logo

जलेश्वर भन्सार बाट भित्रिएको ७२ टन अखाद्य चिनी बारे भन्सार बिभाग किन बोल्दैन ?

      3/21/2020 गते 00 00 मा प्रकाशित     1444   पटक पढिएको

वीरगन्ज, ९ चैत । जलेश्वर भन्सार कार्यालयले जाँचपास गरेको उपभोग्य मिति सकिएको आयात अयोग्य तीन ट्रक भारतीय चिनीको बारेमा भंसार बिभाग बोलेको छैन । खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय जलेश्वरले  अयोग्य प्रमाणित गरेको चीनी भन्सार कार्यालयले जाँच पास गरेको थियो ।


नेपालमा आयात गरिने खाद्य बस्तुको आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयको प्रयोगशालामा परिक्षण गरेर मात्रै आयात गर्नुपर्ने प्रावधान रहेको छ । यो प्रावधानको बर्खिलाप गरि उपभोग्य मिति सकिएको र उपभोगकालागि अयोग्य भारतीय चिनी  जलेश्वर भन्सार कार्यालयले भन्सार जाँचपास गरेर नेपाली उपभोक्ताको जीवन संग खेलवाड गरेको छ ।

सिम्भावली सुगर लिमिटेड इण्डिया निर्यातकर्ता र अनुष्का मल्टिपर्पोज कम्पनी प्रालि काठमाडौंले आयात गरेको प्रज्ञापन पत्र नम्बर एम १०४१।०६।०३।२०२० को मिति २०७६ माघ १३ गते र फागुन १६ गतेको विल विजक नम्बर १४००००२२६९, १४००००७० र १४००००२६६६ बाट ना ८ ख २१५१, ना ६ ख ८३६९ र ना ५ ख ५६७३ नम्बरको तीन वटा ट्रकमा आयात भएको ७२ हजार केजी चिनी उपभोक्ता हित संरक्षण मंचको सूचनाको आधारमा राजस्व अनुसन्धान कार्यालय पथलैयाले पक्राउ गरेपछि यो रहस्य बाहिर आएको हो ।

भंसार बिभागका प्रवक्ता शिशिर घिमिरेले उपभोग्य मिति नै समाप्त भएको खाद्यबस्तुको आयात र जाँच पास दुबै गर्न नमिल्ने बताउनु भएको थियो  । उहाँले जलेश्वर भंसारले चिनी जाँच पास गरेको आफूलाई जानकारी नभएको बताउदै आयात निर्यात प्रमाणीकरण कार्यालयले उपभोगयोग्य नरहेको घोषणा गर्दागर्दै जाँचपास गर्ने कुरा पनि नमिल्ने बताउनु भयो । 


उहाँले जाँचपास घटनाको अनुसन्धान गरेर दोषीलाई कारवाही गरिने बताउनु भएपनि  भंसार बिभागले त्यस बिषयमा कस्तो अनुसन्धान ग¥यो  भन्ने नै गोप्य रहेको छ ।

सन २०१८ मार्च महिनामा प्याकिङ गरिएको भारतीय चिनीको उपभोग्य मिति २४ महिना उल्लेख गरिएको छ । उल्लेखित मिति अनुसार चिनीको उपभोग्य मिति २०२० को फेब्रुअरी महिनामै समाप्त भएको छ ।
आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय जलेश्वरले मिति २०७६ फागुन २५ गतेको पत्रसंख्या २०७६।०७७ को चलानी नम्बर ७४१ मा कार्यालयमा प्राप्त नमूनाहरुको उपभोग्य मिति समाप्त भईसकेको पाईएको उल्लेख गरेर जलेश्वर भन्सार कार्यालयलाई पठाएको हो ।

 

कार्यालयका निमित्त प्रमुख विपिन कुमार ठाकुरले खाद्य ऐन र नियामावलीले दिएको अधिकार अनुसार नै प्रयोगशालामा आएको नमूना परिक्षण गर्दा उपभोग्य मिति सकिएको पाईएकोले सोही अनुसार प्रमाणीकरण गरेर पठाएको बताउनु भएको थियो   ।

प्रयोगशाला परिक्षणपछि खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय जलेश्वरले प्रयोगशालामा परिक्षण गरिएको पारामिटरको आधारमा प्राप्त नमूनाहरु आयातका लागि योग्य नरहेको देखिएको उल्लेख गरेर पठाएपनि जलेश्वर भन्सार कार्यालयले भने आयात अयोग्य चिनीको भन्सार जाँचपास गरिदिएको छ । बिभागको यो खाले रबैयाले आजित भएर उपभोक्ता हित संरक्षण मंचका केन्द्रीय उपाध्यक्ष अजय अधिकारीले सामाजिक संजालमा जलेश्वर भन्सार बाट भित्रिएको ७२ टन अखाध्य चिनि बारे भन्सार बिभाग किन बोल्दैन ? भनेर प्रश्न गर्नु भएको छ ।

 

उहाँको यो प्रश्न उपर कतिपयले प्रतिक्रिया लेख्नु भएको छ । कुमार कार्कीले मिलेमतो जस्तो छ भनेर लेख्नु भएको छ । पत्रकार शारदा पोख्रेलले माथिदेखि तलसम्म सेटिङ छ हजुर , धन्य हाम्रो निजामती प्रशासन जति लुटेपनि भयो अब पुग्यो कहिल्यै भन्दैनन् लेख्नु भएको छ ।

 

नेपाली रविन्द्र झाले यो त एउटा उदाहरण हो , यस्तोत कति गछॅ भन्सारलेः सम्बन्धित निकायमा चेकजाच नगरि कयौं कन्साइनमेन्ट छोड्ने गॅर्छन । छानबिन कस्ले गनेॅ कमाऊने छोरोको ? भनेर प्रतिक्रिया लेख्नु भएको छ । यि नमुना प्रतिक्रिया मात्रै हुन ।

 

भंसारले दिने सेवा प्रतिकोयो प्रतिनिधिमुलक टिप्पणीहरु मात्र हुन । यसले भंसारको सेवा प्रति गम्भिर खालका प्रश्नहरु उठाएको छ । राजस्व उठाउने मुख्य एजेन्सीमा बसेका मान्छेले अनधिकृत रुपमा पैसा खाएर उपभोक्ताको ढाँड सेकिरहेका छन भन्ने कुराको बलियो प्रमाण चिनी काण्ड भएको छ । यस्तो काण्डलाई अनुसन्धान गर्ने र त्यसको उचित निकास निकाल्ने कुरामा राज्यसंयन्त्र मौन हुनुले पशुपती शर्माले गाएको “लुटन सके लुट कान्छा ” भन्ने गीतको झल्को दिन्छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

गहवा माई रथ यात्रामा लायन्स क्लबको सेवाभाव, हजारौं श्रद्धालुलाई निःशुल्क खानेपानी वितरण

वीरगञ्ज । गहवा माईको ऐतिहासिक रथ यात्राका अवसरमा लायन्स क्लब अफ वीरगञ्ज, लायन्स क्लब अफ वीरगञ्ज विजयपथ, लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमी र लायन्स क्लब अफ वीरगञ्ज जय गहवा माईले श्रद्धालु भक्तजनप्रति सेवाभाव प्रस्तुत गर्दै संयुक्तरूपमा हजारौं भक्तजनलाई निःशुल्क खानेपानी वितरण गरेका छन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.