logo

फोर्डको इको स्पोर्ट अत्याधुनिक गाडी वीरगन्जमा 

      11/27/2017 गते ००: ०० मा प्रकाशित     1636   पटक पढिएको

वीरगन्ज, ११ मंसिर । साना सवारी साधनका पारखीहरुको लागि नेपालमा भित्रिएको फोर्डको अत्याधुनिक इको फोर्ड वीरगन्जमा पनि सार्वजनिक गरिएको छ । 

अमेरिकी कार उत्पादन कम्पनी फोर्डको नेपालका लागि आधिकारिक विक्रेता गोल्छा समूहको जिओ अटोमोबाईल्सले नेपालमा ल्याएको इको फोर्ड गाडी वीरगन्जको डिलर एसए इन्टरप्राईजेजले सोमबार सार्वजनिक गरेको हो । नयाँ उत्पादन इको फोर्ड गाडीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा निर्वाचन ‘क’ का उम्मेदवार रहबार अन्सारीेले उदघाटन गरे । 

फोर्ड गाडी विक्रीमा निकै बजार लिएको एसए इन्टरप्राईजेजले वीरगन्जमा चारबर्षअघि मात्रै शोरुम खोलेको थियो । दुईबर्षको अवधीमा वीरगन्जबाट करिब दुईसको हाराहारीमा फोर्डको गाडी विक्री भएको एसए इन्टरप्राईजेका संचालक सब्बा अन्सारीले जानकारी दिए । 

बजारमा आउने साना सवारी साधनहरु मध्य इको फोर्ड सबै सुविधामा सस्तो गाडी रहेको कम्पनीले दावी गरेको छ । रिमोट किलेस (साँचो नहाली) कारभित्रै राखेपनि गाडी स्टार्ट हुने यसको विशेषता छ । 

डुअल एयरव्याग्स, एबिएस वीथ इबिडि लगायत अरु गाडीहरुमा पाईने सुविधा भन्दा बढी सुविधा सहितको इकोफोर्ड गाडीको अहिलेको बजारम मुल्य ३३ लाख ९० हजार रहेको छ । 

ब्लुटुथ ह्याण्ड्स फ्री अडियो, टिल्ट एण्ड टेलिस्कोपिक म्युजिक सिस्टम लगायतका विभिन्न सुविधाहरु रहेको कार अहिले नेपाली बजारमा ग्राहकहरुको रोजाईमा पर्ने कम्पनीले विश्वास लिएको छ । इको स्पोर्ट गाडी सोमबार सार्वजनिक गरेकै दिन एउटा बुकिङ्ग भएको पनि एसए इन्टरप्राईजेजका रोशन आलमले जानकारी दिए ।   
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजमा संयुक्त अनुगमन दुई उद्योगलाई जरिवाना,महावीर एग्रो प्रोडक्ट प्रा.लि.लाई उन्मुक्ति दिएको मञ्चको आरोप

वीरगंज । वीरगंजमा उपभोक्ता हित तथा खाद्यवस्तुको गुणस्तरसम्बन्धी अवस्थाको अनुगमनका क्रममा दुई उद्योगलाई जरिवाना गरिएको छ।

गर्मीमा विद्यार्थीलाई राहत, पोखरियाका दुई विद्यालयलाई ५ पंखा

पोखरिया । गर्मीका कारण पठनपाठनमा असहजता भोगिरहेका विद्यार्थीलाई राहत पुग्ने गरी पर्साको पोखरियाका दुई विद्यालयमा पंखा जडानका लागि सहयोग गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.