logo

अन्तशुल्क स्टिकरमा हिनामिना गर्ने कलवार दाजुभाई धरौटी तीर्न नसकेपछि कारागार चलान

      9/12/2019 गते 00 00 मा प्रकाशित     2707   पटक पढिएको

बीरगंज २६ भदौ । मदिरा उद्योगले प्रयोग गर्ने अन्तःशुल्कको स्टिकर हिनामिना गरेर दोषी ठहर भई माग गरेको धरौटी बुझाउन नसक्दा दुईजना उद्योगी कारागार चलान भएका छन् ।

 

उदयपुर डिष्टिलरी प्रालिका संचालक ओमप्रकाश कलवार र जयश्री धौलागिरी डिष्टिलरीका संचालक शम्भुशरण कलवार कार्यालयले तोकेको ११ करोड ६५ लाख नौ हजार एकसय ३२ रुपैंया धरौटी रकम बुझाउन नसक्दा बिहीबार कारागार चलान भएका हुन । वीरगन्जको रामगढवामा रहेको उदयपुर डिष्टिलरी प्रालिले २०७१/०७२ देखि २०७५/०७६ सम्म ३६ लाख ६९ हजार ७ सय ४२ थान अन्तःशुल्कको स्टिकर लगेर उत्पादनमा खपत भएको कागजमा देखाएपनि स्थलगत रुपमा गरिएको भौतिक परिक्षणमा खर्च नगरी हिनामिना गरेको पाईएको छ ।

 

त्यस्तै पर्साको पोखरिया नगरपालिकामा जयश्री धौलागिरी डिष्टिलरीको नाममा दर्ता रहेको उद्योगले दुईवटा उद्योगहरुले २०७४÷०७५ देखि २०७५/०७६ सम्ममा आन्तरिक राजस्व कार्यालयबाट खरिद गरेर लगेको अन्तःशुल्क स्टिकरहरु मध्य ७ लाख ४५ हजार ६ सय १५ थान स्टिकर हिनामामिना गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

 

दुवै उद्योगले उत्पादनमा खपत भएको प्रमाण पेश गरेको भएपनि कार्यालयले स्थगलत रुपमा गरिएको भौतिक परिक्षण गणनामा मौज्दात पनि नदेखिएकोले आन्तरिक राजस्व कार्यालय वीरगन्जका प्रमुख गोपिकृष्ण कोईरालाको आदेशमा उदयपुर डिष्टिलरीका संचालक ओमप्रकाश कलवारलाई २६ करोड १६ लाख ७९ हजार ८ सय ४७ र जयश्री धौलागिरी डिष्टिलरीका संचालक शम्भुशरण प्रसाद कलवारलाई ५ करोड ४८ लाख २९ हजार २ सय ८५ रुपैंया धरौटी माग गरिएकोमा धरौटी नबुझाएपछि दुवैजनालाई कारागार चलान गरेको आन्तरिक राजस्व कार्यालय वीरगन्जका प्रमुख गोपिकृष्ण कोईरालाले बताए । उनले भने, “झण्डै ४/५ महिनाको अनुसन्धानपछि यो तथ्य फेला प¥यो ।

 

१५/२० दिन अगाडि नै यति धरौटी माग गर्नुपर्ने देखिएको थियो । उहाँहरुलाई धरौटीको रकम बुझाउन भन्दा भन्दै पनि बुझाउन नसकेपछि कारागार पठाउनुप¥यो ।” कार्यालय प्रमुख कोईरालाका अनुसार माग गरिएको धरौटी रकमको लागि १५/२० दिनदेखि ताकेता गर्दा पनि बुधबार सम्ममा जम्मा ३ करोड मात्रै धरौटी रकम संकलन भएको बताएपछि बिहीबार उनीहरु दुवैजनालाई कारागार चलान गरेको हो ।

 

आन्तरिक राजस्व कार्यालय वीरगन्जमा यति धेरै धरौटी माग गरी बुझाउन नसकेकालाई कारागार चलान गरेको पहिलो घटना हो । यसअघि नक्कली अन्तःशुल्क प्रकरणमा ५४ करोड हिनामिनामा ८ जना कारवाहीमा परेका थिए । कार्यालय प्रमुख कोईरालाले भने, “सक्कली अन्तःशुल्क नै हिनामिना गरेर यति धेरै विगो धरौटी स्वरुप बुझाउनु पर्ने घटना सम्भवतः वीरगन्जको पहिलो हो । यसअघि ५४ करोड हिनामिनामा नक्कली स्टिकरमा धेरैजना कारवाहीमा परेका थिए ।कारागार चलान गरिएका कलवारद्वय बीरगंजको श्रीराम चलचित्र मन्दीरका संचालक हुन । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजको मुख्य सडक विस्तारमा  प्रभावितलाई सहुलियत, सेडब्याकमा पुनर्विचार, नक्सापासमा छुट

वीरगंज । वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिद तथा अन्य धार्मिक संरचना यथास्थानमै रहने गरी सडक निर्माणको काम अघि बढाइने वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताएका छन ।

रसुवा बाढीमा बेपत्ता वीरगंजका ६ नागरिकको खोजी तीव्र बनाउन पूर्वमन्त्री यादवको मांग

वीरगंज । रसुवा बाढीमा परी बेपत्ता भएका वीरगंज महानगरपालिका वडा नं. २२, जगरनाथपुरका ६ जना नागरिकको अवस्था अझै अज्ञात रहेपछि पीडित परिवारको पीडा झनै गहिरिँदै गएको छ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.