logo

अशोक लिल्याण्डको दोस्त प्लस वीरगन्जमा सार्वजनिक

      1/16/2019 गते 00 00 मा प्रकाशित     2511   पटक पढिएको


वीरगन्ज, ३ माघ । भारतीय सवारी साधन निर्माण कम्पनी अशोक लिल्याण्डको हलुका सवारी साधन दोस्त प्लस वीरगन्जमा बुधबार सार्वजनिक गरेको छ ।

थोरै परिमाणको सामान ओसार पसार गर्नका लागि उपयुक्त लाईट कमर्सियल भेईकल (एलसीभी) को नयाँ मोडेलको नेपाल यातायात व्यवसायी महासंघका प्रदेश नम्बर २ का अध्यक्ष जगरनाथ प्रसाद कलवार र अशोक लिल्याण्ड कम्पनीका सर्भिस हेड एवं उत्पादन प्रमुख तथा नेपाल प्रतिनिधि विप्लव पउलले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

नेपालमा भएका हलुका सवारी साधनहरु मध्य अहिले आएको यो दोस्त प्लस अन्यको दाँजोमा सबैभन्दा बढी भारवहन क्षमता भएको सवारी साधन रहेको सवारी साधन रहेको एलसीभी प्रोडक्ट इन्चार्ज प्रभात विक्रम विष्टले दावी गरे ।

१५ इन्च टायरको आकार रहेको दोस्त प्लस पहिलो पटक खरिद गर्ने ग्राहकहरुको लागि दुईबर्ष ६ महिना सम्म वा एक लाख किलोमिटर सम्मको समयावधीमा मर्मतमा लाग्ने सम्पूर्ण खर्च निःशुल्क साथै क्यासलेस इन्स्युरेन्सको व्यवस्था पनि भएको आईएमई अटोमोबाईल्सका वीरगन्ज शाखाका प्रमुख बाबुराम शर्माले जानकारी दिए ।

६० हर्जपावरको इञ्जिन क्षमता रहेको दोस्त प्लसमा झण्डै १४ क्वीण्टल सम्म लोड बोक्न सक्ने र यसको बजार मूल्य २० लाख ४० हजार रहेको छ । दोस्त प्लस हलुका सवारी साधन खरिद गर्ने ग्राहकहरुलाई सर्भिस र स्पेयर्स पार्ट्सको कुनै चिन्ता नहने पनि उनले विश्वास दिलाए । दोस्त प्लस सार्वजनिक गरेकै दिन वीरगन्जबाट तीनवटा गाडी बुकिङ भएको र एउटा विक्री भएको छ ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

गहवा माई रथ यात्रामा लायन्स क्लबको सेवाभाव, हजारौं श्रद्धालुलाई निःशुल्क खानेपानी वितरण

वीरगञ्ज । गहवा माईको ऐतिहासिक रथ यात्राका अवसरमा लायन्स क्लब अफ वीरगञ्ज, लायन्स क्लब अफ वीरगञ्ज विजयपथ, लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमी र लायन्स क्लब अफ वीरगञ्ज जय गहवा माईले श्रद्धालु भक्तजनप्रति सेवाभाव प्रस्तुत गर्दै संयुक्तरूपमा हजारौं भक्तजनलाई निःशुल्क खानेपानी वितरण गरेका छन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.