वीरगन्ज १ भदौ । मुलुककै प्रमुख स्थल भन्सार कार्यालय वीरगन्ज/आईसिपीले साउन महिनाको राजस्व लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको छ ।
कार्यालयले आर्थिक वर्षको ०७५/७६ को पहिलो महिनामा १२ अर्व ६१ करोड ८७ लाख ९१ हजार रुपैया राजस्व संकलन गरेको छ । यो महिनामा राजस्व बिभागले दिएको लक्ष्य भन्दा ६० करोड ६३ लाख ८२ हजार बढी संकलन भएको भन्सारका सूचना अधिकारी सन्तोष यादवले बताए ।
भन्सार बिभागले भने १२ अर्व १२ अर्व १करोड २४ लाख ९ हजार रुपैया राजस्व संकलनको लक्ष्य दिएको थियो । चालू आर्थिक बर्षमा वीरगन्ज÷आईसिपी भन्सार कार्यालयले संकलन गरेको राजस्व प्रतिशत भने १०५.०५ रहेको छ ।
गत बर्षको यही अवधिमा भन्सार कार्यालयले राजस्व संकलनको लक्ष्य पूरा गर्न सकेको थिएन ।
तर यस पटक वीरगन्ज÷आईसिपी भन्सार कार्यालयले चालू आर्थिक बर्षको पहिलो महिनामै लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । वीरगन्ज भन्सार कार्यालयले चालू आर्थिक बर्षको पहिलो महिनामा गत आर्थिक बर्ष २०७४/०७५ को यही अवधीमा वीरगन्ज भन्सार कार्यालयले आठ अर्ब ७२ करोड ३१ लाख आठ हजार राजस्व संकलन गरेको थियो । बिभागले दिएको लक्ष्यमा जम्मा ९२.७३ प्रतिशत राजस्व संकलन भएको थियो ।
भन्सार विभागले गत आर्थिक बर्षको यही अवधीको लागि नौ अर्ब, ४० करोड ७४ लाख ७० हजारको लक्ष्य दिएको थियो ।
चालू आर्थिक बर्षमा वीरगन्ज/आईसिपी भन्सार कार्यालयले १०५.०५ प्रशितले संकलन गरेको छ । अघिल्लो आर्थिक बर्षको सोही महिनाको तुलनामा चालू आर्थिक बर्षको राजस्व संकलन ४४.६६ प्रतिशतले वृद्धि भएको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी यादवले बताए ।
संकलित राजस्व मध्य चार अर्ब २६ करोड ३४ लाख ४४ हजार भन्सार महशुलबाट संकलन भएको छ । त्यस्तै मूल्य अभिवृद्धिकर तर्फ पाँच अर्ब ३६ करोड ६६ लाख १७ हजार राजस्व संकलन गरेको छ । अन्तः शुल्कतमा वीरगन्ज भन्सार कार्यालयले दुई अर्ब २५ करोड ७० लाख ४६ हजार राजस्व संकलन भएको छ ।
पूर्वाधार करतर्फ २२ करोड ९२ लाख २४ हजार रुपैंया संकलन गरेको छ । चालू आर्थिक बर्षको पहिलो महिनामै सवारी साधन तथा पेट्रोलियम पदार्थ नै बढी आयात भएकोले राजस्व संकलनमा पनि वृद्धि भएको सूचना अधिकारी यादवको भनाई छ ।
तपाईको प्रतिक्रिया