logo

 बीरगंज महानगरलाई राजस्व संकलनको आन्तरिक लक्ष्य चुनौतीपूर्ण 

      6/26/2018 गते 00 00 मा प्रकाशित     2277   पटक पढिएको

वीरगंज, १२ असार ।
    वीरगंज महानगरपालिकाले आव २०७५–०७६ को लागि प्रस्तुत गरेको ४ अर्ब ९४ करोड ३१ लाख ७७ हजारको अनुमानित बजेट अति नै चुनौतीपूर्ण हुने देखिएको छ ।

 

वीरगंज महानगरलाई सरकारबाट सशर्त ५५ करोड, प्रदेश सरकारबाट सशर्त ३ करोड र नेपाल सरकारबाट समानीकरण अनुदानबापत ४३ करोड १७ लाख र प्रदेश सरकारबाट समानीकरण अनुदान ७७ करोड ९९ लाख प्राप्त हुने अनुमान बजेटमा गरिएको छ । 


    ठूलो सङ्ख्यामा अनुमानित बजेट प्रस्तुत गर्ने क्रममा महानगरपालिकाले एडिबीद्वारा सञ्चालित परियोजनाको कामलाई पनि आव २०७५–७६ मा आप्mनो अनुमानित बजेटमा समावेश गरेको छ ।

 

एडिबी, नेपाल सरकारद्वारा दोस्रो चरणमा सञ्चालन हुन गइरहेको २ अर्ब ६२ करोड ८२ लाख ९५ हजारको योजनामा महानगरले पारस्परिक रकमबापत १० प्रतिशत मात्र भुक्तान गर्नुपर्ने हुन्छ । यो रकमलाई महानगरले  अनुमानित आयमा समावेश गर्नुपर्ने कुनै कारण रहेको देखिन्न । यो अलग्गै आयोजना भएकोले यसको रकम अनुमानित आयमा प्रस्तुत गरेर बजेटको अङ्क बढाउने काम मात्रै भएको छ । 


    यता वार्षिक आय घटिरहेको सन्दर्भमा महानगरले आगामी आवमा ५९ करोड ५३ लाख ६० हजार राजस्व सङ्कलन गर्ने लिएको लक्ष्य पनि चुनौतीपूर्ण छ । महानगरको तथ्याङ्क अनुसार आव २०७३–७४ मा २० करोड लक्ष्य राखिएकोमा १८ करोड सङ्कलन भएको थियो र चालू आवमा २६ करोड लक्ष्य राखएकोमा १३ करोड मात्रै सङ्कलन भएको छ ।

 

५९ करोड आगामी आवमा सङ्कलन गर्ने लक्ष्य यस अर्थमा पनि चुनौतीपूर्ण छ कि महानगरले यो लक्ष्य प्राप्त गर्न प्रदूषण कर सङ्कलन गर्ने र त्यसबाट १५ करोड उठाउने अठोट लिएको छ । यद्यपि यो अठोट महानगरले प्रस्तुत गरेको बजेट नीति तथा कार्यक्रममा सवावेश गरिएको छैन । 


    नगरपालिका स्रोतका अनुसार प्रदूषण कर १५ करोड, एकीकृत सम्पत्ति कर २० करोड ८४ लाख, घर बहाल कर ३ करोड, व्यवसाय कर ४ करोड, निकासी, कबाडी, बालुवा गिट्टीबाट ६ करोड र सवारी करबाट साढे ५ करोड गरी ५९ करोड ५३ लाख आन्तरिक राजस्व सङ्कलनको लक्ष्य राख्नु नै चुनौतीपूर्ण छ । 


    महानगरले हालसम्म प्रदूषणमा कर लगाएको थिएन । एकाएक प्रदूषण कर लगाउने र त्यसबाट १५ करोडको लक्ष्य लिनु चुनौतीपूर्ण भएको जानकारहरू बताउँछन् । यसले महानगरको व्यापार व्यवसाय प्रभावित पार्ने देखिन्छ । 
    यसैगरी एकीकृत सम्पत्ति करको लक्ष्य बढाएर २० करोड ८४ लाख पारिएको छ । गत वर्ष सबै कर गरेर १३ करोड सङ्कलन भएको सन्दर्भमा यस वर्ष २१ करोडको लक्ष्य लिनु पनि चुनौतीपूर्ण देखिन्छ । 


    यसैगरी लामो समयदेखि विवादित सवारीकर चालू आवमा ३ करोड ७१ लाख सङ्कलन लक्ष्य रहेको छ । यसलाई पनि वृद्धि गरेर साढे ५ करोड पारिएको छ । घरबहाल कर, व्यवसाय करको लक्ष्य पनि बढाइएको छ जुन आपैmमा चुनौतीपूर्ण छ । निकासी, कबाडी, बालुवा, गिट्टी यस वर्षदेखि यो कर महानगरले थपेको छ ।आजको प्रतीकमा खवर छ

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

लायन्स म्याराथन प्रतियोगिता सम्पन्न,डेसिमलका हुसेन र बिपीएसकी शर्मा प्रथम

वीरगञ्ज। स्वस्थ जीवनशैली, अनुशासन, खेलकुद प्रवर्द्धन तथा सामाजिक सेवाको सन्देश प्रवाह गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वीरगञ्जमा लायन्स म्याराथन प्रतियोगिता उत्साहजनक सहभागिताबीच भव्य रूपमा सम्पन्न भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.