logo

सिम्रौनगढको बिकासकालागि  ४५ करोड विनियोजन 

      2/27/2018 गते 00 00 मा प्रकाशित     1012   पटक पढिएको

सिम्रौनगढ, १५ फागुन ।

बाराको सिम्रौनगढ नगरपालिकाको नगर परिषद मंगलबार सम्पन्न भएको छ । नगर प्रमुख बिजय शंकर प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रमा नगरपालिकाको कुल बजेट ४५ करोड १६ लाख ११ हजार ६ सय ४१ रुपैंया बिनियोजन गरेको छ । 


आर्थिक वर्ष २०७४/०७५ को बाँकी अवधीकोलागि नेपाल सरकारबाट प्राप्त रकम तथा बिभिन्न शीर्षकबाट चालू खर्च २० करोड पाँच लाख ३६ हजार र पँुजिगत खर्च २५ करोड १० लाख ७५ हजार ६ सय ४१ बिनियोजन गरिएको छ ।

 

सो रकमबाट बिभिन्न वडाहरुमा साना योजनाहरु उपभोक्ता समिति मार्फत संचालन गर्न प्रथमिकता दिने परिषदमा प्रस्तुत बजेटमा उल्लेख गरिएको छ ।

नगरपालिकाको सबै वडाहरुमा खानेपानी तथा सरसफाई सम्बन्धि कार्यक्रम संचालन गरिने, नगर भित्रमा हरेक पूर्वधार तथा शिक्षा र पिछडिएको बर्गको विकास गर्ने समेत योजनामा राखिएको छ ।

 

कार्यक्रमा उपमेयर रिमा देवी कुशवाहा तथा विभिन्न पार्टीका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.