logo

ग्लोबल आइएमई बैंकद्वारा राजस्व हिनामिनाको आरोप,जागीर धरापमा पारेर काम नगर्ने कर्मचारीको भनाई

      4/10/2018 गते 00 00 मा प्रकाशित     1525   पटक पढिएको

बीरगंज २७ चैत ।
बीरगंजमा रहेको ग्लोवल आइएमई बैंकले राष्टीय राजस्व हिनामिना गर्ने गरेको गम्भिर आरोप लागेको छ । 
बीरगंजको यातायात ब्यवस्था कार्यालयमा रहेको सवारी शाखा अन्र्तगत बैक मार्फत दाखिला गर्ने गरिएको राजस्वमा हिनामिना हुने गरेको खुलासा भएको हो ।

 

सोमवार सवारी शाखा नजिक रहेको बैंकको काउण्टरमा एउटा पाटीले २ लाख ३२ हजार रुपैयाको राजस्व दाखिला गरेको बैंक भौचर सवारी कार्यालयमा दाखिला गरेका थिए ।

 

२ लाख ३२ हजार मध्य ३२ हजार मात्र राजस्व खातामा  दाखिला भएपछि हल्ला खल्ला भएको थियो । कार्यालयका कर्मचारीले बैंकको काउण्टरमा रहेका कर्मचारीहरुसंग असन्तुष्टी जनाएपछि बैंकले ३२ हजार रुपैया फेरी राजस्वमा दाखिला गरेको थियो ।

कार्यालयका कर्मचारीहरुले बैंकको लापरवाहीका कारण आफूहरुको जागीर नै धरापमा परेको बताउन थालेका छन ।

 

उनीहरुले बैंकले भौचरमा छाप हानीदिने तर रकम इन्ट्री नगर्ने गरेको गम्भिर आरोप लगाएका छन । उनीहरुको आरोपमा केही सत्यता रहेको बैंकका बीरगंज शाखा प्रबन्धक असिम कर्माचार्यले स्वीकार्नु भएको छ  । उहाँले सवारी कार्यालय बीरगंजमा रहेको बैंकको राजस्वं सकंलन काउण्टरमा प्रयोग हुने सफ्टवेयर सरकारी भएको बताउनु भयो ।

 

सरकारी सफ्टवेयरमा प्रिन्टेड भौचर आउदैन । बैंकले आफनो तर्फबाट प्रिन्टेड भौचर दिने सिस्टमको सम्बन्धीत निकाय समक्ष माग गरेको उहाँले बताउनु भयो ।

 

म्यानुअली काम गर्दा कहिलेकाही समस्या होला कर्मचार्यले भन्नु भयो त्यस बिषयमा बैंकसंग आएर उहाँहरुले छलफल गर्दा हुन्छ । पहिला पनि यस्ता समस्या नआएका होइनन शाखा प्रवन्धक कर्मचार्यले भन्नु भयो उहाँहरु आएर रि कन्साइल (मिलाइएको ) गरिएको छ । यो कुनै ठुलो समस्या होइन । 


 सेवाग्राहीले दाखिला गरेको राजस्व खातामा जम्मा नहुने प्रवृति डरलाग्दो रहेको कार्यालयका कर्मचारीको भनाई छ । बैंकले राजस्व दाखिला गरेको बैंक भौचरको आधारमा तयार पारिएको राजस्व अंक र बैंकको खातामा जम्मा भएको राजस्व अंक मिल्नु पर्नेमा त्यो मिल्दैन ति कर्मचारीले भने बैंकको खातामा जहिले पनि कम रकम देखिन्छ ।

त्यही बैंकले दिएको भौचरमा उल्लेख गरिएको रकम जोडदा हाम्रोमा धेरै देखिन्छ । बैंकले गरेको यस्तो कामका कारण आफूहरुको जागीरमा नै संकट आउन थालेको भन्दै कर्मचारीले चिन्ता ब्यक्त गर्न थालेका छन ।

 

हिजो हल्ला खल्ला भएपछि कुरा मिल्यो तर सधै खातामा दाखिला भयो की भएन भनेर हेरीबस्न नमिल्ने भन्दै ति कर्मचारीले बैंकले आफनो काममा सु्धार ल्याउनु पर्ने बताए । उनले आफनो जागीर धरापमा पारेर काम गर्न नसकिने अवस्था समेत आउन सक्ने चेतावनी दिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

स्व.उमा सिंहको स्मृतिमा जनकपुरमा महासंघको आयोजनामा बिभिन्न कार्यक्रम सम्पन्न

जनकपुरधाम । नेपाल पत्रकार महासङ्घ धनुषा शाखाले शहिद पत्रकार उमा सिंहको १७औँ स्मृति दिवसको अवसर पारेर आइतबार पत्रकारहरूको स्वास्थ्य अवस्था र पेशागत सुरक्षासम्बन्धी यथार्थ प्रश्नहरूलाई उजागर गर्ने उद्देश्यसहित दुईवटा महत्वपूर्ण कार्यक्रम सम्पन्न गरेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.