logo

करबृद्धिको बिरोधमा ब्यवसायीहरु आन्दोलनमा नेतृत्वपंक्तिमा नेपाली कांग्रेसको सहभागिता

      7/29/2018 गते 00 00 मा प्रकाशित     2128   पटक पढिएको

बीरगंज १३ साउन । 
करको दरमा गरेको वृद्धिको विरोधमा वीरगन्ज उद्योग वाणिज्य संघले आइतवार वीरगंज महानगरपालिकाको विरुद्धमा नेपाली कांग्रेसको सहयोगमा ब्यवसायीहरुले प्रर्दशन गरेका छन । उनीहरुले वीरगन्ज बजार आधा घण्टा बन्द गरी कर बृद्धिको बिरोध गरे  । ब्यवसायीहरुले निकालेको जुलुसमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसिया लगायतका नेताहरुको सहभागिता रहेको थियो । 

 


घण्टारचोकबाट निस्किएको विरोध ¥यालीले नगर क्षेत्रको परिक्रमा गर्दै महानगरपालिका कार्यालयमा पुगेर मेयर विजय सरावगीलाइ ज्ञापन पत्र पनि बुझाएको छ ।

 

आपूmले लिखित तथा मौखिकरूपमा मेयर विजय सरावगीलाई महानगरले करको दरमा गरेको वृद्धि सम्बन्धमा पुनरावलोकन गर्न सुझाव दिएकोमा बेवास्ता गरिएको भन्दै आन्दोलनमा उत्रन बाध्य भएको वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओम प्रकाश शर्माले बताए  । 


शर्माले करको दरमा पुनरावलोकन नगरिएमा अझ सशक्त आन्दोलनमा जाने  चेतावनी दिए  । यसैबिच उद्योगी व्यपारीहरुको ज्ञापनपत्र बुझ्दै महानगरपालिकाका मेयर सरावगीले स्थानीय सरकारले ल्याएको करको विपषयमा वार्ता गर्न तयार रहेको बताए ।

 

उनले  उद्योग वाणिज्य संघलाई वार्तामा आउन समेत आग्रह गरे । मेयर सरावगीले पहिले आन्दोलन गर्ने र त्यसपछि वार्तामा बस्ने बानी सुधार गर्न आग्रह गर्दै स्थानीय सरकार जहिले पनि जनताको कुरा सुन्न तयार रहेको बताए   ।

 

वीरगन्ज महानगरपालिकामा ज्ञापनपत्र दिन गएका उद्योगी व्यवसायीहरुलाई धन्यवाद दिदै मेयर सरावगीले वार्ता टोली बनाएर वार्तामा बस्न आग्रह गरेका छन । उनले आन्दोलन गरेर जनतालाई दुःख दिनु छ भने आफनो भन्नु केही नरहेको प्रष्ट पारे । 

 


वीरगंज महानगरपालिका कार्यालयले जमीनको मूल्याकंन दर बढाएको छ । यसैमा उधोगी ब्यवसायीको गम्भिर आपत्ती रहेको छ ।  मालपोत कार्यालय र बीरगंज महानगरले गरेको मूल्याकंन दरमा निकै भिन्नता रहेको छ ।

 

 मालपोत कार्यालयले रु.१ करोड ८० लाख मुल्याङ्कन गरेको जग्गाको वीरगञ्ज महानगरपालिका कार्यालयले  रु.६, ७ र ८ करोड मुल्याङ्कन तोकेको छ । नागरिकबाट कर असुल्ने अभिप्रायले  महानगरपालिका कार्यालयले मूल्याकंन बढाएको संघको आरोप छ ।  जनताको सेवामुखी हुनुको सट्टा करमुखी भई जनताको आर्थिक दोहन गर्न खोजेको उद्योग वाणिज्य संघको आरोप छ । 

 


विगतका आर्थिक बर्षमा व्यवसाय करको अधिक्तम सीमा १० हजार रहेको थियो, भने चालु आर्थिक बर्षको लागि सो करको सीमा रु.२ लाख तोकेको छ । होटल व्यवसायमा करको अधिक्तम सीमा  रु.५० हजार रहेको थियो भने हाल रु.१ लाख २५ हजार तोकिएको छ ।

विगतमा स्वास्थ्य सम्बन्धी काम गर्ने क्लिनिक, ल्याब आदिले २ हजार तिर्नुपर्ने शुल्कलाई बढाएर १५ हजारदेखि ५० हजारसम्म कायम गरेको छ । उद्योग व्यापारलाई हानी पुग्ने गरी प्रदुषण एवम सडक सुधार शुल्कको नाममा मालवाहक सवारी साधनमा प्रवेशमा भन्सार विन्दुमा नै असुल गर्ने गरी अति महंगो कर एवम औद्योगिक उत्पादनका वस्तुहरु जस्तै सिमेन्ट, फलामे छड आदिमा समेत कर लगाईएको छ । 

 


विगतमा कवाडीजन्य वस्तुमा लाग्ने गरेको कबाडी कर खारेज भएतापनि वीरगंज महानगरपालिकाले सो कर पुनः लागु गरेको छ । सवारी साधनमा बार्षिक करका साथै ठूला, मझौला सवारी तथा साईकलमा दैनिक तथा समान्य आयश्रोत भएका जनताले उपयोग गर्ने मोटरसाईकलमा पटके पार्किङ्ग शुल्क तोकेको छ ।

 

भने, पर्यटन तथा औद्योगिक विकासमा प्रतिकुल असर पर्ने गरी भारतीय नम्बर प्लेटका सबै सवारी (निजी तथा मालवाहक) सवारी साधनमा प्रति घण्टाको आधारमा पार्किङ शुल्क तोकेको छ । रिक्सा, ई–रिक्साको दर्ता शुल्क समान रहेको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

सडक डिभिजन एक्सनमा,चुरियामाई क्षेत्रमा अतिक्रमित सडक तीन दिनभित्र खाली गर्न सूचना जारी

वीरगञ्ज । वैशाखः सडक डिभिजन हेटौँडाले महेन्द्रराजमार्गको पथलैया चुरियामाई ३ नम्बर पुल र चुरिया माईमन्दिर क्षेत्रमा अनधिकृत तवरले निर्माण गरिएका घर टहरा तीन दिनभित्र हटाउन सूचना जारी गरेको छ ।

तराई क्षेत्रमा तातो लहरको सम्भावना,उच्च सतर्कता अपनाउन बिभागको आग्रह

काठमाडौँ ।  हाल नेपालमा पश्चिमी स्थानीय वायुका साथै पूर्वी नेपालको नजिक रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हिमाली भू–भागमा साधारणतया बादल लाग्ने छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.