logo

अन्तशुल्क हिनामिना गरेकाहरु कारागार पुगे लगतै अव भ्याट छल्नेको पालो

      9/18/2019 गते 00 00 मा प्रकाशित     1664   पटक पढिएको

बीरगंज १ असोज ।  अन्तःशुल्कको स्टिकर हिनामिना गरेर दोषी ठहर भई माग गरेको धरौटी बुझाउन नसक्दा दुईजना उद्योगी कारागार चलान भएको हप्ता बितेको छ ।

 

अव मूल्यअभिबृद्धि कर (भ्याट) छलीको आरोपमा अन्य एक जना ब्यापारी पनि कारगारको हावा खान जाने भएका छन । 
कारोवार गरेर नक्कली भ्याट बिल बनाई भ्याट छली गरेकोले ति ब्यापारी कारागार जाने भएका हुन ।

 

उनले लाखौ रुपैया भ्याट छलेका छन स्रोतल े भन्छ धरौटी रकम राख्ने सक्ने अवस्था नरहेकोले उनी पनि भ्याट छलीमा कारागार जाने निश्ति छ । उनी कारागार  गए भने भ्याट छलेकै कारण ब्यवसायी कारागार गएको पहिलो घटना बीरगंजमा हुनेछ ।

 
लामो समय देखी कारोवार गर्दै आएपनि भ्याट नतिर्ने र नक्कली भ्याटवील पेश गरेर राजस्व नै मार्ने काम गर्दै आएका ति ब्यवसायीले “सेटीङ”कालागि पनि अनेक प्रयास गरे  । तर उनले त्यसमा पनि सफलता पाउन सकेनन । 
 
गएको साता उदयपुर डिष्टिलरी प्रालिका संचालक ओमप्रकाश कलवार र जयश्री धौलागिरी डिष्टिलरीका संचालक शम्भुशरण कलवार आन्तरिक राजस्व कार्यालय बीरगंजले तोकेको ११ करोड ६५ लाख नौ हजार एकसय ३२ रुपैंया धरौटी रकम बुझाउन नसक्दा  कारागार चलान भएका हुन ।

 

वीरगन्जको रामगढवामा रहेको उदयपुर डिष्टिलरी प्रालिले २०७१र०७२ देखि २०७५र०७६ सम्म ३६ लाख ६९ हजार ७ सय ४२ थान अन्तःशुल्कको स्टिकर लगेर उत्पादनमा खपत भएको कागजमा देखाएपनि स्थलगत रुपमा गरिएको भौतिक परिक्षणमा खर्च नगरी हिनामिना गरेको पाईएको हो  ।


आन्तरिक राजस्व कार्यालय वीरगन्जले करोडौ रुपैया धरौटी माग गरी बुझाउन नसकेकालाई कारागार चलान गरेको पहिलो घटना हो । यसअघि नक्कली अन्तःशुल्क प्रकरणमा ५४ करोड हिनामिनामा ८ जना कारवाहीमा परेका थिए ।

 

कार्यालय प्रमुख कोईरालाले भने, “सक्कली अन्तःशुल्क नै हिनामिना गरेर यति धेरै विगो धरौटी स्वरुप बुझाउनु पर्ने घटना सम्भवतः वीरगन्जको पहिलो हो । यसअघि ५४ करोड हिनामिनामा नक्कली स्टिकरमा धेरैजना कारवाहीमा परेका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

गहवा माई रथ यात्रामा लायन्स क्लबको सेवाभाव, हजारौं श्रद्धालुलाई निःशुल्क खानेपानी वितरण

वीरगञ्ज । गहवा माईको ऐतिहासिक रथ यात्राका अवसरमा लायन्स क्लब अफ वीरगञ्ज, लायन्स क्लब अफ वीरगञ्ज विजयपथ, लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमी र लायन्स क्लब अफ वीरगञ्ज जय गहवा माईले श्रद्धालु भक्तजनप्रति सेवाभाव प्रस्तुत गर्दै संयुक्तरूपमा हजारौं भक्तजनलाई निःशुल्क खानेपानी वितरण गरेका छन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.