logo

जलेश्वर भन्सार बाट भित्रिएको ७२ टन अखाद्य चिनी बारे भन्सार बिभाग किन बोल्दैन ?

      3/21/2020 गते 00 00 मा प्रकाशित     1269   पटक पढिएको

वीरगन्ज, ९ चैत । जलेश्वर भन्सार कार्यालयले जाँचपास गरेको उपभोग्य मिति सकिएको आयात अयोग्य तीन ट्रक भारतीय चिनीको बारेमा भंसार बिभाग बोलेको छैन । खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय जलेश्वरले  अयोग्य प्रमाणित गरेको चीनी भन्सार कार्यालयले जाँच पास गरेको थियो ।


नेपालमा आयात गरिने खाद्य बस्तुको आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयको प्रयोगशालामा परिक्षण गरेर मात्रै आयात गर्नुपर्ने प्रावधान रहेको छ । यो प्रावधानको बर्खिलाप गरि उपभोग्य मिति सकिएको र उपभोगकालागि अयोग्य भारतीय चिनी  जलेश्वर भन्सार कार्यालयले भन्सार जाँचपास गरेर नेपाली उपभोक्ताको जीवन संग खेलवाड गरेको छ ।

सिम्भावली सुगर लिमिटेड इण्डिया निर्यातकर्ता र अनुष्का मल्टिपर्पोज कम्पनी प्रालि काठमाडौंले आयात गरेको प्रज्ञापन पत्र नम्बर एम १०४१।०६।०३।२०२० को मिति २०७६ माघ १३ गते र फागुन १६ गतेको विल विजक नम्बर १४००००२२६९, १४००००७० र १४००००२६६६ बाट ना ८ ख २१५१, ना ६ ख ८३६९ र ना ५ ख ५६७३ नम्बरको तीन वटा ट्रकमा आयात भएको ७२ हजार केजी चिनी उपभोक्ता हित संरक्षण मंचको सूचनाको आधारमा राजस्व अनुसन्धान कार्यालय पथलैयाले पक्राउ गरेपछि यो रहस्य बाहिर आएको हो ।

भंसार बिभागका प्रवक्ता शिशिर घिमिरेले उपभोग्य मिति नै समाप्त भएको खाद्यबस्तुको आयात र जाँच पास दुबै गर्न नमिल्ने बताउनु भएको थियो  । उहाँले जलेश्वर भंसारले चिनी जाँच पास गरेको आफूलाई जानकारी नभएको बताउदै आयात निर्यात प्रमाणीकरण कार्यालयले उपभोगयोग्य नरहेको घोषणा गर्दागर्दै जाँचपास गर्ने कुरा पनि नमिल्ने बताउनु भयो । 


उहाँले जाँचपास घटनाको अनुसन्धान गरेर दोषीलाई कारवाही गरिने बताउनु भएपनि  भंसार बिभागले त्यस बिषयमा कस्तो अनुसन्धान ग¥यो  भन्ने नै गोप्य रहेको छ ।

सन २०१८ मार्च महिनामा प्याकिङ गरिएको भारतीय चिनीको उपभोग्य मिति २४ महिना उल्लेख गरिएको छ । उल्लेखित मिति अनुसार चिनीको उपभोग्य मिति २०२० को फेब्रुअरी महिनामै समाप्त भएको छ ।
आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय जलेश्वरले मिति २०७६ फागुन २५ गतेको पत्रसंख्या २०७६।०७७ को चलानी नम्बर ७४१ मा कार्यालयमा प्राप्त नमूनाहरुको उपभोग्य मिति समाप्त भईसकेको पाईएको उल्लेख गरेर जलेश्वर भन्सार कार्यालयलाई पठाएको हो ।

 

कार्यालयका निमित्त प्रमुख विपिन कुमार ठाकुरले खाद्य ऐन र नियामावलीले दिएको अधिकार अनुसार नै प्रयोगशालामा आएको नमूना परिक्षण गर्दा उपभोग्य मिति सकिएको पाईएकोले सोही अनुसार प्रमाणीकरण गरेर पठाएको बताउनु भएको थियो   ।

प्रयोगशाला परिक्षणपछि खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय जलेश्वरले प्रयोगशालामा परिक्षण गरिएको पारामिटरको आधारमा प्राप्त नमूनाहरु आयातका लागि योग्य नरहेको देखिएको उल्लेख गरेर पठाएपनि जलेश्वर भन्सार कार्यालयले भने आयात अयोग्य चिनीको भन्सार जाँचपास गरिदिएको छ । बिभागको यो खाले रबैयाले आजित भएर उपभोक्ता हित संरक्षण मंचका केन्द्रीय उपाध्यक्ष अजय अधिकारीले सामाजिक संजालमा जलेश्वर भन्सार बाट भित्रिएको ७२ टन अखाध्य चिनि बारे भन्सार बिभाग किन बोल्दैन ? भनेर प्रश्न गर्नु भएको छ ।

 

उहाँको यो प्रश्न उपर कतिपयले प्रतिक्रिया लेख्नु भएको छ । कुमार कार्कीले मिलेमतो जस्तो छ भनेर लेख्नु भएको छ । पत्रकार शारदा पोख्रेलले माथिदेखि तलसम्म सेटिङ छ हजुर , धन्य हाम्रो निजामती प्रशासन जति लुटेपनि भयो अब पुग्यो कहिल्यै भन्दैनन् लेख्नु भएको छ ।

 

नेपाली रविन्द्र झाले यो त एउटा उदाहरण हो , यस्तोत कति गछॅ भन्सारलेः सम्बन्धित निकायमा चेकजाच नगरि कयौं कन्साइनमेन्ट छोड्ने गॅर्छन । छानबिन कस्ले गनेॅ कमाऊने छोरोको ? भनेर प्रतिक्रिया लेख्नु भएको छ । यि नमुना प्रतिक्रिया मात्रै हुन ।

 

भंसारले दिने सेवा प्रतिकोयो प्रतिनिधिमुलक टिप्पणीहरु मात्र हुन । यसले भंसारको सेवा प्रति गम्भिर खालका प्रश्नहरु उठाएको छ । राजस्व उठाउने मुख्य एजेन्सीमा बसेका मान्छेले अनधिकृत रुपमा पैसा खाएर उपभोक्ताको ढाँड सेकिरहेका छन भन्ने कुराको बलियो प्रमाण चिनी काण्ड भएको छ । यस्तो काण्डलाई अनुसन्धान गर्ने र त्यसको उचित निकास निकाल्ने कुरामा राज्यसंयन्त्र मौन हुनुले पशुपती शर्माले गाएको “लुटन सके लुट कान्छा ” भन्ने गीतको झल्को दिन्छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

दाइजोको निहुँमा कर्तव्य ज्यान मुद्दाका फरार अपराधी वीरगन्जमा पक्राउ

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले दाइजोको निहुँमा कर्तव्य ज्यान मुद्दामा अदालतबाट एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको सजाय तोकिएका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

वीरगन्ज महानगरको कार्यालयमा आगलागीका कारण शैक्षिक फाइल नष्ट, विद्यालयहरूलाई पुनः कागजात बुझाउन आग्रह

कार्तिक १३। वीरगन्ज महानगरपालिका–नगर कार्यपालिकाको कार्यालयमा भदौ २४ गते भएको आगलागीका कारण शैक्षिक प्रशासन महाशाखाका महत्त्वपूर्ण फाइलहरू नष्ट भएपछि महानगरपालिकाले सम्बन्धित शैक्षिक संस्थाहरूसँग पुनः कागजात बुझाउन आग्रह गरेको छ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.