logo

जुत्ता मेलामा मंत्री,जनकपुर आउन उधोगीलाई निम्ता, दुई लाख ग्राहकले अवलोकन गर्ने 

      1/26/2020 गते 00 00 मा प्रकाशित     1281   पटक पढिएको

 वीरगंज, १२ माघ । प्रदेश सरकारका उधोग,पर्यटन,बन तथा बाताबरण मन्त्री रामनरेश यादवले वीरगंजमा लागेको प्रदेश स्तरीय जुत्ता चपल व्यापार मेलाको अवलोकन गर्नुभएको छ ।

 

माघ ९देखि फागुन ९ गते सम्म चल्ने मेलाको आइतवार अवलोकन गर्दै मन्त्री यादवले स्वदेशी उधोगीहरुले संचालन गरेको जुत्ताचप्पल  मेला धेरै महत्वपूर्ण रहेको बताउनु भयो ।उहाले स्वदेशी उत्पादनलाइ प्रर्वद्धन गर्ने उदेश्यका साथ वीरगन्जमा संचालगन गरिएको मेला जनकपुरमा पनि आयोजना गर्न उहाँलको लागी प्रदेश सरकार कटिबद्ध रहेको बताउनु भयो ।

 

 जनपुरमा यस्तो मेलाको आयोजनाको लागी  सबै सहयोग प्रदान गर्ने आश्वासन व्यक्त गनुभयो ।वीरगन्जमा चलेको मेला अवलोकन पछि उत्साहित हुनु भएका उधोगमन्त्री यादवले आत्मनिर्भर उधोगको रुपमा नेपालमा स्थापित हुदै गएको जुतत्त चप्पल उधोगका उत्पादनहरुको मेला प्रदेश नम्बर २को हरेक जिल्लाका सदरमुकाममा लगाउनु पर्ने  धारणा समेत व्यक्त गर्नु भयो ।

 

  नेपाली जुत्ताघरका अध्यक्ष होमनाथ उपाध्ययले ,नाकावन्दी पछि उधोगले भोगेको अपठ्यारो र वीरगन्जमा संचालन भएको एक महिने व्यापार मेलाको बारेमा जानकारी गराउनु भएको थियो । नेपाल भारतका करिब २ लाख ग्राहक तथा उपभोक्ताहरुलाई मेलाको भ्रमण अवलोकन गराउने लक्ष्य लिइएको छ ।

 


मेलामा एक लाख जोडी जुत्ताचप्पल बिक्री गर्ने लक्ष्य राखिएको मेला आयोजक समितिले जनाएको छ ।वीरगंज घण्टाघरस्थित बि.पि.उद्यानमा आयोजना गरिएको मेलामा ७ वटा विभिन्न कम्पनिको १ हजार भन्दा बढि ब्रान्डका जुत्ता चप्पल बिक्री भइरहेका छन् ।


मेलामा स्वदेशी ७ वटा कम्पनीको विभिन्न ब्रान्ड जुत्ताचप्पल सस्तो शुलभ दाममा बिक्री गर्ने लक्ष्य रहेको मेलाका आयोजक नेपाली जुत्ताघर प्रालिका अध्यक्ष होमनाथ उपापध्यायले मन्त्री यादवलाइ जानकारी गराउनु भएको थियो । मेलामा १५देखि ५० प्रतिशत सम्म छुटको व्यवस्था रहेको  मेला आयोजक समितिले मन्त्री यादवलाई जनाकारी गराएको थियो  ।
 मेलामा शिखर,रन,बिएफ डियर हिल,सुज ल्यान्ड,कोसेली,क्रस रोल,हिल  गरी कुल ७ स्वदेशी कम्पनीको उत्पादन बिक्री भइरहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

त्रिभूवन राजपथ सडकखण्डको भंसार क्षेत्रको अतिक्रमण हटाइयो, गण्डक सम्मै अभियान चलाइने महानगर प्रमुख सिंहको दावी

वीरगंज  । वीरगंजको मुख्य सडक त्रिभुवन राज पथ विस्तार गर्ने बहुप्रतीक्षित अभियान आजबाट सुरु भएको   छ । लामो समयदेखि रोकिएको सडक विस्तार गर्ने काम आजबाट सुरु भएको हो ।

मितेरी पुलमा एसएसबीले फेरी पोस्ट बनायो,भारतीय भन्सारको छ असहमती

वीरगञ्ज । नेपाल भारतको मैत्री समबनलाई सुधार गर्न कुटनीति पहलकदमीले लय समाति रहेको बेलामा भारतीय सीम सुरक्षाबलको एक पक्षीय निर्णयका कारण संशय पैदा भएको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.