logo

म्याद गुज्रिएको तीन ट्रक भारतीय चिनीको भन्सार पास,उपभोक्ताको स्वास्थ्यसंग गम्भिर खेलवाड

      3/12/2020 गते 00 00 मा प्रकाशित     2963   पटक पढिएको

वीरगन्ज, २९ फागुन । जलेश्वर भन्सार कार्यालयले उपभोग्य मिति सकिएको आयात अयोग्य तीन ट्रक भारतीय चिनीको भन्सार जाँचपास गरेको  छ । खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय जलेश्वरले  अयोग्य प्रमाणित गरेको चीनी भन्सार कार्यालयले जाँच पास गरेको हो ।

 

नेपालमा आयात गरिने खाद्य बस्तुको आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयको प्रयोगशालामा परिक्षण गरेर मात्रै आयात गर्नुपर्ने प्रावधान रहेको छ । यो प्रावधानको बर्खिलाप गरि उपभोग्य मिति सकिएको र उपभोगकालागि अयोग्य भारतीय चिनी  जलेश्वर भन्सार कार्यालयले भन्सार जाँचपास गरेर नेपाली उपभोक्ताको जीवन संग खेलवाड गरेको छ ।

 

  सिम्भावली सुगर लिमिटेड इण्डिया निर्यातकर्ता र अनुष्का मल्टिपर्पोज कम्पनी प्रालि काठमाडौंले आयात गरेको प्रज्ञापन पत्र नम्बर एम १०४१।०६।०३।२०२० को मिति २०७६ माघ १३ गते र फागुन १६ गतेको विल विजक नम्बर १४००००२२६९, १४००००७० र १४००००२६६६ बाट ना ८ ख २१५१, ना ६ ख ८३६९ र ना ५ ख ५६७३ नम्बरको तीन वटा ट्रकमा आयात भएको ७२ हजार केजी चिनी राजस्व अनुसन्धान कार्यालय पथलैयाले पक्राउ गरेपछि यो रहस्य बाहिर आएको हो ।

 

राजस्व अनुसन्धान कार्यालय पथलैयाले यस विषयमा केही बोलेको छैन । भंसार भिागका प्रवक्ता शिशिर घिमिरेले उपभोग्य मिति नै समाप्त भएको खाद्यबस्तुको आयात र जाँच पास दुबै गर्न नमिल्ने बताउनु भयो । उहाँले जलेश्वर भंसारले चिनी जाँच पास गरेको आफूलाई जानकारी नभएको बताउदै आयात निर्यात प्रमाणीकरण कार्यालयले उपभोगयोग्य नरहेको घोषणा गर्दागर्दै जाँचपास गर्ने कुरा पनि नमिल्ने बताउनु भयो ।

 

उहाँले कतिपयबस्तुको प्रमाणीकरण चल्दै गर्दा जाँचपास हुने प्रावधान त रहेको त्यसमा चिनी पर्छ कि पर्दैन भन्ने कुरा आफूलाई यकिन नभएको बताउनु भयो ।उहाँले जाँचपास घटनाको अनुसन्धान गरेर दोषीलाई कारवाही गरिने बताउनु भयो । सन २०१८ मार्च महिनामा प्याकिङ गरिएको भारतीय चिनीको उपभोग्य मिति २४ महिना उल्लेख गरिएको छ । उल्लेखित मिति अनुसार चिनीको उपभोग्य मिति २०२० को फेब्रुअरी महिनामै समाप्त भएको छ ।

 

प्रयोगशाला परिक्षणपछि खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय जलेश्वरले प्रयोगशालामा परिक्षण गरिएको पारामिटरको आधारमा प्राप्त नमूनाहरु आयातका लागि योग्य नरहेको देखिएको उल्लेख गरेर पठाएपनि जलेश्वर भन्सार कार्यालयले भने आयात अयोग्य चिनीको भन्सार जाँचपास गरिदिएको छ ।

 

आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय जलेश्वरले मिति २०७६ फागुन २५ गतेको पत्रसंख्या २०७६।०७७ को चलानी नम्बर ७४१ मा कार्यालयमा प्राप्त नमूनाहरुको उपभोग्य मिति समाप्त भईसकेको पाईएको उल्लेख गरेर जलेश्वर भन्सार कार्यालयलाई पठाएको हो । कार्यालयका निमित्त प्रमुख विपिन कुमार ठाकुरले खाद्य ऐन र नियामावलीले दिएको अधिकार अनुसार नै प्रयोगशालामा आएको नमूना परिक्षण गर्दा उपभोग्य मिति सकिएको पाईएकोले सोही अनुसार प्रमाणीकरण गरेर पठाईएको बताउनु भयो  ।

 

खाद्य आयात निर्यात प्रमाणीकरण कार्यालयको नमूनाको संकेत नम्बर ७७ बाट लिईएको नमूना परिक्षणमा आयातका लागि अयोग्य पाईएको हो । उहाँले भन्नु भयो “खाद्य ऐन अनुसार उक्त चिनी उपभोगमा ल्याउन अयोग्य पाईएकोले लेखी पठाएको हौं । खाद्य ऐनको उद्देश्य भनेकै हाम्रो देशलाई म्याद गुज्रिएको खाद्य वस्तुको डम्पिङ साईट हुनबाट बचाउने हो ।

 

” ठूलो परिमाणमा आयात गरिएका खाद्यवस्तुहरु बजारमा पुग्न समय लाग्ने भएकोले उपभोग मिति कम्तिमा पनि ६० प्रतिशत बााकी हुनुपर्ने भनिएको ठाकुरको भनाई छ । तर अहिले आयात गरिएको चिनीको म्याद न ैगु्ज्रिसकेको छ।  नेपालमा आयात गरिएका वस्तुहरु अयोग्य हुने गरेको र नेपाललाई अखाद्य वस्तुको डम्पिङ साईट बनाउन खोजेको भन्दै आलोचना हुने गरेको छ ।

 

उपभोत्ता हित संरक्षण मञ्चका केन्द्रीय उपाध्यक्ष अजय अधिकारीले जलेश्वर भन्सार कार्यालयले नेपाली उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गरेर जाँच पास गरेको विषय अत्यन्त गम्भीर रहेको बताउनु भयो  । उहाँलेले आफनो कर्तब्यपथबाट च्यूत भएर नेपाली उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्ने कर्मचारीलाई तत्काल कारवाही गर्न माग गर्नु भएको छ ।

मञ्चले आयातकर्ता, जाँचपासमा संलग्न कर्मचारीका विरुद्ध उपभोक्ता संरक्षण ऐन अन्तर्गत कानुनी लडाई लड्ने उहाँले जानकारी दिनु भयो ।  भन्सार कार्यालयहरुले भने राजस्व संकलन र व्यक्तिगत लाभको लागि यस्ता अयोग्य वस्तुहरुको जाँचपास गरिदिने गरेको घटनाहरु बेलाबेलामा आउने गरेका छन् ।  
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

गहवा माई रथ यात्रामा लायन्स क्लबको सेवाभाव, हजारौं श्रद्धालुलाई निःशुल्क खानेपानी वितरण

वीरगञ्ज । गहवा माईको ऐतिहासिक रथ यात्राका अवसरमा लायन्स क्लब अफ वीरगञ्ज, लायन्स क्लब अफ वीरगञ्ज विजयपथ, लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमी र लायन्स क्लब अफ वीरगञ्ज जय गहवा माईले श्रद्धालु भक्तजनप्रति सेवाभाव प्रस्तुत गर्दै संयुक्तरूपमा हजारौं भक्तजनलाई निःशुल्क खानेपानी वितरण गरेका छन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.