logo

विकास खर्च नगर्दा सरकारी ढुकुटीमा २३४ अर्ब

      4/22/2017 गते 00 00 मा प्रकाशित     1612   पटक पढिएको

काठमाण्डौ ९ बैशाख। सरकारले चालु आर्थिक बर्षलाई 'बजेट कार्यान्वयनको बर्ष' घोषणा गरे पनि आर्थिक बर्ष सकिन अढाइ महिना मात्र बाँकी छँदासमेत २७ प्रतिशत मात्र विकास खर्च गरेको छ। 

एमाले नेतृत्वको सरकारले बनाएको बजेट

कार्यान्वयन गर्ने बेलामा माओवादी आएको छ।

एउटाले बनाए बजेट अर्कोले कार्यान्वयन नगर्दिँदा पनि समस्या आएको हो। 
 

१० खर्ब ४८ अर्ब रुपैयाँको बजेट ल्याएको सरकारले बैशाख ६ गतेसम्म विकास निर्माणमा विनियोजित बजेटको २६.९९ प्रतिशत मात्र खर्च गर्न सकेको छ। चालु बर्षभरी सरकारले तीन खर्ब ११ अर्ब रुपैयाँ विकास निर्माणलाई बजेट छुट्याएको थियो। यसमध्ये ८४ अर्ब १८ करोड रुपैयाँ मात्र खर्च गरेको हो।

सरकारले बजेट खर्च गर्न नसक्दा ढुकुटीमा दुई खर्ब ३४ अर्ब रुपैयाँ थुप्रिएको छ। सरकारले विकास निर्माणमा खर्च नगरि उठाएको राजश्व आफ्नो ढुकुटीमा राख्दा बैकिङ प्रणालीमा भने ऋण दिन सक्ने पैसाको अभाव भएर ब्याज दर बढिरहेको छ।

सरकारले सामान्य खर्च पनि ५३ प्रतिशत मात्र गरेको छ। कुल तीन खर्ब २८ अर्ब रुपैयाँ खर्च गरेको छ। यसमा कर्मचारी तलव सुविधालगायत पर्छ। सरकारले ऋण तिर्न छुट्याएको एक खर्ब १९ अर्बमध्ये ३३ प्रतिशत मात्र खर्च भएको छ।

१० खर्ब ४८ अर्ब रुपैयाँको बजेट ल्याएको

सरकारले बैशाख ६ गतेसम्म विकास

निर्माणमा विनियोजित

बजेटको २६.९९ प्रतिशत

मात्र खर्च गर्न सकेको छ। 
 

सरकारले राष्ट्र बैंकको ढुकुटीमा पैसा थुपारेर राखेपछि बैंकहरुसँग ऋण दिने पैसाको अभाव भएको छ। बचतको ब्याज बढाउँदा पनि निक्षेप संकलन हुन सकेको छैन। पैसा अभावले  ऋणको माग हुँदासमेत लगानी गर्न नसकिएको बैंकरहरुले बताउन थालेका छन्। 

अहिले मुद्दति निक्षेपको ब्याज दर १२ प्रतशित र बचत खाताको ब्याज दर ८ प्रतिशतसम्म पुगेको छ। नयाँ ऋण लिनेलाई ब्याज दर १३ प्रतिशत माथि पुगेको छ। एमाले नेतृत्वको सरकारले बनाएको बजेट कार्यान्वयन गर्ने बेलामा माओवादी आएको छ। एउटाले बनाए बजेट अर्कोले कार्यान्वयन नगर्दिँदा पनि समस्या आएको हो। सरकारले खर्च नगर्दा राष्ट्रिय गौरवका आयोजनाहरु कार्यप्रगति निरासाजनक छ। 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजमा संयुक्त अनुगमन दुई उद्योगलाई जरिवाना,महावीर एग्रो प्रोडक्ट प्रा.लि.लाई उन्मुक्ति दिएको मञ्चको आरोप

वीरगंज । वीरगंजमा उपभोक्ता हित तथा खाद्यवस्तुको गुणस्तरसम्बन्धी अवस्थाको अनुगमनका क्रममा दुई उद्योगलाई जरिवाना गरिएको छ।

गर्मीमा विद्यार्थीलाई राहत, पोखरियाका दुई विद्यालयलाई ५ पंखा

पोखरिया । गर्मीका कारण पठनपाठनमा असहजता भोगिरहेका विद्यार्थीलाई राहत पुग्ने गरी पर्साको पोखरियाका दुई विद्यालयमा पंखा जडानका लागि सहयोग गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.