको क्षमता नहेरी एयरलाइन्सलाई उडान सञ्चालन अनुमति दिइँदा पनि समस्या भइरहेको सम्बद्ध अधिकारी बताउँछन् । विमानस्थलको टर्मिनल भवन साँघुरो हुँदा यात्रुलाई सास्ती हुने गरेको छ । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार तत्कालीन समयमा १२ देखि १५  जहाज ‘हेन्डलिङ’का लागि बनेको टर्मिनल भवनमा अहिले करिब सय  अन्तर्राष्ट्रिय उडान व्यवस्थापन गर्नुपर्ने बाध्यता छ । आधा यात्रु कक्षमा पनि असाध्यै भिड छ । सय जना क्षमताको शौचालय दुई सय ५० जनाले प्रयोग गर्नुपर्ने बाध्यता छ ।

विसं २००६ देखि नियमित उडान सुरु भएको विमानस्थलको विसं २०१२ मा तत्कालीन राजा महेन्द्रले उद्घाटन गरेका थिए । पुरानो भौतिक संरचनाकै भरमा अहिले उड्डयन सेवा दिइएको छ । भौगोलिक कठिनाइ, प्रतिकूल मौसम आदिले पनि विमानस्थलको चाप बढेको छ । विमानस्थलको भौगोलिक अवस्थितिका कारण आधुनिक उपकरण जडानमा कठिनाइ छ । विमानस्थलको भौतिक पूर्वाधार, प्राविधिक व्यवस्थापन आदिलाई ध्यान दिइनाको साटो पुरानो संरचनामा उडान थप्दै जाने प्रवृत्तिले विमानस्थलको छवि अन्तर्राष्ट्रिय जगत्मा कमजोर हुने विज्ञहरु बताउँछन् ।

उड्डयन सुरक्षाको चुनौतीलाई ध्यानमा राखी अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आइकाओ)ले लामो समयदेखि त्रिविअलाई कालोसूचीमा राखेको छ, जसलाई हटाउन प्राविधिक तथा भौतिक सुधारका काम गरिनु अनिवार्य छ । साँघुरो विमानस्थलमा अहिले वायुसेवा यानको सङ्ख्या र यात्रु आवागमन पनि बढिरहेकाले हालको भौतिक पूर्वाधार अपुग छ । हवाईमार्ग हुँदै नेपाल प्रवेश गर्ने एक मात्र नाका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र नेपालको करिब ९० प्रतिशत यात्रुको आवागमन हुने गर्छ ।

विमानस्थलको विवरणानुसार अन्तर्राष्ट्रियतर्फ २८ र आन्तरिक (हेलिकोप्टरसहित) तर्फ २० वायुसेवा कम्पनीले दैनिक उडान भर्दै आएका छन् । अठ्ठाइस मुलुकसँग द्विपक्षीय उडान सम्झौता भए पनि हाल १५ देशका २६ गन्तव्यका अन्तर्राष्ट्रिय उडान भइरहेको विमानस्थलले जनाएको छ । आन्तरिकमा तीन सय १९ र अन्तर्राष्ट्रियमा सय दैनिक उडान भर्दै आएको त्रिअविलाई उडान भार क्रमिक बढेकाले उडान व्यवस्थापनमा चुनौती थपिएको महाप्रबन्धक उपाध्यायले बताउनुभयो ।

अन्तर्राष्ट्रिय विमानस्थलको विद्यमान अवस्था सुधारका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री दिलनाथ गिरीले हालै बाह्रबुँदे निर्देशन दिनुभएको थियो । मन्त्री गिरीले विमानस्थलको तत्कालीन सुधारका लागि अन्तर्राष्ट्रिय विमानस्थललाई चौबिसै घन्टा सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउन आग्रह गर्नुभएको थियो  ।

विमानस्थल सुधार हुँदै:


टर्मिनल भवन र आकाशमा होल्ड हुने अवस्थाले विमानस्थलको सेवा प्रभावित बनिरहेका सन्दर्भमा विमानस्थत क्षमता वृद्धि आयोजनाले विमानस्थल सुधारका कामलाई गति दिएको छ । प्रवक्ता ठाकुरका अनुसार विमानस्थलको पूर्व क्षेत्रमा एक वर्षभित्र निर्माण सकिने गरी तीन र दक्षिणतर्फ दुई वर्षभित्र सकिने गरी अन्तर्राष्ट्रियस्तरका दुई पार्किङ क्षेत्र बन्दैछ, जहाँ ठूला जहाज पार्किङ गरिनेछ । टर्मिनल बढाइने नयाँ प्रक्रिया सुरु भएको छ भने पाँच सय ट्रली दश दिनभित्र आउँदैछन् । एक महिनाभित्र चार नयाँ ‘कन्भेयर बेल्ट’ राखिने पनि प्रवक्ता ठाकुरले जानकारी दिनुभयो ।

अध्यागमन कार्यालय, त्रिअविका अनुसार सन् २००९ देखि २०१४ सम्मको तथ्याङ्कलाई विश्लेषण गर्दा प्रतिवर्ष करिब १० प्रतिशतको दरले यात्रुको आवागमनमा वृद्धि हुने गरेको छ । सो विमानस्थलको उपयोग गरेर दैनिक औसत आठ हजार मानिसको आवगमन भइरहेको छ । यो विमानस्थलले दैनिक करिब चार दर्जन अन्तर्राष्ट्रिय उडानको व्यवस्थापन गरिरहेको छ ।

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजमा संयुक्त अनुगमन दुई उद्योगलाई जरिवाना,महावीर एग्रो प्रोडक्ट प्रा.लि.लाई उन्मुक्ति दिएको मञ्चको आरोप

वीरगंज । वीरगंजमा उपभोक्ता हित तथा खाद्यवस्तुको गुणस्तरसम्बन्धी अवस्थाको अनुगमनका क्रममा दुई उद्योगलाई जरिवाना गरिएको छ।

गर्मीमा विद्यार्थीलाई राहत, पोखरियाका दुई विद्यालयलाई ५ पंखा

पोखरिया । गर्मीका कारण पठनपाठनमा असहजता भोगिरहेका विद्यार्थीलाई राहत पुग्ने गरी पर्साको पोखरियाका दुई विद्यालयमा पंखा जडानका लागि सहयोग गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.