logo

 सिटिजन्स बैंकमा संचालकहरुको भत्ता र सुविधा बढाउने प्रस्तावमा शेयरधनीको लगाम

      9/27/2019 गते 00 00 मा प्रकाशित     1448   पटक पढिएको

काठमाण्डौ १० असोज ।
 सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शुक्रबार आफ्नो १३ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
डिल्लीबजारको अमृतभोग पार्टी प्यालेसमा  भएको साधारणसभामा शेयरधनीहरुले सुरुवातदेखि नै बोल्ने क्रममा संचालक समितिबाट प्रस्तावित प्रस्तावहरु माथि असुन्तुष्टि राख्दै आएका थिए । मूलत एनआइसी एशियासँग साधारणसभा जुधाएको, संस्थापक र सर्वसाधारणलाई लाभांश वितरणमा भेदभाव गरेको र संचालकहरुले भारी मात्रमा आफ्नो पारिश्रमिक बृद्धिको प्रस्ताव गरेकोमा आक्रोस पोखेका थिए ।


प्रस्तावहरु पारित गर्नेक्रममा अरु प्रस्तावहरु सजिलै पारित भएतापनि साधारणसभामा संचालक समितिले प्रस्ताव गरेको  संचालकको पारिश्रमिक, भत्ता र सुविधाको प्रस्ताव  उठ्नासाथ विरोध सुरु भएको थियो । प्रस्तावहरु पारित गर्नेक्रममा जब संचालक समितिका अध्यक्ष डा शंकर प्रसाद शर्माले विशेष प्रस्तावहरु अन्तरगतको बुद्धा नं ३ को  ९ख–१० प्रस्ताव पारितको लागि प्रस्ताव गरेसँगै सभाहलमा उपस्थित ठूलो संख्यामा शेयरधनीले होहाल्ला गर्दै यो प्रस्ताव आजको सभाले पारित हुन नसक्ने भन्दै आफ्नो कुर्सीबाट उठ्न थाले ।


यसै क्रममा कार्यकारी अध्यक्षले अरु बैंकको तुलनामा सिटिजन्स बैंकको संचालकहरुको पारिश्रमिक  र सुविधा निकै कम रहेको र यो प्रस्तावित सुविधाहरु आफूलाई नभएर आउने नयाँ संचालक समितिको लागि भएको र यस प्रस्तावलाई पारित गर्न शेयरधनीहरुलाई आग्रह गरे ।तर, सभामा उपस्थित शेयरधनीले त्यो प्रस्तावलाई मानेन् । 


त्यसपछि अध्यक्ष शर्माले संचालक समितिको  पारिश्रमिक भत्ता र सुविधा १ वर्षपछि स्वत स् प्रस्तावित अनुसार नै हुने प्रस्ताव सभामा गरेपछि फेरी एकपटक शेयरधनीले जोडदाररुपमा विरोध गरे । अन्तत स् अध्यक्ष गले र प्रस्ताव पारित हुन सकेन ।

 

त्यसको लागि अध्यक्षले सभालाई धन्यवाद दिए, र सभाहलमा ठूलो ताली बज्यो ।
प्रस्तावित संचालकहरुको पारिश्रमिक भत्ता र सुविधामा संचालक समिति तथा उप समितिको बैठकमा उपस्थित भए वापत अध्यक्षले साबिकको व्यवस्थामा १३ हजार  र संचालक सदस्यहरुले पाउने ११ हजार भत्ता रहेको र साधारणसभाबाट उक्त सुविधालाई ६० प्रतिशत बृद्धि गर्दै अध्यक्षले बैठक भत्ता २० हजार र अरु संचालकहरुले १८ हजार प्रतिबैठकले पुर्याउने प्रस्ताव गरिएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

गहवा माई रथ यात्रामा लायन्स क्लबको सेवाभाव, हजारौं श्रद्धालुलाई निःशुल्क खानेपानी वितरण

वीरगञ्ज । गहवा माईको ऐतिहासिक रथ यात्राका अवसरमा लायन्स क्लब अफ वीरगञ्ज, लायन्स क्लब अफ वीरगञ्ज विजयपथ, लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमी र लायन्स क्लब अफ वीरगञ्ज जय गहवा माईले श्रद्धालु भक्तजनप्रति सेवाभाव प्रस्तुत गर्दै संयुक्तरूपमा हजारौं भक्तजनलाई निःशुल्क खानेपानी वितरण गरेका छन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.