logo

कोरोना नियन्त्रण तथा उपचारलागि सरकारले बनाएको कोष झण्डै दुई अर्व संकलन

      4/12/2020 गते 00 00 मा प्रकाशित     1430   पटक पढिएको

बीरगंज १ बैशाख ।  सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा हालसम्म १ अर्ब ९८ करोड ६७ लाख ७६ हजार ७ सय ६० रुपैयाँ २ पैसा जम्मा भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आइतबार मात्र कोषमा ४ करोड ७८ लाख १२ हजार १ सय ७९ रुपैयाँ ७६ पैसा जम्मा भएको छ।


आइतवार कोषमा पूर्व युवराज्ञी हिमानी शाहको हिमानी ट्रष्टले  २ करोड रुपैयाँ प्रदान गरेको छ। त्यसैगरि  जनक शिक्ष सामाग्रि केन्द्र लिमिटेडले ५१ लाख रुपैयाँ, सूर्य लाईफ इन्सुरेन्सले ७ लाख ५० हजार रुपैयाँ, ज्योती लाइफ इन्सुरेन्सले ७ लाख ५० हजार रुपैयाँ, सिटिजन लाइनफ इन्सुरेन्सले साढे ७ लाख रुपैयाँ, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले ७ लाख १६ हजार १ सय ३७ हजार रुपैयाँ जम्मा गरेका थिए।

केन्द्रिय तथ्यांक विभागले ६ लाख ९० हजार ३ सय १० रुपैयाँ, कमलामाई नगरपालिकाले ४ लाख ८३ हजार ६६ रुपैयाँ, नेपाल दुरसंचारका कर्मचारीले ४ लाख ५६ हजार ४१ रुपैयाँ १५ पैसा, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ३ लाख ३६ हजार ३ सय ५७ रुपैयाँ, भक्तपुर जिल्ला अदालतले ३ लाख ६ हजार ९ सय ३८ रुपैयाँ, वनस्पती विभागले ३ लाख ४ हजार ६ सय ४२ रुपैयाँ आइतबार नै कोषमा जम्मा गरेका थिए।

आइतबार जिल्ला हुलाक कार्यालयले २ लाख ५६ हजार १ सय ५१ रुपैयाँ, जल तथा उर्जा आयोगलको सचिवालयले २ लाख १७ हजार ७ सय ९० रुपैयाँ, नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघले २ लाख १ हजार रुपैयाँ, उच्च अदालत विराटनगरले १ लाख ७९ हजार २ सय ८९ रुपैयाँ, मेची भन्सार कार्यालय काकडभिट्टाले १ लाख ७१ हजार १ सय ४७ रुपैयाँ, प्रदेश नं।५ प्रदेश प्रमुखको कार्यालयले १ लाख ५७ हजार २ सय १२ रुपैयाँ, अख्तियार दुरुपयोगले १ लाख ४९ हजार ८ सय ९२ रुपैयाँ कोषमा जम्मा गरेका थिए।

विद्युत उत्पादन कम्पनीले १ लाख २० हजार २८ रुपैयाँ, कपिलवस्तु वनपैदावर उद्योगले १ लाख ११ हजार १ सय ११ रुपैयाँ, सडक डिभिजन कार्यालय दमकले १ लाख ७ हजार ३ सय रुपैयाँ, वाली विज्ञान महाशाखाले १ लाख ३ हजार ३ सय २७ रुपैयाँ र अन्य व्यक्ति तथा संस्थाले १ करोड ४२ लाख ८९ हजार ९ सय ९२ रुपैयाँ कोषमा आइतबार जम्मा गरेका थिए।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजक रहेको नोभल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको चैत ११ गते बसेको बैठकले उपचार कोष स्थापना गर्ने निर्णय गरेको थियो। सोही अनुसार सरकारले कोषको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नं .१९६०००००११०१ मा रकम जम्मा गर्न सबैलाई आग्रह गरेको थियो।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजको मुख्य सडक विस्तारमा  प्रभावितलाई सहुलियत, सेडब्याकमा पुनर्विचार, नक्सापासमा छुट

वीरगंज । वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिद तथा अन्य धार्मिक संरचना यथास्थानमै रहने गरी सडक निर्माणको काम अघि बढाइने वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताएका छन ।

रसुवा बाढीमा बेपत्ता वीरगंजका ६ नागरिकको खोजी तीव्र बनाउन पूर्वमन्त्री यादवको मांग

वीरगंज । रसुवा बाढीमा परी बेपत्ता भएका वीरगंज महानगरपालिका वडा नं. २२, जगरनाथपुरका ६ जना नागरिकको अवस्था अझै अज्ञात रहेपछि पीडित परिवारको पीडा झनै गहिरिँदै गएको छ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.