logo

वीरगंजमा जारी जुत्ता चप्पल व्यापार मेलाको अवधी दुई दिन थपियो

      2/14/2020 गते 00 00 मा प्रकाशित     1413   पटक पढिएको

वीरगंज ,  २ फाल्गुन ।
वीरगंजको घण्टाघर नजिकै जारी जुत्ता चप्पल व्यापार मेलाको समय अवधी २ दिन थप गरीएको आयोजकले जनाएको छ ।

 

गत माघ ६ गतेदेखी  जारी मेला फागुन ८ सम्म मात्रै चल्ने भनिएपनि हाल मेला लोकप्रीय बन्दै गएको तथा ग्राहकहरु पनि उत्साहपुर्ण रुपमा अवलोकन गर्न आईरहेका कारण मेलाको अवधी २ दिन थप गरी फागुन ११ गतेसम्म चल्ने आयोजक नेपाली जुताघर प्रालिका अध्यक्ष होमनाथ उपाध्यायले जानकारी दिनुभयो ।

 

करीब २ लाख ग्राहक तथा उपभोक्ताहरूलाई मेला अवलोकन गराउने लक्ष्य लिइएकोे मेलामा नेपालीसंगै खासगरी भारतीय ग्राहकको आकर्षण बढी देखीएको तथा दिनभरी जसो सिमावर्ती भारतका विभिन्न शहरबाट ग्राहकहरु मेलामा अवलोकन गर्न आउने गरेको अध्यक्ष उपाध्यायले बताउनुभयो ।

 

मेलामा प्रती दिन ५ लाख भन्दा बढीको कारोबार हुने गरेको तथा हालसम्म ८० हजार भन्दा बढी नेपाली तथा भारतीयले भ्रमण अवलोकन गरिसकेको नेपाली जुत्ता घरका  अध्यक्ष होमनाथ उपाध्यायले बताउनुभयो ।

 

मेलामा पुरुषभन्दा महिला उपभोक्ता अवलोकन गर्न तथा जुत्ता चप्पल खरीदका लागि आउने गरेको विक्रेताहरूले बताएका छन् ।स्वदेशी ब्रान्डका जुत्ता चप्पल सस्तो मूल्यमा बिक्री गर्ने लक्ष्यले मेलामा १५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरीएको आयोजकले जनाएको छ ।

 

 उपभोक्ताहरुलाई सस्तो मुल्यमा जुत्ता चप्पल बिक्री गरी स्वदेशी उद्योगलाई प्रवद्र्धन तथा संरक्षण गर्ने उदेश्यले संचालन गरीएको  मेलामा शिखर, रन, बिएफ डियर हिल, सुज ल्यान्ड, कोसेली, क्रस रोल, हिल गरी कुल ७ स्वदेशी कम्पनीको उत्पादन बिक्रीमा राखिएको छ ।
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजको मुख्य सडक विस्तारमा  प्रभावितलाई सहुलियत, सेडब्याकमा पुनर्विचार, नक्सापासमा छुट

वीरगंज । वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिद तथा अन्य धार्मिक संरचना यथास्थानमै रहने गरी सडक निर्माणको काम अघि बढाइने वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताएका छन ।

रसुवा बाढीमा बेपत्ता वीरगंजका ६ नागरिकको खोजी तीव्र बनाउन पूर्वमन्त्री यादवको मांग

वीरगंज । रसुवा बाढीमा परी बेपत्ता भएका वीरगंज महानगरपालिका वडा नं. २२, जगरनाथपुरका ६ जना नागरिकको अवस्था अझै अज्ञात रहेपछि पीडित परिवारको पीडा झनै गहिरिँदै गएको छ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.