बीरगंज १४ असोज ।
हुण्डी कारोवारमा संलग्न रहेको आरोपमा प्रहरीले हिजो राती बीरगंजमा दुई जनालाई नगद सहित फक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बिर्ताको टोलीले नियमित चेबकचाँजकोे क्रममा बीरगंजको नारायणी अस्पताल अगाडिबाट १२ लाख ४ हजार ५ सय नेपाली रुपैया सहित बाबु छोरालाई पक्राउ गरेका हो ।
पक्राउ पर्नेमा बीरगंज महानगरपालिका वडा नं १६ नगवाका आवाश अली र उनको छोरा अस्ताक आलम रहेका छन । आवाश अलीले चढेको ना.४९ प ६८२४ नं र छोरा आवाशले चढेको ना. ५७ प ३०६ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनीहरुको साथबाट बरामद भएको रकमको स्रोत खुलाउन नसकेको भन्दै प्रहरी हुण्डी कारोवारी हुन सक्ने आशंकमा उनीहरुलाई पक्राउ गरि अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी अनन्त राम शर्माले जानकारी दिनु भयो ।
तपाईको प्रतिक्रिया