logo

बीरगंज पहिलो पटक जुत्ता मेला हुने ,पचास प्रतिशत सम्म छुटको घोषणा

      1/17/2020 गते 00 00 मा प्रकाशित     1833   पटक पढिएको

वीरगंज,३ माघ ।
वीरगंजमा एक महिना चल्ने प्रदेशश स्तरीय जुत्ता चप्पल व्यापार मेला आयोजना हुने भएको छ  । अगामि माघ ६ गतेदेखि फागुन ५ गते सम्म चल्ने मेलामा नेपाल भारतका करिब २ लाख ग्राहक तथा उपभोक्ताहरुलाई मेलाको भ्रमण अवलोकन गराई १ लाख जोडी जुत्ता चप्पल बिक्री गर्ने लक्ष्य राखिएको मेला आयोजक समितिले जनाएको छ ।
नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा आयोजित पत्रकार सम्मेनलमा आयोजकले मेलाको बारेमा विस्तृत जानकारी गराएको हो ।वीरगंज घण्टाघरस्थित बि.पि उद्धानमा  लाग्ने मेलामा ७ वटा विभिन्न कम्पनीको ४० भन्दा बढी स्टल राखिने छ ।

मेलामा स्वदेशी ७ वटा कम्पनीको विभिन्न ब्रान्डका जुत्ता चप्पल सस्तो सुलभ दाममा बिक्री गर्ने तयारी रहेको मेला समितिका  रामकृष्ण प्रसाइले जानकारी दिनु भयो ।मेला अवधी भर हरेक जुत्ता चप्पलको जोडीमा १५ देखि ५० प्रतिशत सम्म छुट  रहेको उहाँले बताउनु भयो ।


शिखर सुजका प्रबन्ध निर्देशक समेत रहनु भएका  प्रसाईले मेलामा शिखर,रन,बिएफ डियर हिल,सुज ल्यान्ड,कोसेली,क्रस रोल,हिल लाइफ गरी कुल ७ स्वदेशी कम्पनीको उत्पादन बिक्रीको लागि राखिने  जानकारी दिनु भाये  ।


स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्न र भिजिट नेपालको अवसरमा  देशको विभिन्न कुनाकाप्चाका उपभोक्ताहरुलाई सस्तो दाममा फूटवेयर अर्थात जुत्ता चप्पल बिक्री गरी स्वदेशी उद्योगलाई प्रवद्र्धन तथा संरक्षण गर्न मेलाको आयोजनाको उदेश्य रहेको मेला सञ्चलक समितिका रुद्र न्यौपानेले बताउनु भयो ।


 नेपाल पत्रकाकर महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले प्रदेश नं २ मा पहिलो चोटी देशकै आर्थिक नगरी वीरगंजमा आयोजना गरिएको मेला नेपाली ग्राहकसंगसंगै भारतीय उपभोक्ताको लागि पनि राम्रो अवसर भएको विचार व्यक्त गर्नु भयो  । उहाँले मेला अवधी भर पर्साका सञ्चारकर्मीहरुबाट आवश्यक पर्ने मिडिया सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयोे ।बिराटनगर,हेटौडा,बुटवल,पोखरा,काठमाडौपछि प्रदेश २ को वीरगंजमा प्रदेश स्तरीय जुत्ताचप्पल व्यापार मेला आयोजना हुन लागेको हो ।पत्रकार सम्मेलनको  पत्रकार अनिल तिवारीको सहजीकरण गर्नु भएको थियो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.