र्लाही ३० चैत ।
साना किसान कृषि सहकारी संस्था बकैनियाको सञ्चालक समिति बिहीवार गठन गरिएको छ ।
संस्थाका प्रबन्धक मोहन रायका अनुसार राजदेव सहनीको अध्यक्षतामा १२ सदस्यीय समिति गठन भएको हो ।
सर्लाहीको गोडैता नगरपालिका ९ स्थित संस्थाको उपाध्यक्षमा शुभकरण राय, सदस्यमा सुरेश राय, नन्दलाल राय, दशरथ राय, अजय प्रसाद चौधरी, रामविश्वास राय, वेदमीया देवी, अच्छेलाल दास, कृष्णदेव प्रसाद कुशवाहा, विन्देश्वर राउत, नरेश महतो छन् ।
तपाईको प्रतिक्रिया