logo

के छ अर्थमंत्री खतिवडाले प्रस्तुत गरेको बजेटमा ?

      5/29/2018 गते 00 00 मा प्रकाशित     1298   पटक पढिएको

काठमाण्डौ १५ जेठ । 
सरकारले घरजग्गाप्रति कठोर नीति लिएको छ । कृषि योग्य जमिनलाई घर घडेरीकोरुपमा प्रयोग गर्न नपाइने ब्यवस्था मिलाइएको अर्थमन्त्री डा . युवराज खतिवडाले जानकारी दिए ।

बजेटमा इजाजत लिएर मात्र घरजग्गा खरिद बिक्री गर्न पाइने व्यवस्था गरेको छ । साना किसान सहकारी संस्थाबाट लिइएको ऋण सबै मिनाहा हुने भएको छ । सरकारले आगामी आर्थिक बर्षको बजेट मार्फत यस्तो कार्यक्रम ल्याएको हो ।
वृद्ध भएका बाबुआमालाई छोराछोरीले अनिवार्यरुपमा पाल्नुपर्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट सार्वजानिक गर्दै यस्तो व्यवस्था गरिएको जानकारी दिए ।

त्यसैगरी, ७० वर्ष नाघेका वृद्धवृद्धाको १ लाख रुपैयाँसम्मको बीमाको व्यवस्था मिलाएको र त्यसका लागि तिर्नुपर्ने बीमाशुल्क सरकारले नै तिरिदिने खतिवडाले जानकारी दिए ।
सरकारले आगामी आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रमा ५६ अर्ब ९७ करोड करोड रुपैयाँ बराबरको बजेट बिनियोजन गरेको छ । 

मन्त्री खतिवडाले निजी अस्पतालको सहयोगमा प्रत्येक स्थानीय तहमा घुम्ती अस्पताल सञ्चालन गर्ने जनाएका छन् ।

चालू आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रमा ३१ अर्ब ७८ करोड बजेट थियो ।
सरकारले पर्यटनलाई विशेष प्राथमिकतामा राखेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले आगामी २ वर्षभित्र २० लाख पर्यटक नेपाल भित्र्याउने घोषणा गरे ।

त्यसका लागि सरकारले “भिजिट नेृपाल २०२०” सञ्चालन गर्नेछ । सरकारले मुलुकभर १सय वटा पर्यटकीय गन्तव्यको पहिचान गरी पर्यटन क्षेत्रको विकास गर्नेछ । पर्यटन क्षेत्रको विकासका लागि ५ अर्ब ३४ करोड रुपैयाँ बजेट बिनियोजन गरिएको अर्थमन्त्रीले जानकारी दिए ।
अब निजी उद्योगहरुले पनि आइपिओ जारी गर्नै पर्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट सार्वजानिक गर्दै १ अर्ब रुपैयाँभन्दा माथिका निजी उद्योगहरुले अनिवार्यरुपमा साधारण सेयर (आइपिओ) जारी गर्ने पर्ने व्यवस्था मिलाएको बताए ।

सांसद्हरुले सिधै खर्च गर्ने विवादित बनेको निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट बढेको छ ।

३ करोड रहेको निर्वाचन क्षेत्र विकास कार्यक्रमको लागि अर्थमन्त्री डा युवराज खतिवडाले ४ करोडको पुर्याएका छन् ।

सो कार्यक्रम मार्फत ५ वटा आयोजना ३ वर्षसम्मको लागि संचालन गर्न पाउने अर्थमन्त्री खतिवडाले बजेट भाषणमा उल्लेख गरेका छन् ।

१६५ वटा निर्वाचन क्षेत्रको लागि निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत ६ अर्ब ६० करोडभन्दा बढी रकम बजेट छुट्याइएको छ । 

कम्युनिष्ट सरकारले पहिलोपटक वृद्धभत्ता बढाएन । अहिले ७० वर्ष नाघेका वृद्धवृद्धाले मासिक २ हजार रुपैयाँ वृद्धभत्ता पाउँदै आएका छन् ।


अर्थमन्त्रीले बजेटमार्फत ७० वर्ष नाघेका वृद्धवृद्धाको १ लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा गर्ने घोषणा गरेका छन् । सो बीमा गर्दा लाग्ने बीमा शुल्क सरकारले नै तिरिदिने अर्थमन्त्रीले बताएका हुन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

रबी लामिछाने रिहाईको माँग गर्दै वीरगंजमा हस्ताक्षर अभियान, संयौंको सहभागिता

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले वीरगंजमा हस्ताक्षर संकलन अभियान सांलन गरेको छ ।

त्रिभूवन राजपथ सडकखण्डको भंसार क्षेत्रको अतिक्रमण हटाइयो, गण्डक सम्मै अभियान चलाइने महानगर प्रमुख सिंहको दावी

वीरगंज  । वीरगंजको मुख्य सडक त्रिभुवन राज पथ विस्तार गर्ने बहुप्रतीक्षित अभियान आजबाट सुरु भएको   छ । लामो समयदेखि रोकिएको सडक विस्तार गर्ने काम आजबाट सुरु भएको हो ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.