logo

७५ को चीनी ८५ मा किन्नु पर्ने वाणिज्यसंघको फरमान ,स्थानीय प्रशासन मुकदर्शक भएको उपभोक्ताको गुनासो

      4/26/2020 गते 00 00 मा प्रकाशित     1206   पटक पढिएको

वीरगन्ज, १४ बैशाख । 

जीतपुर सीमरा नगर उधोग वाणिज्यसंघले किराना समानको नयाँ मूल्य सूची जारी जारी गरेको छ । उसले जारी गरेको मूल्य सूची अहिलेको चल्ती मूल्य भन्दा बढी रहेको छ । 


७५ रुपैया किलोमा पाइने चीनीको मूल्य जीतपुर सीमरा उधोग वाणिज्य संघंले ८५ रुपैया किलो पुर्याएको छ । ४२ रुपैया पर्ने चामलको मूल्य ४६ रुपैया तोकिएको छ ।

 

संघले कुन बिधि अन्तर्गत रहेर मूल्य निर्धारण गरेको हो त्यो भने खुलाएको छैन ।संस्थागत रुपमा मूल्यसूची तोकेर जीतपुर सीमरा नगर उधोग बाणिज्य संघले कालोबजारीलाई संस्थागत गर्ने आँट काहा बाट पायो भन्ने यक्ष प्रश्न उब्जेको छ ।  

 


यसैवीच जीतपुर सिमरा नगर उद्योग वाणिज्य संघले जारी गरेको किराना तथा खाध्य सामानको मूल्य सूची प्रति जीतपुरसिमरा सार्वजनिक सरोकार समितिले आपत्ति जनाएको छ । 

 

समितिको आज बसेको सरोकार समितिको भर्चुअल बैठकले  मूल्य सूची प्रति आपत्ति जनाउदै फिर्ता लिन माँग गरेको छ ।


सरकारले तोकेको मूल्य र चलन चल्तीको मूल्य भन्दा धेरै महँगो सूची जारी गरेकोले त्यसले कालो बजारीलाई प्रोत्साहन गरेको भन्दै मूल्यसूची तत्काल फिर्ता लिन माँग गरेको संयोजक मनोज पौडेलले बताउनु भयो ।


उहाँले संस्थागत काला बजारीको प्रयास हुदा स्थानीय प्रशसनलाई मुकदर्शन भएर बनस्न आग्रह गर्नु भएको छ । 

 उहाँले कोरोना भाइरसबाट पीडित जनतालाई संघले जारी गरेको मुल्य सूचीले थप पीडित बनाएकोले तत्काल छानबिन गरी कारवाही प्रक्रिया अगाडि बढाउन सम्बन्धीत निकाय सँग माग गर्नु भएको छ । 

 

 सरोकार समितिका संयोजक मनोज पौडेल अध्यक्षतामा सम्पन्न बैठकमा छबिलाल शर्मा,कर्ण थापा, नारायण घिमिरे,राजु राज गिरी, रमेस सापकोटा,पेसल मुल्मी, बिदुर खडका लगायतको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

ट्रयाक्टरको तेल टंयाकीमा ब्राउन सुगर,दुई भारतीय पक्राउ

बारा ।भारतको पूर्वी चम्पारणस्थित शिवनगर इनर्वा पंचायत वडा नम्बर( २ का ३० वर्षीय टुटु कुमार र ३२ वर्षीय टुटु अंसारीलाई बारा प्रहरीले पक्राउ गरेको छ।

पर्सागढीका तीन जना लागु औषध गाँजा सहित पक्राउ

वीरगंज । पर्साको पर्सागढी नगरपालिका वडा नं.३ झबराहाका २९ वर्षिय पंचलाल माझी,२१ वर्षिय मुकेश माझी र ४४ वर्षिय सुनिल बम्जनलाई प्रहरीले पक्राउ गरेको छ ।

खेलकुद

कर्णालीमा हुने दसौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक

काठमाडौँ । कर्णाली प्रदेशमा हुने दसौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट मंगलवार सार्वजनिक गरिएको छ ।

वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगीताको फाईनलमा  मच्छिन्द्र र नेपाल पुलिस भिड्ने

वीरगञ्ज । मच्छिन्द्र क्लब, वीरगञ्जमा जारी दोश्रो वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगीताको फाईनलमा प्रवेश गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.