logo

दालको कालोबजारी गर्ने उधोगीहरु धरौटीमा रिहा,कानून ब्यवसायीको जिज्ञासा,द्रुत काम गर्ने गती कसरी पैदा भयो 

      5/3/2020 गते 00 00 मा प्रकाशित     1932   पटक पढिएको

बीरगंज २१ बैशाख । 
लकडाउनमा दालको कालोबजारी गरेको आरोपमा बारा प्रहरीले हिजो साँझ बीरगंजबाट पक्राउ गरेको उधोगी मुक्ति अग्रवाललाई जिल्ला प्रशासन कार्यालय बाराले धरौटीमा रिहा गरेको छ ।

 

 अग्रवाललाई प्रहरीले  दालको कालोबजारी गरेको अभियोगमा पक्राउ गरेको थियो । बाराको परावानीपुरमा महावीर दाल मिल संचालन गर्दै आएका मुक्ति अग्रवाललाई बाराका प्रमुख जिल्ला अधिकारीको इजलाशले २१ लाख ६५ हजार रुपैया धरौटी माँग गरेको हो । 

 
महावीर दाल मिलका संचालक मुक्ति अग्रवालका  पिता भिखमचन्द अग्रवाल प्रहरीको खोजी सूचीमा हनुहुनथ्यो । उहाँ फेला नपरेपछि अर्का संचालक छोरा मुक्ति अग्रवाललाई प्रहरीले पक्राउ गरेको थियो  । दालको कालो बजारी गरेको आरोपमा पक्राउ परेका अग्रवाल आजै छुटेका छन ।  

 

 हिजो साँझ पक्राउ परेका अग्रवाललाई आजै बयान लिएर आजै मुद्धा हेर्ने  प्रमुख जिल्ला अधिकारी समक्ष पेश गरिएको थियो । हिजो पक्राउ परेका अभियुक्त संग आज बयान लिएर न्यायीक निर्णयकालागि मुद्धा हेर्ने अधिकारी समक्ष यति छिटो  पेश भएको मध्य तराईमा भएका बिरलै घटना मध्यको एक भएको कानून ब्यवसायीको टिप्पणी छ ।

 

 प्रहरीले यही रफ्तारमा  अरु बेला पनि काम गरिदिने हो  भने नेपालको प्रहरीको अनुसन्धान तथा न्याय सेवाले राम्रो प्रशंसा पाउने ति कानून ब्यवसायीको भनाई छ । ति कानून ब्यवसायीको जिज्ञासा छ बाराको प्रहरीमा यति छिटो काम गर्ने गती कसरी पैदा भयो ? 
 

 बाराको परवानीपुर ४ स्थित नारायणी मोडर्न पल्सेस इण्डष्ट्रिजका  सन्चालक मोहनलाल चाचान अग्रवाललाई १८ लाख ५० हजार उहाँका सहयोगीलाई १ लाख ५० हजार  र बाराकै छातापिपराको कृष्ण आधुनिक दाल उद्योगका सन्चालक पवन कुमार साहलाई १९ लाख १७ हजार उहाँका सहयोगी सुरेश प्रसादलाई १ लाख ५० हजार रुपैया धौरटी माँग भएको छ । प्रतिवादीहरु  धरौटी रकम जम्मा गरि हिरासतबाट मुक्त भएका छन ।

 

दाल उत्पादन हुने उधोगले नै कालो बजारी गरेको गुनासोको आधारमा बैशाख ३ गते बाराको स्थानीय प्रशासन र बीरगंज स्थित बाणिज्य तथा उपभोक्ता हित संरक्षण कार्यालयले परावनीपुरमा रहेको  महावीर दाल उधोगमा अनुगमन गरेको थियो । 


अनुगमन टोलीले उधोग संग सम्बन्धीत कागजात बिभागमा पठाएर निर्णय माँग गरेको थियो । उधोगले कालोबजारी गरेको ठहर गर्दै कारवाही गर्न निर्देशन दिएपछि प्रहरीले मुक्ति अग्रवाल बाहेक अन्य उधोगीलाई बैशाख १४ मा पक्राउ गरेको थियो ।

५८ रुपैया खरिद मूल्य रहेको दालाको बिक्री मूल्य ८८ रुपैया कामय गरिएको छ । तर उधोगले ९८ रुपैयामा बिक्री गरेर कालोबजारी गरेको सूचना पाएपछि स्थानीय प्रशासन हर्कतमा आएको थियो । 
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजको मुख्य सडक विस्तारमा  प्रभावितलाई सहुलियत, सेडब्याकमा पुनर्विचार, नक्सापासमा छुट

वीरगंज । वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिद तथा अन्य धार्मिक संरचना यथास्थानमै रहने गरी सडक निर्माणको काम अघि बढाइने वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताएका छन ।

रसुवा बाढीमा बेपत्ता वीरगंजका ६ नागरिकको खोजी तीव्र बनाउन पूर्वमन्त्री यादवको मांग

वीरगंज । रसुवा बाढीमा परी बेपत्ता भएका वीरगंज महानगरपालिका वडा नं. २२, जगरनाथपुरका ६ जना नागरिकको अवस्था अझै अज्ञात रहेपछि पीडित परिवारको पीडा झनै गहिरिँदै गएको छ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.