बीरगंज १८ फाल्गुण । पटेर्वा सुगौली गाउँपालिकाको चौथो गाउँसभाले ३४ करोडको बजेट सार्वजनीक गरेको छ ।
आज सम्पन्न गाउँसभामा उपाध्यक्ष ममता महतोले ३४ करोडको बजेट बिनियोजन गरिएको बताउनु भएको हो । बिभिन्न वडामा योजनाको संशोधन गरिएको छ । शिक्षा बिकास अन्र्तगत भौतीक पूर्वाधार बिकास तर्फ बिद्यालय भवन निर्माण,शिक्षको ब्यवस्था,वालबिकासका शिक्षकहरुको लागि पारिश्रमीक ,सामुदायीक बिद्यालयमा इलोक्ट्रोकि हाजीरी सेवा दिवा खाजा निशुलक पाठ्य पुस्तक बितरण लगायतका बिषयहरु समाविष्ट गरिएको छ ।
स्वास्थ्य क्षेत्रमा गर्भवती महिलालाई स्वास्थ्य क्षेत्र, गर्भवती महिलाहरूलाई पौष्टिक आहार, अन्डा, कुखुराको चल्ला वितरण गर्ने, विपन्न गरीब, जेहेन्दार परिवारमा रोगबाट ग्रसित बिरामीहरूलाई उपचार खर्च, उपलब्ध गराउने । सामाजिक विकास अन्तर्गत सिकाइ केन्द्र स्थापना गर्ने, महिला नेतृत्व र शान्ति सुरक्षा कार्यक्रमलाई बजेटको प्रथामिकतामा राखिएको उपाध्यक्ष महतोले बताउनु भयो ।
कृषितर्पm सिंचाइ सामग्री वितरण, भौतिकतर्फ सडक नाला निर्माण, कर्मचारीको हकमा महँगी प्रोत्साहन भत्ता र जनप्रतिनिधिहरूका लागि अध्ययन अवलोकनको व्यवस्था गरिएको बजेटमा उल्लेख छ ।
गाउँपालिका कार्यालयमा आयोजित चौथो गाउँसभाको गापा प्रमुख हरिनारायण चौधरीले उद्घाटन गर्नु भएको थियो ।
गाउँसभामा सहभागीहरूलाई प्रमुख प्रशासकीय अधिकृत भुजेन्द्रप्रसाद यादवले स्वागत गर्नु भएको थियो ।
कार्यक्रममा वडाध्यक्ष फरमान मियाँ अन्सारी, विजय गैरे, माधव राउत, राजेश्वर महतो, मोतीलाल साहलगायत कार्यपालिका सदस्यहरूको उपस्थिति थियो ।
तपाईको प्रतिक्रिया