logo

नेपालमा छैठौ ब्यक्तिमा पनि संक्रमण देखियो

      4/2/2020 गते 00 00 मा प्रकाशित     1015   पटक पढिएको

बीरगंज २० चैत ।नेपालमा छैठौं व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले यस्तो कुरा जानकारी दिनु भएको हो । ति व्यक्ति चैत ४ गते कतारबाट आएका हुन्। यो सँगै नेपालमा कोरोना संक्रमित बिरामीको संख्या ६ पुगको छ ।

उनी बाग्लुङ जिल्लाको महिला रहेको बताइएको छ। उनी पनि कतार एयरबाट नै नेपाल आएकी महिला हुन्। उनको उमेर भने खुलाइएको छैन। यसअघि पाँचौ संक्रमित पनि बागलुङकै थिइन्। उनी बेल्जियमबाट कतारहुँदै नेपाल आएकी थिइन्।

यो सहित कतार एयरबाट ४ गते नेपाल आउने तीन जनामा कोरोना संक्रमण देखिएको छ। उनीहरु कतार एयरको क्युआर ६५२ को फ्लाइटबाट नेपाल आएका हुन्।

उनी नेपालमा दोस्रो संक्रमण देखिएको युवतीसँगै कतार एयरबाट आएकी थिइन्।  काठमाडौंकी १९ वर्षीया युवती दोस्रो संक्रमित थिइन्। 

यसअघि भेटिएका संक्रमित पनि सोही बिमानबाट आएका थिए। मन्त्रालयका अनुसार संक्रमितको परिवारलाई पनि ट्रेसिङ गर्ने प्रयास भइरहेको छ। 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.