logo

२१ करोडको लागतमा निर्माण हुने शित भण्डारको कृषिमंत्री साहले गरे शिलान्यास

      3/8/2019 गते 00 00 मा प्रकाशित     1975   पटक पढिएको

वीरगंज, २४ फागुन ।
प्रदेश नम्बर २ को पहिलो शीत भण्डारको  प्रदेश नं २का भूमी ब्यवस्था कृषि तथा सहकारी मंत्री शैलेन्द्र साहले शिलान्यास गरेका छन ।

बीरगंज महानगरको वडा नं २६ सुगौलीमा  एक बिशेष कार्यक्रमकका वीच मंत्री साहले शित भण्डारको शिलान्यास गरेका हुन स प्रदेश सरकारको ८० प्रतिशत र निजी क्षेत्रको २० प्रतिशतको लागतमा निर्माण हुन लागेको शित भण्डार पर्साका किसानकालागि उपयोगी हुने बिश्वास गरिएको छ ।

 


 शीत भण्डार गृह अबको एक वर्ष भित्र सञ्चालनमा आउनेछ । प्रदेश २ को पर्सा जिल्लामा हालसम्म एउटा पनि शीत भण्डार छैन । वीरगन्जमा निर्माण सुरु भएको यो शीत भण्डार अत्याधुनिक हुने बताइएको छ ।  यस क्षेत्रमा उत्पादन भएका तरकारी, फलफूल र जडिबुटी भण्डारण  गर्न सहज हुने अपेक्षा गरिएको छ ।

 

वीरगन्ज शिवम् एग्रो इण्डष्ट्रिज प्रा.लि.का संचालक शिव जी कलवारले  शीत भण्डारण निर्माणको काम बेलैमा सम्पन्न गरिने बताए ।  

भण्डारणका शिलान्यास गर्दै मंत्री साहले शित  भण्डार सञ्चालनमा आएपछि यहाँका किसान लाभान्वित हुने र यसले उनीहरूको आर्थिक क्षमतामा वृद्धि हुने बताए । कार्यक्रममा यस्तै पर्सा क्षेत्र नं .१ का सासद प्रदिप यादवले शीत भण्डार  सञ्चालनमा आए किसानको उत्पादनले मूल्य पाउने बताए ।

 

त्यस्तै प्रदेश सभाका सदस्य प्रहलाद गिरीले आत्मनिर्भर अर्थतन्त्रकोलागि कृषिको बिकास अनिवार्य रहेको बताए । उनले कृषिको बिकासकालागि यन्त्रीकरणको उपयोग र जमीनको चक्लाबन्दी अनविार्य रहेको बताए । उनले प्रदेश सरकारले जमीनको चक्लाबन्दी र ब्यवसायीक कृषि बिकासमा ध्यान दिनु पर्नेमा जोड दिए ।

 

प्रदेश सभाका सदस्य सिहासन कलवार  कार्यक्रममा बीरगंज उधोग वाणिज्य संघका कार्यवाहक अध्यक्ष सुवोध गुप्ता नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहान लगायतले मन्तब्य ब्यक्त गरेका थिए । 

 


१ बिगाह ११ कठ्ठा जमीनमा २१ करोड ९१ लाखको लागतमा शित भण्डार निर्माण हुने शिवम एग्रोका अध्यक्ष शिवजी कलवारले बताए । ६ कठ्ठामा शित भण्डारको संरचना निर्माण हुने गरिय योजना बनाइएको छ । ५ वटा च्याम्बर शित भण्डारमा निर्माण हुने छ । त्यसमा एकै पटकमा  आलु १६ सय ६० मेट्रिक टन ,खाद्यबस्तु २४ सय ५० मेट्रिक टन ,तरकारी २ सय मेट्रिक टन ,लसुन र प्याज २ सय मेट्रिक टन भण्डारण गर्न  सकिने छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.