logo

अर्वपति कालोबजारी अग्रवाललाई छुटाउन करोडौको चलखेल,सेटिङ्गमा मुद्धा अदालत गएन

      4/26/2020 गते 00 00 मा प्रकाशित     1516   पटक पढिएको

काठमाडौं, १४ बैसाख । कोरोना संकटका बेला थर्मल गनको कालोबजारी गरेका कारण पक्राउ परेका उद्योगी सुलभ अग्रवालविरुद्ध प्रहरीले तीन वर्ष कैदसहित चार मुद्दा चलाउन माँगदावी  गरेको छ ।

हुनत देश हामी बनाउछौ भनेर टेलिभिजनमा प्रचार गर्ने जगदम्बा स्टील (शंंकर ग्रुप)  मालिक शुलभ अग्रवाल कालोबजारी गरिरहेको अवस्थामा  पक्राउ परेलगत्तै छुटाउनकालागि सेटिङ्ग गर्नेहरुको सक्रियता पनि त्यतिकै बढेको छ । 

अग्रवालविरुद्ध चार मुद्दामा तीन वर्ष कैद र १५ लाख ७८ हजार ९ सय १३ रुपैयाँ बिगो माग गरिएको काठमाडौं प्रहरी परिसरका एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिनु भएको छ  ।

परिसरले कालोबजारी, अवैध भण्डारण, कृत्रिम अभाव सिर्जना र सार्वजनिक पदको दुरुपयोगमा मुद्दा चलाउन सिफारिस गरेको हो । अग्रवालविरुद्धको मुद्दामा अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमार्फत जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गर्ने प्रहरीको तयारी छ ।तर प्रहरीले मुद्धालाई अदालती प्रक्रियाबाट किन लान चाहेन भन्ने प्रश्न पनि उठेको छ । 

प्रहरीको “स्टिङ अप्रेसन”बाट पक्राउ परेका अग्रवाललाई अदालतमा उपभोक्तासम्बन्धी कानुनअनुसार पेस गरेको भए कडा कारबाही हुन सक्थ्यो । तर,  उनलाई जोगाउन मुद्दा कमजोर बनाउन चलखेल भएको स्रोतको भनाइ छ । जिल्ला प्रशासन कार्यालयमार्फत कालोबजारीसम्बन्धी मुद्दा चलाउनुले पनि यो कुरालाई बल पुर्याएको देखिन्छ ।

अर्वपति अग्रवाललाई यो खालको “सहुलियत” दिने वतावरण बनाउन सत्तापक्ष र प्रतिपक्षका नेताहरुले निकै ठुलो कसरत गरेका छन । त्यसकोलागि करोडौमा सेटिङ भएको स्रोतको दावी छ ।

 

कोरोना भाइरसको संक्रमणका बेला कालो बजारी गर्ने उद्योग व्यवसायी सुलभ अग्रवाललाई मुलुकी अपराध संहिता, २०७४ अन्तर्गतको ठगीमा मुद्दा चलाउनुपर्नेमा फितलो कानुन लगाइएको उपभोक्ता हित संरक्षण मञ्चको टिप्पणी छ ।


म बनाउछु मेरो देश बलीयो भन्दै विज्ञापन बजाउने जगदम्बा सिमेन्ट र जगदम्बा छड तथा युनीयन लाईफ इन्सुरेन्स र दर्जनौ कम्पनीका मालीक सुलभ अग्रवालले संकटको बेलामा नागरिक ठग्ने मात्र काम गरेको हो र ?कुटनीतीक नियोगको निलो नम्बर प्लेटको गाडीमा ज्वरो नाप्ने थर्मल गनको कालो धन्दा गरेर राष्ट्रकै बेइज्जत गरे । 

कालोबजारी सुलभ अग्रवाल लाई छुटाउन स्वयम राज्य मन्त्री मोतीलाल दुगड हात धोएर लागी परेका  छन । गृहमन्त्री प्रधानमन्त्री र सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्ड प्रतिपक्षी दलका नेता शेर बहादुर देउवालाई समेत  हारगुहार गरिएको छ । 

नेपालका लागि कीर्गिस्तानका अवैतनिक दूत समेत रहेका अग्रवालले कूटनीतिक सुविधाको गाडी दुरुपयोग गर्दै कालोबजारी गरिरहेका बेला चैत २५ गते ६७ थान थर्मल गनसहित पक्राउ परेका थिए । अग्रवाल चीनबाट २ हजार ४ सयमा खरिद गरेका थर्मल गन १५ हजार रुपैयाँमा बेचिरहेको अवस्थामा पक्राउ परेका थिए ।

उनले ५ करोड लगानी गरेर २० हजार थान र्थमल गन नेपाल भित्रायका थिय । तर भन्सारमा १२ सय थानको मात्रै भन्सार बुझाएका थिए । ३५ सय पर्ने र्थमल गन उनले भनेकै मुल्य १५ हजारमा बेच्न पाएका भए २५ करोड कुम्ल्याउँथे । तर अग्रवालको कालो धन्दाको पछाडी किर्गीस्तान दुतावासको निलो नम्बर प्लेटको कुटनितीक नियोगको गाडी र त्यस भित्रको कालो धन्दा पर्दाफास भएको थियो । 

कालोबजारी सुलभ अग्रवाल लाई छुटाउन स्वयम राज्य मन्त्री मोतीलाल दुगड हात धोएर लागी परेका खबर सार्वजनीक भैरहेका छन । गृहमन्त्री प्रधानमन्त्री र सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डलाई समेतलाइ हारगुहार गरिएको छ । 

कालोबजारी गरिरहेको अवस्थामा प्रहरीले अग्रवाललाई नाटकीय ढंगले पक्राउ गरेको थियो । तर, त्यसयता उच्च तहबाट लगातार दबाब आइरहेपछि अग्रवालमाथिको अनुसन्धानमा अलमल हुँदै आएको छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजको मुख्य सडक विस्तारमा  प्रभावितलाई सहुलियत, सेडब्याकमा पुनर्विचार, नक्सापासमा छुट

वीरगंज । वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिद तथा अन्य धार्मिक संरचना यथास्थानमै रहने गरी सडक निर्माणको काम अघि बढाइने वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताएका छन ।

रसुवा बाढीमा बेपत्ता वीरगंजका ६ नागरिकको खोजी तीव्र बनाउन पूर्वमन्त्री यादवको मांग

वीरगंज । रसुवा बाढीमा परी बेपत्ता भएका वीरगंज महानगरपालिका वडा नं. २२, जगरनाथपुरका ६ जना नागरिकको अवस्था अझै अज्ञात रहेपछि पीडित परिवारको पीडा झनै गहिरिँदै गएको छ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.