logo

 शेयर लगानीकर्ता साक्षरता कार्यक्रम सम्पन्न

      12/12/2017 गते 00 00 मा प्रकाशित     1650   पटक पढिएको

वीरगन्ज, २६ मंसिर । आर्थिक तथा औद्योगिक नगरी वीरगन्जमा शेयर सम्बन्धी साक्षरता कार्यक्रमहरु हुन थालेको छ ।

शेयर लगानीका लागि ब्रोकर कम्पनीहरुको शाखा समेत विस्तार गरिएको वीरगन्जमा शेयर लगानीमा सर्वसाधारणहरुको पनि चासो बढ्न थालेपछि शेयर सम्बन्धी जानकारी दिने साक्षरता कार्यक्रमको आयोजना गरिएको हो ।

मंगलबार सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको आयोजना तथा युनाईटेड फाईनान्स लि., प्राईमो सेक्यूरिटिज प्रा.लि. र वीरगञ्ज उद्योग वाणिज्य संघको सहआयोजनामा “सि—आस्वा र डि—म्याट” सम्बन्धि लगानीकर्ता साक्षरता कार्यक्रमको आयोजना गरेको छ ।

वीरगञ्ज उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रमको प्रमुख आतिथि वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले उदघाटन गरेका थिए ।

कार्यक्रममा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अध्यक्ष तथा नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत समेत रहेका चन्द्रसिंह साउद, सि.डि.एस. एण्ड क्लियरिङ्ग लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र वाग्लेले शेयर लगानीको बारेमा जानकारी दिएका थिए ।

त्यस्तै नेपाल ईन्भेस्टर्स फोरमका पूर्व अध्यक्ष तथा युनाईटेड फाईनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुनन्द बहादुर श्रेष्ठ, शेयर ब्रोकर कम्पनी प्राईमो सेक्यूरिटिज प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत मेघनाथ उपाध्याय र सि.डि.एस. एण्ड क्लियरिङ्ग लिमिटेडका प्रमुख सूचना तथा प्रविधि अधिकृत श्री सुरेश न्यौपानेले डि—म्याट र सि—आस्वाको बारेमा सहभागिहरुलाई जानकारी गराएका थिए ।

करिब ८० जना सहभागी उक्त कार्यक्रममा स्वागत मन्तव्य र कार्यक्रमको संचालन युनाईटेड फाईनान्स लिमिटेड, वीरगञ्ज शाखाका शाखा प्रवन्धक मनिष आचार्यले गरेका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.