logo

 बीरगंज महानगरलाई राजस्व संकलनको आन्तरिक लक्ष्य चुनौतीपूर्ण 

      6/26/2018 गते 00 00 मा प्रकाशित     2078   पटक पढिएको

वीरगंज, १२ असार ।
    वीरगंज महानगरपालिकाले आव २०७५–०७६ को लागि प्रस्तुत गरेको ४ अर्ब ९४ करोड ३१ लाख ७७ हजारको अनुमानित बजेट अति नै चुनौतीपूर्ण हुने देखिएको छ ।

 

वीरगंज महानगरलाई सरकारबाट सशर्त ५५ करोड, प्रदेश सरकारबाट सशर्त ३ करोड र नेपाल सरकारबाट समानीकरण अनुदानबापत ४३ करोड १७ लाख र प्रदेश सरकारबाट समानीकरण अनुदान ७७ करोड ९९ लाख प्राप्त हुने अनुमान बजेटमा गरिएको छ । 


    ठूलो सङ्ख्यामा अनुमानित बजेट प्रस्तुत गर्ने क्रममा महानगरपालिकाले एडिबीद्वारा सञ्चालित परियोजनाको कामलाई पनि आव २०७५–७६ मा आप्mनो अनुमानित बजेटमा समावेश गरेको छ ।

 

एडिबी, नेपाल सरकारद्वारा दोस्रो चरणमा सञ्चालन हुन गइरहेको २ अर्ब ६२ करोड ८२ लाख ९५ हजारको योजनामा महानगरले पारस्परिक रकमबापत १० प्रतिशत मात्र भुक्तान गर्नुपर्ने हुन्छ । यो रकमलाई महानगरले  अनुमानित आयमा समावेश गर्नुपर्ने कुनै कारण रहेको देखिन्न । यो अलग्गै आयोजना भएकोले यसको रकम अनुमानित आयमा प्रस्तुत गरेर बजेटको अङ्क बढाउने काम मात्रै भएको छ । 


    यता वार्षिक आय घटिरहेको सन्दर्भमा महानगरले आगामी आवमा ५९ करोड ५३ लाख ६० हजार राजस्व सङ्कलन गर्ने लिएको लक्ष्य पनि चुनौतीपूर्ण छ । महानगरको तथ्याङ्क अनुसार आव २०७३–७४ मा २० करोड लक्ष्य राखिएकोमा १८ करोड सङ्कलन भएको थियो र चालू आवमा २६ करोड लक्ष्य राखएकोमा १३ करोड मात्रै सङ्कलन भएको छ ।

 

५९ करोड आगामी आवमा सङ्कलन गर्ने लक्ष्य यस अर्थमा पनि चुनौतीपूर्ण छ कि महानगरले यो लक्ष्य प्राप्त गर्न प्रदूषण कर सङ्कलन गर्ने र त्यसबाट १५ करोड उठाउने अठोट लिएको छ । यद्यपि यो अठोट महानगरले प्रस्तुत गरेको बजेट नीति तथा कार्यक्रममा सवावेश गरिएको छैन । 


    नगरपालिका स्रोतका अनुसार प्रदूषण कर १५ करोड, एकीकृत सम्पत्ति कर २० करोड ८४ लाख, घर बहाल कर ३ करोड, व्यवसाय कर ४ करोड, निकासी, कबाडी, बालुवा गिट्टीबाट ६ करोड र सवारी करबाट साढे ५ करोड गरी ५९ करोड ५३ लाख आन्तरिक राजस्व सङ्कलनको लक्ष्य राख्नु नै चुनौतीपूर्ण छ । 


    महानगरले हालसम्म प्रदूषणमा कर लगाएको थिएन । एकाएक प्रदूषण कर लगाउने र त्यसबाट १५ करोडको लक्ष्य लिनु चुनौतीपूर्ण भएको जानकारहरू बताउँछन् । यसले महानगरको व्यापार व्यवसाय प्रभावित पार्ने देखिन्छ । 
    यसैगरी एकीकृत सम्पत्ति करको लक्ष्य बढाएर २० करोड ८४ लाख पारिएको छ । गत वर्ष सबै कर गरेर १३ करोड सङ्कलन भएको सन्दर्भमा यस वर्ष २१ करोडको लक्ष्य लिनु पनि चुनौतीपूर्ण देखिन्छ । 


    यसैगरी लामो समयदेखि विवादित सवारीकर चालू आवमा ३ करोड ७१ लाख सङ्कलन लक्ष्य रहेको छ । यसलाई पनि वृद्धि गरेर साढे ५ करोड पारिएको छ । घरबहाल कर, व्यवसाय करको लक्ष्य पनि बढाइएको छ जुन आपैmमा चुनौतीपूर्ण छ । निकासी, कबाडी, बालुवा, गिट्टी यस वर्षदेखि यो कर महानगरले थपेको छ ।आजको प्रतीकमा खवर छ

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.