logo

सत्तासहकार्य परित्याग गर्दै उपेन्द्रले दिए राजीनामा ,सहमतीबाट नेकपा पछि हटेको आरोप

      12/24/2019 गते 00 00 मा प्रकाशित     1254   पटक पढिएको

काठमाण्डौ ८ पुष । 
१८ महिना १० दिनमा सत्ता सहकार्य परित्याग गरेर समाजवादी पार्टीले सरकार परित्याग गरेको छ । पार्टीका तर्फबाट सरकारमा नेतृत्व गरिरहेका पार्टी अध्यक्ष उपेन्द्र यादवले आज आफनो पदबाट राजीनामा दिएर सत्ता सहकार्यमा पूर्ण बिराम लगाउनु भएको हो ।


हिजो भएको मंत्रीपरिषद बैठकमा कानून तथा उप्रधानमंत्री यादवले  संविधान संशोधन प्रस्ताव  पेश गर्ने प्रयास असफल भएपछि समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको हो ।

त्यसको भोलिपल्ट उपप्रधानमन्त्री तथा कानूनमन्त्री उपेन्द्र यादव र सहरी विकासमन्त्री मो.इस्तियाक राइले पदबाट राजीनामा दिएका छन् ।

पार्टी अध्यक्षसमेत रहेका यादवले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै राजीनामा पत्रमा संविधान संशोधन प्रस्ताव अस्वीकार गरेर सरकार दुईबुँदे सहमतिबाट पछि हटेको उल्लेख गर्नुभएको छ।


ओली सरकारमा रहेका उपप्रधान एवं कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री उपेन्द्र यादव र शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले केहीबेर अघि राजिनामा दिएका हुन्।

संविधान संशोधनका लागि आवश्यक गृहकार्य गर्न सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा विज्ञ टोली बनाउने प्रस्ताव अस्वीकृत भएको र २०७५ जेठ १४ गते भएको दुई बुँदे सहमति पालना गराउन वर्तमान नेकपा पछि हटेपछि मन्त्रीपदबाट राजिनामा दिएको यादवले राजीनामा पत्रमा उल्लेख गर्नु भएको छ ।

पत्रमा भनिएको छ,“सहमतिलाई एकतर्फी रुपमा तोडेको प्रष्ट भएकाले नैतिकताको आधारमा सरकारमा बसिरहन औचित्य नभएको हुँदा आजकै मितिबाट लागू हुने गरी उपप्रधानमन्त्री एवं कानूनमन्त्री पदबाट राजीनामा दिएको व्यहोरा अनुरोध छ ।’

 

यादवले सम्बिधान सशोधनको प्रस्ताव अगाडि सारेर राजीनामा दिन आधार तयार गरेपछि राजीनामाको मुल कारण भने पछिल्लो समयमा बिकसित राजनीतिक घटनाक्रम रहेको बिश्लेषकहरुको ठम्याई छ ।  नेकपा र राजपावीच बिकास भएको गठबन्धनले अप्ठायारोमा परेका यादवले सम्बिधान संशोधनको प्रस्ताव अगाडि सारेर सरकारबाट बाहरिने मार्ग खोजेको कतिपयको तर्क रहेको छ । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

ट्रयाक्टरको तेल टंयाकीमा ब्राउन सुगर,दुई भारतीय पक्राउ

बारा ।भारतको पूर्वी चम्पारणस्थित शिवनगर इनर्वा पंचायत वडा नम्बर( २ का ३० वर्षीय टुटु कुमार र ३२ वर्षीय टुटु अंसारीलाई बारा प्रहरीले पक्राउ गरेको छ।

पर्सागढीका तीन जना लागु औषध गाँजा सहित पक्राउ

वीरगंज । पर्साको पर्सागढी नगरपालिका वडा नं.३ झबराहाका २९ वर्षिय पंचलाल माझी,२१ वर्षिय मुकेश माझी र ४४ वर्षिय सुनिल बम्जनलाई प्रहरीले पक्राउ गरेको छ ।

खेलकुद

कर्णालीमा हुने दसौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक

काठमाडौँ । कर्णाली प्रदेशमा हुने दसौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट मंगलवार सार्वजनिक गरिएको छ ।

वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगीताको फाईनलमा  मच्छिन्द्र र नेपाल पुलिस भिड्ने

वीरगञ्ज । मच्छिन्द्र क्लब, वीरगञ्जमा जारी दोश्रो वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगीताको फाईनलमा प्रवेश गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.