logo

 सिटिजन्स बैंकमा संचालकहरुको भत्ता र सुविधा बढाउने प्रस्तावमा शेयरधनीको लगाम

      9/27/2019 गते 00 00 मा प्रकाशित     1222   पटक पढिएको

काठमाण्डौ १० असोज ।
 सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शुक्रबार आफ्नो १३ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
डिल्लीबजारको अमृतभोग पार्टी प्यालेसमा  भएको साधारणसभामा शेयरधनीहरुले सुरुवातदेखि नै बोल्ने क्रममा संचालक समितिबाट प्रस्तावित प्रस्तावहरु माथि असुन्तुष्टि राख्दै आएका थिए । मूलत एनआइसी एशियासँग साधारणसभा जुधाएको, संस्थापक र सर्वसाधारणलाई लाभांश वितरणमा भेदभाव गरेको र संचालकहरुले भारी मात्रमा आफ्नो पारिश्रमिक बृद्धिको प्रस्ताव गरेकोमा आक्रोस पोखेका थिए ।


प्रस्तावहरु पारित गर्नेक्रममा अरु प्रस्तावहरु सजिलै पारित भएतापनि साधारणसभामा संचालक समितिले प्रस्ताव गरेको  संचालकको पारिश्रमिक, भत्ता र सुविधाको प्रस्ताव  उठ्नासाथ विरोध सुरु भएको थियो । प्रस्तावहरु पारित गर्नेक्रममा जब संचालक समितिका अध्यक्ष डा शंकर प्रसाद शर्माले विशेष प्रस्तावहरु अन्तरगतको बुद्धा नं ३ को  ९ख–१० प्रस्ताव पारितको लागि प्रस्ताव गरेसँगै सभाहलमा उपस्थित ठूलो संख्यामा शेयरधनीले होहाल्ला गर्दै यो प्रस्ताव आजको सभाले पारित हुन नसक्ने भन्दै आफ्नो कुर्सीबाट उठ्न थाले ।


यसै क्रममा कार्यकारी अध्यक्षले अरु बैंकको तुलनामा सिटिजन्स बैंकको संचालकहरुको पारिश्रमिक  र सुविधा निकै कम रहेको र यो प्रस्तावित सुविधाहरु आफूलाई नभएर आउने नयाँ संचालक समितिको लागि भएको र यस प्रस्तावलाई पारित गर्न शेयरधनीहरुलाई आग्रह गरे ।तर, सभामा उपस्थित शेयरधनीले त्यो प्रस्तावलाई मानेन् । 


त्यसपछि अध्यक्ष शर्माले संचालक समितिको  पारिश्रमिक भत्ता र सुविधा १ वर्षपछि स्वत स् प्रस्तावित अनुसार नै हुने प्रस्ताव सभामा गरेपछि फेरी एकपटक शेयरधनीले जोडदाररुपमा विरोध गरे । अन्तत स् अध्यक्ष गले र प्रस्ताव पारित हुन सकेन ।

 

त्यसको लागि अध्यक्षले सभालाई धन्यवाद दिए, र सभाहलमा ठूलो ताली बज्यो ।
प्रस्तावित संचालकहरुको पारिश्रमिक भत्ता र सुविधामा संचालक समिति तथा उप समितिको बैठकमा उपस्थित भए वापत अध्यक्षले साबिकको व्यवस्थामा १३ हजार  र संचालक सदस्यहरुले पाउने ११ हजार भत्ता रहेको र साधारणसभाबाट उक्त सुविधालाई ६० प्रतिशत बृद्धि गर्दै अध्यक्षले बैठक भत्ता २० हजार र अरु संचालकहरुले १८ हजार प्रतिबैठकले पुर्याउने प्रस्ताव गरिएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

रबी लामिछाने रिहाईको माँग गर्दै वीरगंजमा हस्ताक्षर अभियान, संयौंको सहभागिता

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले वीरगंजमा हस्ताक्षर संकलन अभियान सांलन गरेको छ ।

त्रिभूवन राजपथ सडकखण्डको भंसार क्षेत्रको अतिक्रमण हटाइयो, गण्डक सम्मै अभियान चलाइने महानगर प्रमुख सिंहको दावी

वीरगंज  । वीरगंजको मुख्य सडक त्रिभुवन राज पथ विस्तार गर्ने बहुप्रतीक्षित अभियान आजबाट सुरु भएको   छ । लामो समयदेखि रोकिएको सडक विस्तार गर्ने काम आजबाट सुरु भएको हो ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.