logo

गौतमले गरेको पत्रकारिताको मूल्यांकन अहिले गर्न सकिंदैन–मुख्यमन्त्री

      2/14/2020 गते 00 00 मा प्रकाशित     1161   पटक पढिएको

वीरगंज, २ फागुन । 
        पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठानले स्थापना गरेको गोतामे पत्रकारिता स्वर्ण पदक आज एक कार्यक्रमका बीच मुख्यमन्त्री लालबाबु राउतले झापाका पत्रकार केशव आचार्यलाई एक तोल सुनको पदक प्रदान गर्नुभएको छ । 
        नेपाल पत्रकार महासङ्घ, पर्साको सभाहलमा पुरस्कार वितरण गर्दै मुख्यमन्त्री राउतले साहित्यकार र पत्रकार अहोरात्र खटेर समाज र जनतालाई सुसूचित गर्दैआएको बताउनुभयो । चार दशकअघि गोपालचन्द्र गौतमले गरेको पत्रकारिता अहिलेको बेलामा मूल्याङ्कन गर्न नसकिने उहाँको भनाइ थियो ।


        उहाँले विचार हुनेले कलम निखार्न सक्दैन र कलम निखार्नेले विचार निखार्न सक्दैन र यी दुई कुरा पत्रकार गौतममा भरिपूर्ण रहेकोले त्यतिखेर क्रान्तिकारी पत्रकारिता गरेर समाज र देशलाई गति दिनुभएको बताउनुभयो । 
        मुख्यमन्त्री गद्दीले प्रतिष्ठानले रु १० हजारबाट शुरु गरेको पुरस्कार राशि एक तोला सुनमा परिणत गरेकोमा प्रशंसा गर्नुहुंदै सहयोग गर्ने आश्वासन दिनुभयो ।


        कार्यक्रममा मानव अधिकारकर्मी बद्री खतिवडा, नेपाल पत्रकार महासङ्घ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहानले स्व. गोपालचन्द्र गौतमका बारेमा चर्चा–परिचर्चा गर्नुभएको थियो ।


        प्रतिष्ठानका अध्यक्ष जगदीशप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष्ँ चन्द्रकिशोरले स्व. गौतमको जीवनीको बारेमा प्रकाश पार्नुभयो  ।

 

कार्यक्रममा प्रतिष्ठानका सदस्य एवं नेपाल पत्रकार महासङ्घ, पर्साका अध्यक्ष श्याम बन्जाराले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने सहजीकरण प्रतिष्ठानका सदस्य एवं नेपाल पत्रकार महासङ्घ प्रदेश २ का उपाध्यक्ष के.सी लामिछानेले गर्नुभएको थियो ।


        कार्यक्रममा स्व .गौतमकी पत्नी सुधा गौतम, छोरा हिमाल गौतम, , मानव अधिकारकर्मी बद्री खतिवडा नन्दन अर्याल, समाजसेवी पशुपति विक्रम शाह, उषा शाह, नेपाल रेडक्रस सोसाइटी पर्साका उपसभापति मधु राणा, नेकपा पर्साका अध्यक्ष प्रभु हजरा, राजपाका सहमहासचिव निजामुद्दीन समानी, समाजवादी पार्टी जिल्ला सचिव तबरेज अहमद सामाजिक अभियान्ता प्रकाश थारु प्राज्ञ उमाशंकर द्विवेदी लगायतको सहभागिता थियो ।


हालसम्म यो पुरस्कार मकवानपुरका प्रताप श्रेष्ठ, विराटनगरका मोहन भण्डारी, बुटवलका डिआर घिमिरे, सप्तरीका शिवहरि भट्टराई, झापाका स्व. मदन ढकाल, पाल्पाका मेघराज शर्मा, सप्तरीका भोला पासवान, रूपन्देहीका अर्जुन ज्ञवालीले प्राप्त गरिसक्नु भएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

रबी लामिछाने रिहाईको माँग गर्दै वीरगंजमा हस्ताक्षर अभियान, संयौंको सहभागिता

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले वीरगंजमा हस्ताक्षर संकलन अभियान सांलन गरेको छ ।

त्रिभूवन राजपथ सडकखण्डको भंसार क्षेत्रको अतिक्रमण हटाइयो, गण्डक सम्मै अभियान चलाइने महानगर प्रमुख सिंहको दावी

वीरगंज  । वीरगंजको मुख्य सडक त्रिभुवन राज पथ विस्तार गर्ने बहुप्रतीक्षित अभियान आजबाट सुरु भएको   छ । लामो समयदेखि रोकिएको सडक विस्तार गर्ने काम आजबाट सुरु भएको हो ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.