logo

सुख्खा बन्दरगाह भन्सारले पनि सकेन लक्ष्य अनुसारको राजस्व संकलन गर्न

      7/19/2018 गते 00 00 मा प्रकाशित     2038   पटक पढिएको

वीरगन्ज, ३ साउन ।

वीरगन्ज स्थित सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले आर्थिक बर्ष २०७४÷०७५ मा राजस्व असुली लक्ष्य पूरा गर्न सकेन ।  बन्दरगाह भन्सारलाई भन्सार विभागले गत आर्थिक वर्षकोलागि २८ अर्ब २९ लाख ४२ करोड ५९ लाख राजस्व असुलीको लक्ष्य दिएको थियो ।

 

तर बन्दरगाह भन्सारले २७ अर्ब ३३ करोड ५१ लाख ९३ हजार रुपैंया अर्था ९६.६१ प्रतिशत मात्रै राजस्व संकलन गर्न सकेको छ । सुक्खा बन्दरगाह कार्यालयले अघिल्लोबर्ष लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको थियो ।

बन्दरगाह  भन्सार कार्यालयका सूचना अधिकृत धन बहादुर बरुवालका अनुसार भन्सार विभागले दिएको २८ अर्ब २९ लाख ४२ करोड ५९ लाखको लक्ष्य सिर्सिया सुक्खा बन्दरगाहले २७ अर्ब ३३ करोड ५१ लाख ९३ हजार रुपैंया अर्था ९६.६१ प्रतिशत मात्रै राजस्व संकलन भएको छ ।

 

सुक्खा बन्दरगाह कार्यालयले अघिल्लोबर्ष लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको थियो । अघिल्लो आर्थिक बर्षमा सुक्खा बन्दरगाह भन्सार कार्यालयले २१ अर्ब ५८ करोड ५ लाख ९५ हजार अर्थात १०२.६ प्रतिशत राजस्व संकलन गरेको थियो ।

 

सुक्खा बन्दरगाह भन्सार कार्यालयलाई भन्सार विभागले अघिल्लो बर्ष २१ अर्ब ४ करोड ८ लाख ८१ हजार रुपैंयाको लक्ष्य दिएको थियो । संकलित राजस्व मध्य भन्सार महशुल बढी रहेको छ ।

 

कार्यालयको तथ्यांक अनुसार ११ अर्ब ६४ करोड, ३० लाख ५३ हजार रुपैंया राजस्व असुली भएको छ । त्यस्तै मूल्य अभिवृद्धि करतर्फ १४ अर्ब २ करोड, ६० लाख ३ हजार राजस्व संकलन गरेको छ ।

 

वीरगन्ज भन्सार कार्यालय अन्त शुल्कमा बढी राजस्व संकलन गरेको सिर्सिया सुक्खा बन्दरगाह कार्यालयले भने मूल्य अभिवृद्धि कर संकलन गरेको छ । अन्त शुल्कतर्फ १ अर्ब ६६ करोड, ६१ लाख दुईहजार राजस्व संकलन भएको छ ।

 

बाढीका कारण सामान आयातकर्ताहरुले पनि नाका परिवर्तन गरि आयात गरेकोले राजस्व संकलन कम भएको कार्यालय प्रमुख सूर्य सेढाइले बताए ।  
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजमा संयुक्त अनुगमन दुई उद्योगलाई जरिवाना,महावीर एग्रो प्रोडक्ट प्रा.लि.लाई उन्मुक्ति दिएको मञ्चको आरोप

वीरगंज । वीरगंजमा उपभोक्ता हित तथा खाद्यवस्तुको गुणस्तरसम्बन्धी अवस्थाको अनुगमनका क्रममा दुई उद्योगलाई जरिवाना गरिएको छ।

गर्मीमा विद्यार्थीलाई राहत, पोखरियाका दुई विद्यालयलाई ५ पंखा

पोखरिया । गर्मीका कारण पठनपाठनमा असहजता भोगिरहेका विद्यार्थीलाई राहत पुग्ने गरी पर्साको पोखरियाका दुई विद्यालयमा पंखा जडानका लागि सहयोग गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.