logo

चाचान ग्रुपको नारायणी सिमेन्टको उत्पादन गुणस्तरहिन, बिभागले लगायो प्रतिवन्ध

      8/10/2018 गते 00 00 मा प्रकाशित     2042   पटक पढिएको

काठमाण्डौं,२५ साउन ।
सिमेन्टमा सरकारले तोकेको आईआर (रासायनिक पदार्थ) मापदण्डभन्दा कम रहेको पुष्टि भएपछि नेपाल गुणस्तर तथा नापतौल विभागले बाराको लिपनीमालमा रहेको नारायणी सिमेन्ट उद्योग प्रालिको त्रिशक्ति र बज्रशक्ति सिमेन्ट उत्पादनमा प्रतिबन्ध लगाएको छ ।

 विभागको बिहीबारको निर्णयअनुसार उक्त सिमेन्ट उद्योगलाई दिइएको गुणस्तर प्रमाण चिह्न (एनएस)को इजाजतपत्र स्थगन गरिएको हो ।

 

 बिभागका महानिर्देशक बिश्वबाबु पुडासैनीले नारायणी सिमेन्ट उद्योगले उत्पादन गर्दै आएको ओपीसी तथा पीपीसी दुवै सिमेन्टले गुणस्तर प्रमाण चिह्नको अनुचित प्रयोग गरेको पुष्टि भएकाले इजाजत पत्र स्थगन गरेको बताए । 

नारायणी सिमेन्टले त्रिशक्ति र बज्रशक्ति सिमेन्ट उत्पादन गर्दै आएको छ । बिभागको यो निर्णय पछि उधोगले बजारमा गएको सिमेन्ट समेत बजारबाट उठाउनु पर्ने छ ।

 

 सिमेन्टमा आईआर मात्रा बढी हुँदा घरले लोड धान्न सक्तैन र घर नै भत्किन्छ । गुणस्तरले तोकेभन्दा आईआर बढी देखिएको कारण त्रिशक्ति र बज्रशक्ति सिमेन्ट प्रयोग गरेर बनाइएका घरलगायतका सबै भौतिक संरचना जोखिममा परेका छन् ।


सिमेन्ट उत्पादकहरुले सधैं खेलबाड गर्दै आएका छन् । नारायणी सिमेन्ट उद्योगले त्रिशक्ति र बज्रशक्ति नामका दुई ब्राण्डका सिमेन्ट प्रतिदिन २१ हजार बोरा उत्पादन गर्दै आएको छ । सो उद्योगले उत्पादन गरेका सिमेन्टहरु मध्यदेखि पूर्वसम्मको तराईको भागमा बढी खपत हुँदै आएको छ ।

त्यसो त मध्य क्षेत्रका काठमाडौं उपत्यकालगायतका स्थानमा पनि त्रिशक्ति र बज्रशक्ति सिमेन्टको राम्रै बजार छ । तर, ती सबै सिमेन्ट गुणस्तरहीन देखिएको छ ।

 

यद्यपि ती सिमेन्टका मालिकहरुले बदमासी गरेर बोरामा एनएस चिह्न भने प्रयोग गरेरै सिमेन्ट बिक्री गरिरहेका छन् । अहिले बजारमा रहेका त्रिशक्ति र बज्रशक्ति सिमेन्ट पूर्णतया गुणस्तरहीन देखिएको छ । नारायणी सिमेन्ट उद्योगले एघार वर्षदेखि सिमेन्ट उत्पादन गर्दै आएको छ ।

 सो सिमेन्ट उद्योगको अध्यक्ष बाबुलाल चाचान हुन् भने प्रबन्धसञ्चालक सतिशकुमार चाचान हुन् । बाबुलाल वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष हुन् ।

 

विभागको बिहीबारकै निर्णयअनुसार चाचानकै स्वामित्मा सोही ठाउँमा रहेको नारायणी माइक्रो पाइप उद्योग प्रालिको पनि इजाजतपत्र स्थगन गरेको छ । उक्त उद्योगले नेपाल गुणस्तर चिह्नविपरीत एचडीपीई पाइपमा सेतो दाना प्रयोग गरेको कारण इजाजत स्थगन गरिएको हो ।


 विभागले रुपन्देहीमा रहेको नवनेपाल प्लाष्टिक प्रालि नामको उद्योगको पनि नेपाल गुणस्तर चिह्नको इजाजतपत्र स्थगन गरेको छ । काठमाडौंमा रहेको ओडट फुड एण्ड बेभरेज प्रालिविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मुद्दा दायर गरेको छ । 


घोराही सिमेन्ट प्रालि दाङले उत्पादन गर्दै आएको सगरमाथा सिमेन्टको उत्पादन र बिक्री पनि बन्द गरिदिएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

स्व.उमा सिंहको स्मृतिमा जनकपुरमा महासंघको आयोजनामा बिभिन्न कार्यक्रम सम्पन्न

जनकपुरधाम । नेपाल पत्रकार महासङ्घ धनुषा शाखाले शहिद पत्रकार उमा सिंहको १७औँ स्मृति दिवसको अवसर पारेर आइतबार पत्रकारहरूको स्वास्थ्य अवस्था र पेशागत सुरक्षासम्बन्धी यथार्थ प्रश्नहरूलाई उजागर गर्ने उद्देश्यसहित दुईवटा महत्वपूर्ण कार्यक्रम सम्पन्न गरेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.