logo

मल आयातमा भारतीय रेलवेद्वारा अवरोध

      11/22/2017 गते 00 00 मा प्रकाशित     1687   पटक पढिएको

   भारतको कोलकाता बन्दरगाहमा पटकपटक समस्या बेहोर्दै आएको नेपालले अहिले भने मल आयातमा पनि समस्या वेहोर्नु परेको छ । भारतीय रेलवेको अवरोधका कारण कोलकाताबाट वीरगन्ज सुख्खा बन्दरगाहमा आउने मल लोड गरिएको रेल नआउँदा नेपाली बजारमा मलको अभाव भएको छ ।

मल अभावका कारण हिउँदे बाली लगाउने किसानहरूलाई भने समस्या भएको छ । भारतको कोलकाता बन्दरगाहमा पटकपटक समस्या बेहोर्दै आएको नेपालले अहिले भने मल आयातमा पनि समस्या वेहोर्नु परेको छ ।

भारतीय रेलवेको अवरोधका कारण कोलकाताबाट वीरगन्ज सुख्खा बन्दरगाहमा आउने मल लोड गरिएको रेल नआउँदा नेपाली बजारमा मलको अभाव भएको छ । मल अभावका कारण हिउँदे बाली लगाउने किसानहरूलाई भने समस्या भएको छ । यद्यपि, कोलकाता बन्दरगाहमा हुने यो समस्या नौलो भने होइन ।

तेस्रो मुलुकबाट आउने सबै मालवस्तुहरू वीरगन्जस्थित सुख्खा बन्दरगाहसम्म ल्याउन नेपाली आयाताकर्ताहरूले पटक पटक समस्या बेहोर्नु परिरहेको छ । कोलकातामा रेलवे ¥याक उपलब्ध नराउँदा ढुवानीमा समस्या भएको ढुवानीको ठेक्का लिएका ठेकेदार सुशील जोशीले बताए । उनका अनुसार अहिले कोलकातामा मागअनुसारको रेल ¥याक उपलब्ध नभएको साथै बीचबाटो र अन्तिम गन्तब्य वीरगन्ज सुख्खा बन्दरगाहमा पनि जाम भएको भन्दै भारतीय रेलवेले कन्टेनर बोक्ने रेल कोलकाता जान रोक लगाएको छ । “

सुख्खा बन्दरगाहमा समेत जाम भएको सूचना कोलकातासम्म पुगेपछि यहाँ कुनै किसिमको जाम नभएको फोटोसमेत खिचेर पठाएका छौं, भारतीय रेलवेले नै जाम छ भनेर कन्टेनर बोक्ने ¥याक नदिएको हो,” उनले भने । केही दिनअघि मात्रै कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कम्पनीको २५ हजार मेट्रिक टन मल सुख्खा बन्दरगाहमा आइपुगेको छ । बाँकी १५ हजार मेट्रिक टन मल कोलकातामै रहेको र थप १० मेट्रिक टनको जहाज कोलकाता बन्दरगाहमा अन्लोडका लागि लाइनमा बसेको ठेकेदार जोशीले जानकारी दिए । 

कोलकाता बन्दरगाहबाट मल ल्याउदा वीरगन्जको सुख्खा बन्दरगाह एउटा मात्रै बाटो प्रयोग गर्नुुपर्ने बाध्यताका कारणले पनि ढुवानीमा समस्या हुने गरेको जोशीको भनाइ छ । सुख्खा बन्दरगाह मात्रै नभएर भैरहवा र जोगवनीलाई पनि खुला गरिदिए समस्या केही कम हुने उनी बताउँछन् ।

तेस्रो मुलुकबाट आएको मल कोलकाता बन्दरगाहबाट ढुवानीमा अवरोध भएपछि कृषि सामग्री कम्पनी लिमिटेडले यसअघि भारतबाटै २ हजार ५ सय ५९ मेट्रिक टन मल खरिद गरेर किसानलाई वितरण गरेको कम्पनीका वीरगन्ज स्थित क्षेत्रीय प्रमुख अजयकुमार श्रीवास्तवले बताए । 

उनले कोलकाताबाट अहिले मल आयातमा अवरोध भएको बताए । अहिले कृषि सामग्री कम्पनीको सबै गोदाम खाली रहेको र जम्मा १२ हजार पाँचसय टन मात्रै मल सुख्खा बन्दरगाहमा आईपुगेको उनले बताए । मल आयात गर्ने साल्ट ट्रेडिङ कम्पनीका वीरगन्जस्थित क्षेत्रीय प्रमुख आमोद लामिछानेले पनि मल आयातामा समस्या देखिएको बताए ।

ट्राफिक जामले गर्दा ढुवानीमा समस्या भएको बताउँदै लामिछानेले कोलकातामा फोन गर्दा बीचबाटोमा मालबाहक रेललाई रोक लगाएको जानकारी पाएको बताए । 

वर्षायाममा आएको बढीका कारण सीतामढी रेलवे लाईनको पुलमा क्षति पुगेको र त्यसको मर्मतका लागि भारतको केन्द्रीय रेलवेको हाजिपुरस्थित क्षेत्रीय कार्यालयका अधिकारीहरूले सीतामढी हँुदै नेपाल आउने खाद तथा फलाम बोकेको मालवाहक रेललाई रोक लगाएकोले अहिले मल आयातमा समस्या भएको वीरगन्जको सुख्खा बन्दरगाहको व्यावस्थापन हेर्ने हिमालयन टर्मिनलका प्रमुख कार्यकारी अधिकृत विष्णु चौधरीले बताए ।

उनले भने, “हिजो (सोमबार)सम्म अवरोध थियो । अहिले सीतामढीमा पुलको मर्मत भइसकेको जानकारी आएको छ । अब सञ्चालनका लागि अनुमति दिएपछि मालवाहक रेल आउँछ । अहिले अन्य स्थानमा कुनै अवरोध छैन ।” सामान्य अवस्थामा पनि रेलवेमा हुने ट्राफिक जामका कारण नेपालमा ल्याउने फलाम र मल बोकेको रेललाई रोकी रोकी छोड्ने गरेको चौधरीको भनाइ छ ।

तेस्रो मुलुकबाट सामान आयात गर्ने कोलकाता बन्दरगाहबाहेकको अन्य भरपर्दो विकल्प नभएकोले पनि आयातकर्ताहरू बारम्बार यस्तो समस्याबाट पीडित हुने गरेका छन् । विकल्पको रूपमा हल्दिया र विशाखापटनम बन्दरगाहको नाम बेलाबेलामा चर्चा हुने गरे पनि नेपाली आयातकर्ताहरूको लागि विश्वसनीय र भरपर्दो विकल्प नहुँदा कोलकाता बन्दरगाह नै प्रयोग गर्नुपर्ने बाध्यता छ ।   

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

लायन्स म्याराथन प्रतियोगिता सम्पन्न,डेसिमलका हुसेन र बिपीएसकी शर्मा प्रथम

वीरगञ्ज। स्वस्थ जीवनशैली, अनुशासन, खेलकुद प्रवर्द्धन तथा सामाजिक सेवाको सन्देश प्रवाह गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वीरगञ्जमा लायन्स म्याराथन प्रतियोगिता उत्साहजनक सहभागिताबीच भव्य रूपमा सम्पन्न भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.