logo

मेगा बीरगंज शुरु दूइलाखले अवलोकन गर्ने लाखौंको ब्यापार हुने अपेक्षा

      3/14/2018 गते 00 00 मा प्रकाशित     1699   पटक पढिएको

वीरगन्ज, ३० फागुन । वीरगन्जमा मेगा वीरगन्ज महोत्सव २०७४ बुधबारदेखि शुरु भएको छ । वीरगन्जको आदर्शनगर रंगशालामा लागेको मेलाको प्रदेश नम्बर २ का भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले उदघाटन गरे ।

 

मन्त्री सोनलले वीरगन्ज लगायत प्रदेश नम्बर २ का ८ जिल्ला पर्यटन, उद्योग, स्वास्थ्य, शिक्षा लगायतको क्षेत्रमा प्रचुर सम्भावना रहेको बताए ।

 

उनले मेगा वीरगन्ज महोत्सवको आयोजना गरेर वीरगन्जका युवाहरुले देखाएको उत्साहको प्रशंसा गर्दै उनीहरुलाई थप हौसला प्रदान गर्नुपर्नेमा जोड दिए । प्रदेश नम्बर २ को ८ जिल्लाको अभिलेख हेर्दा, प्रत्येक जिल्लालाई स्वास्थ्य, शिक्षा, उद्योग, धार्मिक पर्यटन, प्रशासनिक युनिटको रुपमा विकास गर्न सकिने सम्भावना रहेको उनले बताए ।

 

 देशकै राजधानी बन्न सक्ने सम्भावना र क्षमता भएको वीरगन्जलाई आर्थिक राजधानी बनाउनका लागि लाग्न आग्रह गरे ।

 

५५ लाख जनसंख्या रहेको प्रदेश नम्बर २ मा देशको सबैभन्दा धेरै युवाशक्ति बसोवास गरेको बताउदै मन्त्री सोनलले युवाहरुलाई प्रयोग गर्न सके जुनसुकै असम्भव काम पनि सम्भव बनाउने क्षमता रहेको बताए । प्रदेश नम्बर २ को समृद्धिमा मेला तथा महोत्सव महत्वपूण रहेको भन्दै त्यस्तो कामका लागि जुनसुकै सहयोग आवश्यक भएपनि आपूm तयार रहेको बताए ।

 

 म्याक्स इन्टरटेण्मेण्ट एण्ड एडभरटाईजिङ्ग प्रालि र नेपाल मिडिया हवको संयुक्त आयोजनामा भएको मेलाको उदघाटन सत्रमा नेकपा माओवादी केन्द्रका युवा नेता रहबर अन्सारी, वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष सुवोध गुप्ता, नेविसंघका युवा नेता दिलिपराज कार्की, डा.प्रमिला यादव लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

 

आयोजक समितिका महम्मद सदाबको अध्यक्षतामा भएको कार्यक्रममा परवानीपुर गाउँपालिकाका प्रमुख राजनारायण साह, पर्साका प्रहरी नायव उपरीक्षक मान बहादुर राई, वडा नम्बर ४ का वडा सदस्य सञ्जय जोशी, प्रेस सेण्टर नेपाल पर्साका अध्यक्ष नीरज पिठाकोटे, लगायतको उपस्थिति रहेको थियो ।

 

मेलामा उद्योग, अटो, कपडा, इलेक्ट्रोनिक्स, खाना लगायत गरी एकसय ६० वटा स्टलहरु रहेको छ । मेला चैत १२ गते सम्म लाग्ने मेलामा दुईलाख दर्शकहरुले अवलोकन गर्ने अपेक्ष गरिएको आयोजक दिपेश श्रेष्ठले जानकारी दिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.