logo

ग्लोबल आइएमई बैंकद्वारा राजस्व हिनामिनाको आरोप,जागीर धरापमा पारेर काम नगर्ने कर्मचारीको भनाई

      4/10/2018 गते 00 00 मा प्रकाशित     1694   पटक पढिएको

बीरगंज २७ चैत ।
बीरगंजमा रहेको ग्लोवल आइएमई बैंकले राष्टीय राजस्व हिनामिना गर्ने गरेको गम्भिर आरोप लागेको छ । 
बीरगंजको यातायात ब्यवस्था कार्यालयमा रहेको सवारी शाखा अन्र्तगत बैक मार्फत दाखिला गर्ने गरिएको राजस्वमा हिनामिना हुने गरेको खुलासा भएको हो ।

 

सोमवार सवारी शाखा नजिक रहेको बैंकको काउण्टरमा एउटा पाटीले २ लाख ३२ हजार रुपैयाको राजस्व दाखिला गरेको बैंक भौचर सवारी कार्यालयमा दाखिला गरेका थिए ।

 

२ लाख ३२ हजार मध्य ३२ हजार मात्र राजस्व खातामा  दाखिला भएपछि हल्ला खल्ला भएको थियो । कार्यालयका कर्मचारीले बैंकको काउण्टरमा रहेका कर्मचारीहरुसंग असन्तुष्टी जनाएपछि बैंकले ३२ हजार रुपैया फेरी राजस्वमा दाखिला गरेको थियो ।

कार्यालयका कर्मचारीहरुले बैंकको लापरवाहीका कारण आफूहरुको जागीर नै धरापमा परेको बताउन थालेका छन ।

 

उनीहरुले बैंकले भौचरमा छाप हानीदिने तर रकम इन्ट्री नगर्ने गरेको गम्भिर आरोप लगाएका छन । उनीहरुको आरोपमा केही सत्यता रहेको बैंकका बीरगंज शाखा प्रबन्धक असिम कर्माचार्यले स्वीकार्नु भएको छ  । उहाँले सवारी कार्यालय बीरगंजमा रहेको बैंकको राजस्वं सकंलन काउण्टरमा प्रयोग हुने सफ्टवेयर सरकारी भएको बताउनु भयो ।

 

सरकारी सफ्टवेयरमा प्रिन्टेड भौचर आउदैन । बैंकले आफनो तर्फबाट प्रिन्टेड भौचर दिने सिस्टमको सम्बन्धीत निकाय समक्ष माग गरेको उहाँले बताउनु भयो ।

 

म्यानुअली काम गर्दा कहिलेकाही समस्या होला कर्मचार्यले भन्नु भयो त्यस बिषयमा बैंकसंग आएर उहाँहरुले छलफल गर्दा हुन्छ । पहिला पनि यस्ता समस्या नआएका होइनन शाखा प्रवन्धक कर्मचार्यले भन्नु भयो उहाँहरु आएर रि कन्साइल (मिलाइएको ) गरिएको छ । यो कुनै ठुलो समस्या होइन । 


 सेवाग्राहीले दाखिला गरेको राजस्व खातामा जम्मा नहुने प्रवृति डरलाग्दो रहेको कार्यालयका कर्मचारीको भनाई छ । बैंकले राजस्व दाखिला गरेको बैंक भौचरको आधारमा तयार पारिएको राजस्व अंक र बैंकको खातामा जम्मा भएको राजस्व अंक मिल्नु पर्नेमा त्यो मिल्दैन ति कर्मचारीले भने बैंकको खातामा जहिले पनि कम रकम देखिन्छ ।

त्यही बैंकले दिएको भौचरमा उल्लेख गरिएको रकम जोडदा हाम्रोमा धेरै देखिन्छ । बैंकले गरेको यस्तो कामका कारण आफूहरुको जागीरमा नै संकट आउन थालेको भन्दै कर्मचारीले चिन्ता ब्यक्त गर्न थालेका छन ।

 

हिजो हल्ला खल्ला भएपछि कुरा मिल्यो तर सधै खातामा दाखिला भयो की भएन भनेर हेरीबस्न नमिल्ने भन्दै ति कर्मचारीले बैंकले आफनो काममा सु्धार ल्याउनु पर्ने बताए । उनले आफनो जागीर धरापमा पारेर काम गर्न नसकिने अवस्था समेत आउन सक्ने चेतावनी दिए ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजमा संयुक्त अनुगमन दुई उद्योगलाई जरिवाना,महावीर एग्रो प्रोडक्ट प्रा.लि.लाई उन्मुक्ति दिएको मञ्चको आरोप

वीरगंज । वीरगंजमा उपभोक्ता हित तथा खाद्यवस्तुको गुणस्तरसम्बन्धी अवस्थाको अनुगमनका क्रममा दुई उद्योगलाई जरिवाना गरिएको छ।

गर्मीमा विद्यार्थीलाई राहत, पोखरियाका दुई विद्यालयलाई ५ पंखा

पोखरिया । गर्मीका कारण पठनपाठनमा असहजता भोगिरहेका विद्यार्थीलाई राहत पुग्ने गरी पर्साको पोखरियाका दुई विद्यालयमा पंखा जडानका लागि सहयोग गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.