logo

गुणस्तरहिन चीनी परिक्षणकालागि पठाउनु अपारदर्शीकाम ,पथलैया राजस्वले टेरेन बारा प्रजिअको आदेश

      5/19/2020 गते 00 00 मा प्रकाशित     1913   पटक पढिएको

इसीमाना सम्वाददाता
६ जेठ २०७७

 खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय जलेश्वरले  अयोग्य प्रमाणित गरेको तीन ट्रक  चीनीको नमुना राजस्व अनुसन्धान इकार्य कार्यालय पथलैयाले खाद्य प्रविधि तथा गुणस्तर निर्धारण कार्याल हेटौडामा पठाएको छ ।  

खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय जलेश्वरले  अयोग्य प्रमाणित गरेको तीन ट्रक  चीनी जलेश्वर भंसार कार्यालयले  जाँच पास गरेको थियो  ।जलेश्वर भन्सार कार्यालयले उपभोग्य मिति सकिएको आयात अयोग्य तीन ट्रक भारतीय चिनीको भन्सार जाँचपास गरेको  थियो । 

 सिम्भावली सुगर लिमिटेड इण्डिया निर्यातकर्ता र अनुष्का मल्टिपर्पोज कम्पनी प्रालि काठमाडौंले आयात गरेको प्रज्ञापन पत्र नम्बर एम १०४१।०६।०३।२०२० को मिति २०७६ माघ १३ गते र फागुन १६ गतेको विल विजक नम्बर १४००००२२६९, १४००००७० र १४००००२६६६ बाट ना ८ ख २१५१, ना ६ ख ८३६९ र ना ५ ख ५६७३ नम्बरको तीन वटा ट्रकमा आयात भएको ७२ हजार केजी चिनी २९ फाल्गुणमा उपभोक्ता हित संरक्षण मंचको सूचनाको आधारमा राजस्व अनुसन्धान कार्यालय पथलैयाले पक्राउ गरेको थियो।

नेपालमा आयात गरिने खाद्य बस्तुको आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयको प्रयोगशालामा परिक्षण गरेर मात्रै आयात गर्नुपर्ने प्रावधान रहेको छ । यो प्रावधानको बर्खिलाप गरि उपभोग्य मिति सकिएको र उपभोगकालागि अयोग्य भारतीय चिनी  जलेश्वर भन्सार कार्यालयले भन्सार जाँचपास गरेर नेपाली उपभोक्ताको जीवन संग खेलवाड गरेको थियो ।

 

राजस्वसंग मात्र आफनो सरोकार रहेको बताउने र प्रधानमंत्रीको प्रत्यक्ष निगरानीमा चलेको राजस्व अनुसन्धान कार्यालय पथलैयाले त्यही चीनीको गुणस्तर परिक्षण गर्न पठाएर के गर्न खोजेको भन्ने प्रश्न उठेको छ । कार्यालयले जेठ ५ गतेको मितिमा चलानी नं ५५७ नम्बरको पत्र मार्फत चीनीको नमुना र बोराको तस्विर खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा पठाएको छ ।

 

पथलैया राजस्वका प्रमुख राजन बि.सी.ले गुणस्तर प्रमाणीकरणकालागि पठाएको स्वीकार गर्नुृ भयो । राजस्व मात्र हेर्ने कार्यालयले गुणस्तर चाही किन खोजेको होला भन्दा बि.सी.ले ब्यापारीको पनि लगानी लागेको छ त्यो ठिक बेठीक जे भएपनि टुग्याउनकालागि परिक्षण गर्न पठाइएको बताउनु भयो ।

 

त्यो आखाद्य चीनीका बिषयमा कारवाहीको माँग गर्दै उपभोक्ता हित संरक्षण मंच कलैया उपमहानगर कमिटीले जिल्ला प्रशासन कार्यालय बारामा उजुरी दिएको छ । त्यही उजुरीका आधारमा बाराका प्रमुख जिल्ला अधिकारीले गाडी र त्यस सम्बन्धी कागजात माँग गरेको हप्ता बित्न लाग्यो तर पथलैया राजस्व अनुसन्धान कार्यालयले कुनै सुनवाई गरेको छैन ।

 

प्रमुख जिल्ला अधिकारीकोमा पठाउन बिभागका महानिर्देशकको अनुमती लिनु पर्छ बिसीले भन्नु भयो  गाडी र फाइल सबै पठाउनु पर्ने हो अहिले लकडाउनमा चालकहरु पनि नपाइएकोले पठाउन पाएको छैन ।  बि.सीले इन्द्रेका बाउ चन्द्रे आएपनि गलत हुन नदिने बताउनु भयो । तर उहाँको कार्यालयले सम्पादन गर्द गरेको कामले भने प्रश्न उब्जेको छ । 

 

चीनीसहितको ट्रक समातिने बित्तिकै  भंसार बिगका प्रवक्ता शिशिर घिमिरेले उपभोग्य मिति नै समाप्त भएको खाद्यबस्तुको आयात र जाँच पास दुबै गर्न नमिल्ने बताउनु भएको थियो  ।  


उहाँले जाँचपास घटनाको अनुसन्धान गरेर दोषीलाई कारवाही गरिने बताए पनि बिभागले त्यस बिषयमा केही नगरेको स्रोतले बताएको छ ।  

 

सन २०१८ मार्च महिनामा प्याकिङ गरिएको भारतीय चिनीको उपभोग्य मिति २४ महिना उल्लेख गरिएको छ । उल्लेखित मिति अनुसार चिनीको उपभोग्य मिति २०२० को फेब्रुअरी महिनामै समाप्त भएको छ ।

 
उपभोत्तmा हित संरक्षण मञ्चका केन्द्रीय उपाध्यक्ष अजय अधिकारीले राजस्व अनुन्धान कार्यालय पथलैयाले मुद्धा हेर्ने अधिकारी समक्ष कागजात र गाडी नपठाएर अपारदर्शी काम गरेको बताउनु भयो ।

 

एउटा कार्यालयले गुणस्तरहिन भनेको छ त्यती मात्र होइन उपभोग्य मिति समेत नाघेको प्रमाण दिएको अवस्थामा फेरी गुणस्तर मापन गर्न खोज्नुको कारण के हो ? उपाध्यक्ष अधिकारीले भन्नु भयो यसले अपारदर्शी खेल तर्फ संकेत गर्छ उपभोक्ताको हित प्रतिकूलको यस्तो काम सहन नगरिने उहाँले चेतावनी दिनु भयो ।

 

 उपभोग्य म्याद नभएको र गुणस्तरहिन चीनी नष्ट गर्नु पर्ने कानूनी प्रावधान रहेको छ । तर चीनीका आयातकर्ताले पथलैया राजस्वको सहयोगमा  गुणस्तरयोग्य चीनी रहेको कागजात बनाउने अन्तिम प्रयास गर्दैछन परिणाम के आउछ त्यो भने हेर्न बाँकी छ । 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

गहवा माई रथ यात्रामा लायन्स क्लबको सेवाभाव, हजारौं श्रद्धालुलाई निःशुल्क खानेपानी वितरण

वीरगञ्ज । गहवा माईको ऐतिहासिक रथ यात्राका अवसरमा लायन्स क्लब अफ वीरगञ्ज, लायन्स क्लब अफ वीरगञ्ज विजयपथ, लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमी र लायन्स क्लब अफ वीरगञ्ज जय गहवा माईले श्रद्धालु भक्तजनप्रति सेवाभाव प्रस्तुत गर्दै संयुक्तरूपमा हजारौं भक्तजनलाई निःशुल्क खानेपानी वितरण गरेका छन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.