logo

मापदण्डविपरीत उद्योग सञ्चालन गरे त्यसको क्षतिको जिम्मेवार सम्बन्धीत पक्ष हुने सरोकार समितिको ठहर

      5/12/2020 गते 00 00 मा प्रकाशित     1239   पटक पढिएको


सीमरा ३० बीरगंज

जितपुरसिमरा उपमहानगरपालिका भित्र रहेका उधोगहरु स्थानीयवासीको निरन्तर बिरोधका बाबजुद पनि सरकारले तोकेको मापदण्ड बिपरित गएर सञ्चालन गरेपछि जीतपुरसिमरा सार्वजनिक सरोकार समितिले आफ्नो ध्यान गम्भीररुपमा आकृष्ट भएको जनाएको छ ।

 

सरकारले सञ्चालन गर्ने उद्योगलाई मजदुर तथा कर्मचारीहरुका लागि कार्यक्षेत्र भित्रै खाने बस्ने व्यवस्था, सेनिटाइज सहित उद्योग सञ्चालन गर्नेगरी अनुमति दिने निर्णय गरेको थियो तर सो मापदण्डलाई उल्लंघन गर्दै सुर्य नेपाल, हुलास स्टिल,जगदम्बा स्टील,राजेस मेटल,डावर नेपाल,अशोक स्टीलले उद्योग सञ्चालन गर्न लागेपछि सरोकार समितिको गम्भीर ध्यान आकृष्ट भएको संयोजक मनोज पौडेलले जानकारी दिनुभयो ।

 

आज बसेको सरोकार समितिको बैठकले प्रदेश नम्बर  २ सङ्क्रमणको हिसाबले अत्यन्त जोखिमपूर्ण अवस्थामा रहेकोले यस्तो अवस्थामा मापदण्ड भन्दा बाहिर गएर उद्योग सञ्चालन नगर्न उद्योगी व्यवसायी संग आग्रह गर्नुका साथै मापदण्डविपरीत सञ्चालन हुने उद्योगलाई बन्द गर्न स्थानीय प्रशासन र स्थानीय सरकारसँग समेत माग गरेको र त्यसमा अटेरी गरेमा प्रतिवादमा उत्रन बाध्य हुने चेतावनी दिनुका साथै मापदण्ड विपरीत सञ्चालनहुने उधोगबाट यस क्षेत्रमा कुनै किसिमको क्षति हुन पुगेमा त्यसको सम्पूर्ण जिम्मेवार सम्बन्धित निकाय हुने सरोकार समितिले ठहर गरेको संयोजक पौडेलले जानकारी दिनुभयो ।

 


त्यसका साथै भारतीय पक्षद्वारा नेपाली भूमि अतिक्रमण गर्दै लिपुलेक, लिम्पियाधुरा हुदै मानसरोवर जाने बाटो निर्माण गरी उद्घाटन गरेको प्रति भत्सना गर्दै तत्काल  नेपाली भूमी  खालि गर्न भारतीय पक्ष संग आग्रह गर्दै नेपाल सरकारलाई कूटनीतिक रुपमा समस्या समाधान गर्न आह्वान गरेको छ ।

 

सरोकार समितिका संयोजक मनोज पौडेल अध्यक्षतामा सम्पन्न बैठकमा छबिलाल शर्मा,कर्ण थापा, नारायण घिमिरे,राजु राज गिरी, रमेस सापकोटा,पेसल मुल्मी लगायतको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

रबी लामिछाने रिहाईको माँग गर्दै वीरगंजमा हस्ताक्षर अभियान, संयौंको सहभागिता

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले वीरगंजमा हस्ताक्षर संकलन अभियान सांलन गरेको छ ।

त्रिभूवन राजपथ सडकखण्डको भंसार क्षेत्रको अतिक्रमण हटाइयो, गण्डक सम्मै अभियान चलाइने महानगर प्रमुख सिंहको दावी

वीरगंज  । वीरगंजको मुख्य सडक त्रिभुवन राज पथ विस्तार गर्ने बहुप्रतीक्षित अभियान आजबाट सुरु भएको   छ । लामो समयदेखि रोकिएको सडक विस्तार गर्ने काम आजबाट सुरु भएको हो ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.