logo

वीरगंजमा जारी जुत्ता चप्पल व्यापार मेलाको अवधी दुई दिन थपियो

      2/14/2020 गते 00 00 मा प्रकाशित     1112   पटक पढिएको

वीरगंज ,  २ फाल्गुन ।
वीरगंजको घण्टाघर नजिकै जारी जुत्ता चप्पल व्यापार मेलाको समय अवधी २ दिन थप गरीएको आयोजकले जनाएको छ ।

 

गत माघ ६ गतेदेखी  जारी मेला फागुन ८ सम्म मात्रै चल्ने भनिएपनि हाल मेला लोकप्रीय बन्दै गएको तथा ग्राहकहरु पनि उत्साहपुर्ण रुपमा अवलोकन गर्न आईरहेका कारण मेलाको अवधी २ दिन थप गरी फागुन ११ गतेसम्म चल्ने आयोजक नेपाली जुताघर प्रालिका अध्यक्ष होमनाथ उपाध्यायले जानकारी दिनुभयो ।

 

करीब २ लाख ग्राहक तथा उपभोक्ताहरूलाई मेला अवलोकन गराउने लक्ष्य लिइएकोे मेलामा नेपालीसंगै खासगरी भारतीय ग्राहकको आकर्षण बढी देखीएको तथा दिनभरी जसो सिमावर्ती भारतका विभिन्न शहरबाट ग्राहकहरु मेलामा अवलोकन गर्न आउने गरेको अध्यक्ष उपाध्यायले बताउनुभयो ।

 

मेलामा प्रती दिन ५ लाख भन्दा बढीको कारोबार हुने गरेको तथा हालसम्म ८० हजार भन्दा बढी नेपाली तथा भारतीयले भ्रमण अवलोकन गरिसकेको नेपाली जुत्ता घरका  अध्यक्ष होमनाथ उपाध्यायले बताउनुभयो ।

 

मेलामा पुरुषभन्दा महिला उपभोक्ता अवलोकन गर्न तथा जुत्ता चप्पल खरीदका लागि आउने गरेको विक्रेताहरूले बताएका छन् ।स्वदेशी ब्रान्डका जुत्ता चप्पल सस्तो मूल्यमा बिक्री गर्ने लक्ष्यले मेलामा १५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरीएको आयोजकले जनाएको छ ।

 

 उपभोक्ताहरुलाई सस्तो मुल्यमा जुत्ता चप्पल बिक्री गरी स्वदेशी उद्योगलाई प्रवद्र्धन तथा संरक्षण गर्ने उदेश्यले संचालन गरीएको  मेलामा शिखर, रन, बिएफ डियर हिल, सुज ल्यान्ड, कोसेली, क्रस रोल, हिल गरी कुल ७ स्वदेशी कम्पनीको उत्पादन बिक्रीमा राखिएको छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

ट्रयाक्टरको तेल टंयाकीमा ब्राउन सुगर,दुई भारतीय पक्राउ

बारा ।भारतको पूर्वी चम्पारणस्थित शिवनगर इनर्वा पंचायत वडा नम्बर( २ का ३० वर्षीय टुटु कुमार र ३२ वर्षीय टुटु अंसारीलाई बारा प्रहरीले पक्राउ गरेको छ।

पर्सागढीका तीन जना लागु औषध गाँजा सहित पक्राउ

वीरगंज । पर्साको पर्सागढी नगरपालिका वडा नं.३ झबराहाका २९ वर्षिय पंचलाल माझी,२१ वर्षिय मुकेश माझी र ४४ वर्षिय सुनिल बम्जनलाई प्रहरीले पक्राउ गरेको छ ।

खेलकुद

कर्णालीमा हुने दसौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक

काठमाडौँ । कर्णाली प्रदेशमा हुने दसौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट मंगलवार सार्वजनिक गरिएको छ ।

वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगीताको फाईनलमा  मच्छिन्द्र र नेपाल पुलिस भिड्ने

वीरगञ्ज । मच्छिन्द्र क्लब, वीरगञ्जमा जारी दोश्रो वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगीताको फाईनलमा प्रवेश गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.