logo

सुख्खा बन्दरगाहमा कन्टेनरको जाम  ,टर्मिनल्सले कन्टेनर निकाल्ने वतावरण नवनाएको आयातकर्ताको गुनासो

      4/30/2020 गते 00 00 मा प्रकाशित     2017   पटक पढिएको

बीरगंज १८ बैशाख ।

वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा आएका कन्टेनर बन्दरगाहबाट बाहिरिने क्रम रोकिएपछि बन्दरगाहमा कन्टेनरको जाम लागेको छ ।

 

 लकडाउन भएपनि  भारतबाट रेलमा आयात हुने कन्टेनर, बोराबन्द सामान तथा फलामसमेत बन्दरगाहबाट गन्तब्य सम्म जानेक्रम रोकिएकोले समस्या आएको हो । 

 

बन्दरगाह संचालक हिमालयन टर्मिनल्सले नै कन्टेर बन्दरगाहबाट निस्कने वतावरण नवनाएको आयातकर्ताहरुको गुनसो रहेको छ । टर्मिनल्सले रेलको र्याक खाली गर्न कुनै कसर बाँकी राख्दैन ।

 

तर कन्टेर आयातकर्तालाई दिने बिषयमा उसले गम्भिरता देखाउदैन । टर्मिनल्सका कारण अहिले बन्दरगाहको यार्ड भरिएको छ । अहिले यार्डमा ३ देखी ३ हजार ५ सयको वीचमा कन्टेनरहरु राखिएका छन ।

 


बुधवार साँझसम्म बन्दरगाहको यार्डमा ३ हजार २ सय ४ मालवस्तु बोकेका र २ सय ६९ खाली कन्टेनर छन् । 
टर्मिनल्सले कम जनशक्तिको आधारमा काम गर्न गार्हो भएको बताउदै आएको छ भने आयातकर्ताका प्रतिनिधि जो यार्डमा किलियरेन्सकोलागि काम गर्छन ।

 

उनीहरु भने टर्मिनल्सका कारण आयातकर्ताहरुले कन्टेनर झिक्न नपाएर डिटेनशन ड्यामरेज चार्ज तिर्न बाध्य भएको बताउछन । तोकेको समयमा कन्टेनर खाली नगरि ढिलो भएमा दुई खालको जरिवाना लिने गरेको छ ।

 

दैनीक ६ हजार र १० हजार भारतीय मुद्रा जरिवाना लिने गरेको छ । ब्यपार सहजीकरण गर्न बसेको इन्टरमोडेल पनि यो बेलामा मौन बसेको अयातकर्ताका प्रतिनिधिहरुको भनाई छ । 


रेलमा आएको सबै र्याक उतारेर रेल खाली गर्न हिमालय टर्मिनल्सले सक्छ तर कन्टेनर आयातकर्तालाई लोड दिन भने आनाकानी गर्दै आइरहेको छ । अहिले पनि बन्दरगाहमा २ सय लरी कन्टेनर बोक्न गएका छन ।

 

२ सय जना चालकहरु चाउ चाउ र चीउरा खाएर दिन बिताउनु परेको छ । आयातकर्ताका प्रतिनिधिहरु दिनहु भंसार पास गराउन जान्छन । कोरोना भाइरसको संक्रमणको जोखिममा काम गर्न गएकाहरुलाई काम नदिने हिमालय टर्मिनल्सका कार्यकारी अधिकृत बिष्णुकान्त चौधरीसंग आयातकर्ताले आग्रह गर्दा पनि कुनै सुनवाई गरेका छैनन ।

 

आयातकर्ता नेताहरुको काम भने गर्दै आएको अन्य ब्यवसायीले बताएका छन । टर्मिनल्सले कन्टेनर लोड अनलोड गर्नकालागि स्टाइकर समेत चुस्त रुपमा राखेको छैन । जसले गर्दा आयातकर्ताहरु समस्यामा परेका छन 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजको मुख्य सडक विस्तारमा  प्रभावितलाई सहुलियत, सेडब्याकमा पुनर्विचार, नक्सापासमा छुट

वीरगंज । वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिद तथा अन्य धार्मिक संरचना यथास्थानमै रहने गरी सडक निर्माणको काम अघि बढाइने वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताएका छन ।

रसुवा बाढीमा बेपत्ता वीरगंजका ६ नागरिकको खोजी तीव्र बनाउन पूर्वमन्त्री यादवको मांग

वीरगंज । रसुवा बाढीमा परी बेपत्ता भएका वीरगंज महानगरपालिका वडा नं. २२, जगरनाथपुरका ६ जना नागरिकको अवस्था अझै अज्ञात रहेपछि पीडित परिवारको पीडा झनै गहिरिँदै गएको छ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.