logo

पोखरियाको समग्र बिकासकालागि साढे ३९ करोड बिनियोजन

      12/28/2017 गते 00 00 मा प्रकाशित     1712   पटक पढिएको

पोखरिया, १३ पुस । पर्साको पोखरिया नगरपालिकाको प्रथम नगरसभाले ३९ करोड ६२ लाख ३९ हजार चालू आर्थिक वर्षको अनुमानित आयव्ययको कूल बजेट प्रस्तुत गरेको छ ।

 

झण्डै दुईदशकपछि भएको स्थानीय तहको निर्वाचनपछि निर्वाचित जनप्रतिनिधिको सहभागितामा बिहीबार सम्पन्न भएको नगरसभामा नगरपालिकाकी उपमेयर सलमा खातुनले चालू खर्च तर्फ तीन करोड ४४ लाख ६५ हजार, पूँजीगत खर्च तर्पm १८ करोड २१ लाख ५४ हजार, सशर्त अनुदान १२ करोड ७६ लाख दुई हजारको बजेट प्रस्तुत गरेकी थिईन् ।

 

त्यस्तै शिक्षा, स्वास्थ्य, पोखरिया अस्पताल, आयुर्बेद, पशु, कृषि, गरिबसँग विश्वेश्वर कार्यक्रम बहुद्देशीय पोषण कार्यक्रमको लागि, समाजिक सुरक्षा भत्ता लगायत गरी चार करोड पाँचलाख ५७ हजार, स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रममा १४ लाख ६१ हजार, भवण निर्माण ५० लाख, समपुरक कोषमा ५० लाख विनियोजन गरिएको जनाएको छ ।

 

त्यसैगरी गर्भमै लिंग पहिचान गरि भ्रुण हत्या गर्ने अपराधका कारण लैंगिक प्रभाव परिरहेको, बालबालिकाहरुको कम उमेरमा गरिने बालबिबाहले महिलाहरुको स्वास्थ्यमा मात्रै नभई जनशक्ति बिकासमा प्रभाव परिरहेको नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा  उल्लेख गरिएको छ ।

 

यसको नियन्त्रणका लागि असल मानव स्रोतको बिकास गर्न, बालिका स्वर्ण योजना कार्यान्वयनमा लयाउन पहिलो बच्चा जन्मने बालिकालाई ३५ दिन भित्र जन्म दर्ता गराउँदा उनको नाममा एक मुष्ट १० हजार बिबाह बिमा समेतको व्यवस्था गरिने मेयर दिपनारायण रौनियारले प्रतिवद्धता व्यक्त गरे ।

 

उनकै अध्यक्षतामा भएको नगरसभामा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साह, श्याम नारायण माली, वडा अध्यक्ष अजय गुप्ता, किशोरी साह, लक्ष्मण साह, बंका पटेल, सोनालाल साह, नन्दलाल प्रसाद, जिवाजती पासवान लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका छन् । कार्यक्रमको संचालन ईन्जिनियर रामबाबु पटेलले गरेका थिए ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

स्व.उमा सिंहको स्मृतिमा जनकपुरमा महासंघको आयोजनामा बिभिन्न कार्यक्रम सम्पन्न

जनकपुरधाम । नेपाल पत्रकार महासङ्घ धनुषा शाखाले शहिद पत्रकार उमा सिंहको १७औँ स्मृति दिवसको अवसर पारेर आइतबार पत्रकारहरूको स्वास्थ्य अवस्था र पेशागत सुरक्षासम्बन्धी यथार्थ प्रश्नहरूलाई उजागर गर्ने उद्देश्यसहित दुईवटा महत्वपूर्ण कार्यक्रम सम्पन्न गरेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.