logo

एक अर्व लगानीको दियालो लडर्स प्लाजा पूर्व प्रमद्वारा उद्धघाटन

      2/20/2019 गते 00 00 मा प्रकाशित     1908   पटक पढिएको

बीरगंज ८ फाल्गुण । 
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमंत्री शेर बहादुर देउवाले ०४८ सालमा आफनै पार्टीले उदारीकरणको नीति ल्याएर मुलुकको बिकास र समृद्धिको बाटोे खोलेको बताउनु भएको छ ।

बीरगंजमा १ अर्वको लागतमा निर्माण भएको होटेल दियालो लडर्स प्लाजाको बुधवार एक बिशेष समारोहमा  उद्धघाटन गर्दै पूर्व प्रम देउवाले सरकारले आफै सबै काम गर्ने होइन भन्दै निजी क्षेत्रलाई आर्थिक बिकासको अभियानमा महत्वपूर्ण अवसर दिनु पर्ने बताउनु भयो ।

बीरगंज नेपालको महत्पूर्ण स्थान भएको र बीरगंजमा भित्रिएको लागनीले अर्थ राख्ने उहाँले बताउनु भयो । उहाँले एक फरक प्रसंगमा प्रदेश ३ का मुख्यमंत्रीलाई आफूहरु सरकारमा बस्ने अनि सबै कांग्रेसले गरिदिनु प¥यो भनेर भन्न नमिल्ने बताउनु भयो ।

मुख्यमंत्री लालबाबु राउतले कार्यक्रममा नेपाली कांग्रेसले पतिपक्षीय भूमिका निर्वाह गरेर आन्तरिक सुरक्षा र संघीय प्रहरी ऐन सम्बन्धी भएका ब्यवस्था खारेज गराउन माग गर्नु भएको थियो ।

बीरगंजमा १ अर्वको लागतमा निर्माणको भएको होटेलमा स्वीमीङ पूल आधुनिक सभाहलहरु रेष्टुरन्ट ६० वटा कोठा रहेको होटेलका संचालक सम्बिधान सभाका सदस्य उधोगपति अनिल रुङगटाले बताउनु भयो । 


अनिल रुङ्गटाको सभापतित्वमा आयोजित उद्घाटन कार्यक्रममा २ नं. प्रदेशका मुख्यमंत्री लालबाबु राउत गदी , नेपाली काग्रेसका सह(महामनत्री डा.प्रकाशशरण महत, केन्द्रीय सदस्य रमेश रिजाल, फरमुल्लाह असारी, प्रदीप गिरि,अजय कुमार चौरसिया  नेपाली काग्रेस पर्साका सभापती अजय द्धिवेदीलगायतको उपस्थिति रहेको थियो ।

 

होटल संचालनको लागि तयारी अवस्थामा रहेको भएपनि मई देखी होटेल संचालनमा आउने  संचालक अनिल रुङगटाले वताउनु भयो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजको मुख्य सडक विस्तारमा  प्रभावितलाई सहुलियत, सेडब्याकमा पुनर्विचार, नक्सापासमा छुट

वीरगंज । वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिद तथा अन्य धार्मिक संरचना यथास्थानमै रहने गरी सडक निर्माणको काम अघि बढाइने वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताएका छन ।

रसुवा बाढीमा बेपत्ता वीरगंजका ६ नागरिकको खोजी तीव्र बनाउन पूर्वमन्त्री यादवको मांग

वीरगंज । रसुवा बाढीमा परी बेपत्ता भएका वीरगंज महानगरपालिका वडा नं. २२, जगरनाथपुरका ६ जना नागरिकको अवस्था अझै अज्ञात रहेपछि पीडित परिवारको पीडा झनै गहिरिँदै गएको छ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.