logo

२१ करोडको लागतमा निर्माण हुने शित भण्डारको कृषिमंत्री साहले गरे शिलान्यास

      3/8/2019 गते 00 00 मा प्रकाशित     2173   पटक पढिएको

वीरगंज, २४ फागुन ।
प्रदेश नम्बर २ को पहिलो शीत भण्डारको  प्रदेश नं २का भूमी ब्यवस्था कृषि तथा सहकारी मंत्री शैलेन्द्र साहले शिलान्यास गरेका छन ।

बीरगंज महानगरको वडा नं २६ सुगौलीमा  एक बिशेष कार्यक्रमकका वीच मंत्री साहले शित भण्डारको शिलान्यास गरेका हुन स प्रदेश सरकारको ८० प्रतिशत र निजी क्षेत्रको २० प्रतिशतको लागतमा निर्माण हुन लागेको शित भण्डार पर्साका किसानकालागि उपयोगी हुने बिश्वास गरिएको छ ।

 


 शीत भण्डार गृह अबको एक वर्ष भित्र सञ्चालनमा आउनेछ । प्रदेश २ को पर्सा जिल्लामा हालसम्म एउटा पनि शीत भण्डार छैन । वीरगन्जमा निर्माण सुरु भएको यो शीत भण्डार अत्याधुनिक हुने बताइएको छ ।  यस क्षेत्रमा उत्पादन भएका तरकारी, फलफूल र जडिबुटी भण्डारण  गर्न सहज हुने अपेक्षा गरिएको छ ।

 

वीरगन्ज शिवम् एग्रो इण्डष्ट्रिज प्रा.लि.का संचालक शिव जी कलवारले  शीत भण्डारण निर्माणको काम बेलैमा सम्पन्न गरिने बताए ।  

भण्डारणका शिलान्यास गर्दै मंत्री साहले शित  भण्डार सञ्चालनमा आएपछि यहाँका किसान लाभान्वित हुने र यसले उनीहरूको आर्थिक क्षमतामा वृद्धि हुने बताए । कार्यक्रममा यस्तै पर्सा क्षेत्र नं .१ का सासद प्रदिप यादवले शीत भण्डार  सञ्चालनमा आए किसानको उत्पादनले मूल्य पाउने बताए ।

 

त्यस्तै प्रदेश सभाका सदस्य प्रहलाद गिरीले आत्मनिर्भर अर्थतन्त्रकोलागि कृषिको बिकास अनिवार्य रहेको बताए । उनले कृषिको बिकासकालागि यन्त्रीकरणको उपयोग र जमीनको चक्लाबन्दी अनविार्य रहेको बताए । उनले प्रदेश सरकारले जमीनको चक्लाबन्दी र ब्यवसायीक कृषि बिकासमा ध्यान दिनु पर्नेमा जोड दिए ।

 

प्रदेश सभाका सदस्य सिहासन कलवार  कार्यक्रममा बीरगंज उधोग वाणिज्य संघका कार्यवाहक अध्यक्ष सुवोध गुप्ता नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहान लगायतले मन्तब्य ब्यक्त गरेका थिए । 

 


१ बिगाह ११ कठ्ठा जमीनमा २१ करोड ९१ लाखको लागतमा शित भण्डार निर्माण हुने शिवम एग्रोका अध्यक्ष शिवजी कलवारले बताए । ६ कठ्ठामा शित भण्डारको संरचना निर्माण हुने गरिय योजना बनाइएको छ । ५ वटा च्याम्बर शित भण्डारमा निर्माण हुने छ । त्यसमा एकै पटकमा  आलु १६ सय ६० मेट्रिक टन ,खाद्यबस्तु २४ सय ५० मेट्रिक टन ,तरकारी २ सय मेट्रिक टन ,लसुन र प्याज २ सय मेट्रिक टन भण्डारण गर्न  सकिने छ । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजको मुख्य सडक विस्तारमा  प्रभावितलाई सहुलियत, सेडब्याकमा पुनर्विचार, नक्सापासमा छुट

वीरगंज । वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिद तथा अन्य धार्मिक संरचना यथास्थानमै रहने गरी सडक निर्माणको काम अघि बढाइने वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताएका छन ।

रसुवा बाढीमा बेपत्ता वीरगंजका ६ नागरिकको खोजी तीव्र बनाउन पूर्वमन्त्री यादवको मांग

वीरगंज । रसुवा बाढीमा परी बेपत्ता भएका वीरगंज महानगरपालिका वडा नं. २२, जगरनाथपुरका ६ जना नागरिकको अवस्था अझै अज्ञात रहेपछि पीडित परिवारको पीडा झनै गहिरिँदै गएको छ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.