logo

करबृद्धिको बिरोधमा ब्यवसायीहरु आन्दोलनमा नेतृत्वपंक्तिमा नेपाली कांग्रेसको सहभागिता

      7/29/2018 गते 00 00 मा प्रकाशित     1965   पटक पढिएको

बीरगंज १३ साउन । 
करको दरमा गरेको वृद्धिको विरोधमा वीरगन्ज उद्योग वाणिज्य संघले आइतवार वीरगंज महानगरपालिकाको विरुद्धमा नेपाली कांग्रेसको सहयोगमा ब्यवसायीहरुले प्रर्दशन गरेका छन । उनीहरुले वीरगन्ज बजार आधा घण्टा बन्द गरी कर बृद्धिको बिरोध गरे  । ब्यवसायीहरुले निकालेको जुलुसमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसिया लगायतका नेताहरुको सहभागिता रहेको थियो । 

 


घण्टारचोकबाट निस्किएको विरोध ¥यालीले नगर क्षेत्रको परिक्रमा गर्दै महानगरपालिका कार्यालयमा पुगेर मेयर विजय सरावगीलाइ ज्ञापन पत्र पनि बुझाएको छ ।

 

आपूmले लिखित तथा मौखिकरूपमा मेयर विजय सरावगीलाई महानगरले करको दरमा गरेको वृद्धि सम्बन्धमा पुनरावलोकन गर्न सुझाव दिएकोमा बेवास्ता गरिएको भन्दै आन्दोलनमा उत्रन बाध्य भएको वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओम प्रकाश शर्माले बताए  । 


शर्माले करको दरमा पुनरावलोकन नगरिएमा अझ सशक्त आन्दोलनमा जाने  चेतावनी दिए  । यसैबिच उद्योगी व्यपारीहरुको ज्ञापनपत्र बुझ्दै महानगरपालिकाका मेयर सरावगीले स्थानीय सरकारले ल्याएको करको विपषयमा वार्ता गर्न तयार रहेको बताए ।

 

उनले  उद्योग वाणिज्य संघलाई वार्तामा आउन समेत आग्रह गरे । मेयर सरावगीले पहिले आन्दोलन गर्ने र त्यसपछि वार्तामा बस्ने बानी सुधार गर्न आग्रह गर्दै स्थानीय सरकार जहिले पनि जनताको कुरा सुन्न तयार रहेको बताए   ।

 

वीरगन्ज महानगरपालिकामा ज्ञापनपत्र दिन गएका उद्योगी व्यवसायीहरुलाई धन्यवाद दिदै मेयर सरावगीले वार्ता टोली बनाएर वार्तामा बस्न आग्रह गरेका छन । उनले आन्दोलन गरेर जनतालाई दुःख दिनु छ भने आफनो भन्नु केही नरहेको प्रष्ट पारे । 

 


वीरगंज महानगरपालिका कार्यालयले जमीनको मूल्याकंन दर बढाएको छ । यसैमा उधोगी ब्यवसायीको गम्भिर आपत्ती रहेको छ ।  मालपोत कार्यालय र बीरगंज महानगरले गरेको मूल्याकंन दरमा निकै भिन्नता रहेको छ ।

 

 मालपोत कार्यालयले रु.१ करोड ८० लाख मुल्याङ्कन गरेको जग्गाको वीरगञ्ज महानगरपालिका कार्यालयले  रु.६, ७ र ८ करोड मुल्याङ्कन तोकेको छ । नागरिकबाट कर असुल्ने अभिप्रायले  महानगरपालिका कार्यालयले मूल्याकंन बढाएको संघको आरोप छ ।  जनताको सेवामुखी हुनुको सट्टा करमुखी भई जनताको आर्थिक दोहन गर्न खोजेको उद्योग वाणिज्य संघको आरोप छ । 

 


विगतका आर्थिक बर्षमा व्यवसाय करको अधिक्तम सीमा १० हजार रहेको थियो, भने चालु आर्थिक बर्षको लागि सो करको सीमा रु.२ लाख तोकेको छ । होटल व्यवसायमा करको अधिक्तम सीमा  रु.५० हजार रहेको थियो भने हाल रु.१ लाख २५ हजार तोकिएको छ ।

विगतमा स्वास्थ्य सम्बन्धी काम गर्ने क्लिनिक, ल्याब आदिले २ हजार तिर्नुपर्ने शुल्कलाई बढाएर १५ हजारदेखि ५० हजारसम्म कायम गरेको छ । उद्योग व्यापारलाई हानी पुग्ने गरी प्रदुषण एवम सडक सुधार शुल्कको नाममा मालवाहक सवारी साधनमा प्रवेशमा भन्सार विन्दुमा नै असुल गर्ने गरी अति महंगो कर एवम औद्योगिक उत्पादनका वस्तुहरु जस्तै सिमेन्ट, फलामे छड आदिमा समेत कर लगाईएको छ । 

 


विगतमा कवाडीजन्य वस्तुमा लाग्ने गरेको कबाडी कर खारेज भएतापनि वीरगंज महानगरपालिकाले सो कर पुनः लागु गरेको छ । सवारी साधनमा बार्षिक करका साथै ठूला, मझौला सवारी तथा साईकलमा दैनिक तथा समान्य आयश्रोत भएका जनताले उपयोग गर्ने मोटरसाईकलमा पटके पार्किङ्ग शुल्क तोकेको छ ।

 

भने, पर्यटन तथा औद्योगिक विकासमा प्रतिकुल असर पर्ने गरी भारतीय नम्बर प्लेटका सबै सवारी (निजी तथा मालवाहक) सवारी साधनमा प्रति घण्टाको आधारमा पार्किङ शुल्क तोकेको छ । रिक्सा, ई–रिक्साको दर्ता शुल्क समान रहेको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

रबी लामिछाने रिहाईको माँग गर्दै वीरगंजमा हस्ताक्षर अभियान, संयौंको सहभागिता

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले वीरगंजमा हस्ताक्षर संकलन अभियान सांलन गरेको छ ।

त्रिभूवन राजपथ सडकखण्डको भंसार क्षेत्रको अतिक्रमण हटाइयो, गण्डक सम्मै अभियान चलाइने महानगर प्रमुख सिंहको दावी

वीरगंज  । वीरगंजको मुख्य सडक त्रिभुवन राज पथ विस्तार गर्ने बहुप्रतीक्षित अभियान आजबाट सुरु भएको   छ । लामो समयदेखि रोकिएको सडक विस्तार गर्ने काम आजबाट सुरु भएको हो ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.