logo

के छ अर्थमंत्री खतिवडाले प्रस्तुत गरेको बजेटमा ?

      5/29/2018 गते 00 00 मा प्रकाशित     1567   पटक पढिएको

काठमाण्डौ १५ जेठ । 
सरकारले घरजग्गाप्रति कठोर नीति लिएको छ । कृषि योग्य जमिनलाई घर घडेरीकोरुपमा प्रयोग गर्न नपाइने ब्यवस्था मिलाइएको अर्थमन्त्री डा . युवराज खतिवडाले जानकारी दिए ।

बजेटमा इजाजत लिएर मात्र घरजग्गा खरिद बिक्री गर्न पाइने व्यवस्था गरेको छ । साना किसान सहकारी संस्थाबाट लिइएको ऋण सबै मिनाहा हुने भएको छ । सरकारले आगामी आर्थिक बर्षको बजेट मार्फत यस्तो कार्यक्रम ल्याएको हो ।
वृद्ध भएका बाबुआमालाई छोराछोरीले अनिवार्यरुपमा पाल्नुपर्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट सार्वजानिक गर्दै यस्तो व्यवस्था गरिएको जानकारी दिए ।

त्यसैगरी, ७० वर्ष नाघेका वृद्धवृद्धाको १ लाख रुपैयाँसम्मको बीमाको व्यवस्था मिलाएको र त्यसका लागि तिर्नुपर्ने बीमाशुल्क सरकारले नै तिरिदिने खतिवडाले जानकारी दिए ।
सरकारले आगामी आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रमा ५६ अर्ब ९७ करोड करोड रुपैयाँ बराबरको बजेट बिनियोजन गरेको छ । 

मन्त्री खतिवडाले निजी अस्पतालको सहयोगमा प्रत्येक स्थानीय तहमा घुम्ती अस्पताल सञ्चालन गर्ने जनाएका छन् ।

चालू आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रमा ३१ अर्ब ७८ करोड बजेट थियो ।
सरकारले पर्यटनलाई विशेष प्राथमिकतामा राखेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले आगामी २ वर्षभित्र २० लाख पर्यटक नेपाल भित्र्याउने घोषणा गरे ।

त्यसका लागि सरकारले “भिजिट नेृपाल २०२०” सञ्चालन गर्नेछ । सरकारले मुलुकभर १सय वटा पर्यटकीय गन्तव्यको पहिचान गरी पर्यटन क्षेत्रको विकास गर्नेछ । पर्यटन क्षेत्रको विकासका लागि ५ अर्ब ३४ करोड रुपैयाँ बजेट बिनियोजन गरिएको अर्थमन्त्रीले जानकारी दिए ।
अब निजी उद्योगहरुले पनि आइपिओ जारी गर्नै पर्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट सार्वजानिक गर्दै १ अर्ब रुपैयाँभन्दा माथिका निजी उद्योगहरुले अनिवार्यरुपमा साधारण सेयर (आइपिओ) जारी गर्ने पर्ने व्यवस्था मिलाएको बताए ।

सांसद्हरुले सिधै खर्च गर्ने विवादित बनेको निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट बढेको छ ।

३ करोड रहेको निर्वाचन क्षेत्र विकास कार्यक्रमको लागि अर्थमन्त्री डा युवराज खतिवडाले ४ करोडको पुर्याएका छन् ।

सो कार्यक्रम मार्फत ५ वटा आयोजना ३ वर्षसम्मको लागि संचालन गर्न पाउने अर्थमन्त्री खतिवडाले बजेट भाषणमा उल्लेख गरेका छन् ।

१६५ वटा निर्वाचन क्षेत्रको लागि निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत ६ अर्ब ६० करोडभन्दा बढी रकम बजेट छुट्याइएको छ । 

कम्युनिष्ट सरकारले पहिलोपटक वृद्धभत्ता बढाएन । अहिले ७० वर्ष नाघेका वृद्धवृद्धाले मासिक २ हजार रुपैयाँ वृद्धभत्ता पाउँदै आएका छन् ।


अर्थमन्त्रीले बजेटमार्फत ७० वर्ष नाघेका वृद्धवृद्धाको १ लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा गर्ने घोषणा गरेका छन् । सो बीमा गर्दा लाग्ने बीमा शुल्क सरकारले नै तिरिदिने अर्थमन्त्रीले बताएका हुन् ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजमा संयुक्त अनुगमन दुई उद्योगलाई जरिवाना,महावीर एग्रो प्रोडक्ट प्रा.लि.लाई उन्मुक्ति दिएको मञ्चको आरोप

वीरगंज । वीरगंजमा उपभोक्ता हित तथा खाद्यवस्तुको गुणस्तरसम्बन्धी अवस्थाको अनुगमनका क्रममा दुई उद्योगलाई जरिवाना गरिएको छ।

गर्मीमा विद्यार्थीलाई राहत, पोखरियाका दुई विद्यालयलाई ५ पंखा

पोखरिया । गर्मीका कारण पठनपाठनमा असहजता भोगिरहेका विद्यार्थीलाई राहत पुग्ने गरी पर्साको पोखरियाका दुई विद्यालयमा पंखा जडानका लागि सहयोग गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.