logo

मूल्य नपाएपछि उत्पादित अलैँची घरमै थन्क्याउन बाध्य

      5/27/2017 गते 00 00 मा प्रकाशित     1705   पटक पढिएको

पर्वत, १३ जेठ । अघिल्लो वर्षको तुलनामा यो वर्ष अलैँचीको मूल्य करिब आधाले घटेपछि पर्वत जिल्लाको भोक्सिङका किसानले उत्पादन गरेको अलैँची बिक्री गर्न सकेका छैनन् ।


गतवर्ष प्रतिकिलो रु दुई हजार ८०० मा बिक्री भएको अलैँची यो वर्ष एक हजार ४०० मा पनि बिक्री नभएपछि २५ जना पूर्व लाहुरेले सहकारीमार्फत उत्पादन गरेको अलैँची बिक्री नभएर थन्किएको छ ।


पोखराका व्यापारीले अलैँची ल्याइदिन आग्रह गरेपनि पोखरा पु¥याउँदा मूल्य नै घटेको सहकारी संस्थाका सदस्य नारायण गुरुङले बताउनुभयो । अघिल्लो वर्ष व्यापारीले फोनमार्फत सम्पर्क गरेर गाउ“मै आउने बताए पनि यसवर्ष पोखरा पु¥याउँदा समेत बजार नपाएको उहाँको गुनासो थियो ।


सम्पर्कमा आएका व्यापारीले प्रतिकिलो बढीमा एक हजार ४०० भन्दा बढी दिन नमानेपछि किसानले बिक्री नगर्ने सोच बनाएका छन् । पा“चसय रोपनीमा रोपेको अलैँचीले आगामी वर्ष १५ टनसम्म उत्पादन दिने आशा राखिएको छ । यो वर्षको उत्पादन बिक्री गर्न नपाउ“दा कर्मचारीलाई पारिश्रमिक दिन समस्या भएको किसानले बताएका छन् ।


सहकारीमार्फत सञ्चालित अलैँची फार्ममा १० जना कार्यरत छन् । कात्तिक÷मङ्सिरमा बिक्री हुनुपर्ने अलैँची वैशाखसम्म पनि बिक्री नभएपछि अब आउँदो याममै बिक्री गर्ने मनस्थिति बनाएको सहकारीका सचिव वीरजङ्ग गुरुङले बताउनुभयो । अर्को वर्ष उत्पादन पनि बढ्ने भएकाले अब एकैपटक बिक्री गर्ने योजना किसानले बनाएका छन् ।


पाचसय रोपनीमा अलैँची रोपेको सहकारीले यो वर्ष एक लाख बिरुवा थप्ने तयारी गरिरहेको छ । भोक्सिङका पूर्व लाहुरेले दुई करोडको लगानीमा स्थानीय लोसेपाखामा अलैँचीको व्यावसायिक खेती गरेका छन् । रामशाही र गोलशाही जातको अलैँंचीबाट राम्रो आम्दानी लिन सकिने भएपछि उनीहरुले आगामी वर्ष दुई हजार रोपनी पु¥याउने लक्ष्य राखेका छन् ।


यो वर्ष एक लाख बिरुवा रोप्न तयार रहेको भन्दै उहाँले थप बढाएर रोप्ने योजना रहेको बताउनुभयो । जिल्ला कृषि विकास कार्यालय पर्वतले भोक्सिङलाई अलैंँचीको ब्लकका रुपमा विकास गर्ने तयारी गरेकाले आगामी वर्षसम्म एकसय हेक्टरमा विस्तार गर्ने गरी सघाउने वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले बताउनुभयो । प्रधानमन्त्री आधुनिकीकरण परियोजनामा आगामी वर्ष अलैँचीलाई समेट्ने तयारी रहेको रेग्मीको भनाइ छ ।


त्यसका लागि दुई हजार रोपनीसम्म विस्तार गर्नुपर्ने हुन्छ । बिरुवा आवश्यक परे कृषि कार्यालयले अन्य जिल्लाबाट ल्याउने तयारी गरेको छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजमा संयुक्त अनुगमन दुई उद्योगलाई जरिवाना,महावीर एग्रो प्रोडक्ट प्रा.लि.लाई उन्मुक्ति दिएको मञ्चको आरोप

वीरगंज । वीरगंजमा उपभोक्ता हित तथा खाद्यवस्तुको गुणस्तरसम्बन्धी अवस्थाको अनुगमनका क्रममा दुई उद्योगलाई जरिवाना गरिएको छ।

गर्मीमा विद्यार्थीलाई राहत, पोखरियाका दुई विद्यालयलाई ५ पंखा

पोखरिया । गर्मीका कारण पठनपाठनमा असहजता भोगिरहेका विद्यार्थीलाई राहत पुग्ने गरी पर्साको पोखरियाका दुई विद्यालयमा पंखा जडानका लागि सहयोग गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.