logo

औषधी ढुवानीको ब्यानरमा गुटखाको ब्यापार,१८ लाख बराबरको गुटखा सहित पशुपति ट्रान्सपोर्टको कन्टेनर प्रहरी नियन्त्रणमा 

      5/23/2020 गते 00 00 मा प्रकाशित     3088   पटक पढिएको

काठमाण्डौबाट  सिराहको लाहान जादै गरेको एउटा ट्रकबाट पशुपतीनगरे प्रहरीले ५० बोरा गुटखा बरामद गरेको छ ।

 

लकडाउनको बेलामा “औषधी ढुवानी” लेखिएको ट्रकमा १८ लाख बराबरको ५० बोरा गुटखा बरामद भएको हो । लकडाउनको बेलामा अत्यावश्यक सेवाको ढुवानी संचालनमा सरकारले नियन्त्रण भन्दा पनि प्रोत्साहन गरेको छ ।

 

तर औषधी ढुवानीको नाममा लागु  औषध बोकेर अत्यावश्यक बस्तुको ओसार पसारलाई समेत शंकाको दायरामा ल्याउने काम भएको छ । 

 

इलाका प्रहरी कार्यालय पशुपतिनगरका इञ्चार्ज प्रहरी निरीक्षक अरुणकुमार कुस्वाहाको टोलीले ना ३ ख ४७८५ नम्बरको मालबाहक कन्टेनरबाट करिब ९ लाख रुपैयाँ बराबरको ५० बोरा गुट्खा पराग, करिब ९ लाख रुपैयाँ बढीको १७ बोरा रजनी गन्धा गुट्खा बरामद गरेको जानकारी दिनु भयो ।

 

पशुपति ट्रान्सपोर्टले काठमाडौंबाट सिरहाको लहान, सप्तरीको राजबिराजका लागि पठाएको सो कन्टेनरबाट केहमीमात्रामा औषधिजन्य वस्तु मात्रै रहेको तर, बढी चकलेट, मोबाईल सहित इलेक्ट्रोनिक्स सामग्रीहरु फेला पारेको थियो ।

 

प्रहरी निरीक्षक कुशवाहाका अनुसार बरामद गरिएको सुर्तीजन्य वस्तुसहित सवारी साधनलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाएको छ ।

 

पछिल्लो समय खाद्यान्न ढुवानी, औषधि ढुवानी, दूग्धजन्य ढुवानीको ब्यानर राखेर कानून विपरितका कार्यहरु गरेको प्रहरीले फेला पार्दै आएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.