logo

चुहावट नियन्त्रणकालागि मधेश प्रदेशमा स्मार्ट मिटर जडान गर्ने प्राधिकरणको तयारी

 इसीमाना सम्वाददाता     २०७९ पौष १५ गते ०९: ०५ मा प्रकाशित     533   पटक पढिएको

नेपाल विद्युत प्राधिकरणले मधेश प्रदेशमा सामान्य विद्युतका मिटर हटाएर स्मार्ट मिटर जडान गर्ने भएको छ। चुहावट नियन्त्रणका लागि स्मार्ट मिटर जडानको अभियान प्राधिकरणले गर्न लागेको हो।

मधेश प्रदेश सबैभन्दा धेरै विद्युत चोरी हुने प्रदेशमा पर्दछ। प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालय प्रमुख मनोज सिलवालका अनुसार सबैभन्दा धेरै विद्युतीकरण भएकाले यो प्रदेशमा स्मार्ट मिटर राख्न समेत सहज हुनेछ।

चालु वर्षभित्र ठेक्का निकाल्ने तयारीका साथ बिडिङ डकुमेन्ट तयारीको काम भइरहेको सिलवालको भनाई छ। यही वर्ष ठेक्का सम्झौता सकेर अर्को वर्षबाट कामै सुरु गर्ने योजना छ।

मधेश प्रदेशमा १० लाख स्मार्ट मिटर चाहिने प्राधिकरणको प्रक्षेपण छ। जसका लागि करिब १० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। यो जडान गर्न तीन वर्ष लाग्नेछ। प्राधिकरणले डेढ लाख स्मार्ट मिटरको ठेक्का चिनियाँ कम्पनी निङबो सान्सीलाई दिएको छ। उपत्यकामा व्यवसायिक प्रयोजनका लागि थ्री फेजको स्मार्ट मिटर जडान गर्न लागिएको हो। यही वर्ष जडान सुरु हुनेछ।

प्राधिकरणले पाइलट प्रोजेक्टको रुपमा रत्नपार्क र महाराजगंज वितरण केन्द्रका ग्राहकरुको सामान्य मिटर हटाएर स्मार्ट मिटर जडान गरेको थियो। करिब ९७ हजार स्मार्ट मिटर जडान गरिएको छ। यो पाइलट प्रोजेक्ट पुरा गरेपछि प्राधिकरण थप स्मार्ट मिटरको योजना अघि बढाउन लागेको थियो।

तर प्राधिकरणले स्मार्ट मिटरका लागि चाहिने फ्रिक्वेन्सीको अनुमति नदिएका कारण लामो समय रोकियो। असोज १३ गते राजपत्रमा सुचना निकाल्दै सरकारले न्युनतम शुल्कमा फ्रिक्वेन्सीको अनुमति पाएसँगै योजना अघि बढाएको हो।

प्राधिकरणले स्मार्ट मिटरका लागि ३९६.५ देखि ३९९.५ मेगाहर्जको रेडियो फ्रिक्वेन्सी पाएको छ। प्राधिकरणले ३ ब्याण्डविथको अनुमति पाएको हो। प्रतिमेगाहर्ज फ्रिक्वेन्सी ब्याण्डविथका लागि १ करोड २० लाख रुपैयाँ तिर्नुपर्ने गरी अनुमति दिइएको छ। स्मार्ट मिटरको डेटा प्राधिकरणको केन्द्रीय सर्भरमा पुर्‍याउन फ्रिक्वेन्सी चाहिन्छ। अनुमति नपाउँदा प्राधिकरणले गैरकानुनी रुपमा फ्रिक्वेन्सी प्रयोग गरेर डेटा लिइरहेको थियो।

प्राधिकरणले आगामी तीन वर्षभित्रै काठमाडौं उपत्यकाको पनि सबै स्मार्ट मिटर जडान गर्नेछ।

उपत्यकामा ५ लाख मिटर खरिद गर्ने योजना छ। टेण्डरको लागि डकुमेन्ट बनाउने काम भइरहेको छ। यसका लागि करिब ५ अर्ब रुपैयाँ लाग्ने अनुमान छ। एसियाली विकास बैंकको सहुलियत ऋण सहयोगमा स्मार्ट मिटर खरिद गर्न लागिएको हो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

९ महिला सहित ८१ जनाद्वारा रक्तदान

वीरगंज । बीरगञ्ज पब्लिक कलेजको आयोजना तथा राउण्ड टेबल नेपाल (बीरगञ्ज राउण्ड टेबल ३) को सहकार्यमा कलेज परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

डोली यात्राको पूर्वसन्ध्यामा ८ महिला सहित ६५ जनाद्वारा रक्तदान

वीरगंज ।  माइस्थान मन्दीर सञ्चालक समिति वीरगंजले  आयोजना गरेको रक्तदान कार्यक्रममा ६५ जनाले रक्तदान गरेका छन् ।

खेलकुद

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।

नारायणी रङ्गशालाको प्याराफिट पुनर्निर्माण कार्यको  सचिव शिवजी गुप्ताले गरे शिलान्यास

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी रङ्गशालाको प्याराफिट पुनर्निर्माण कार्यको मधेश प्रदेश खेलकुद परिषदका सदस्य सचिव सचिव शिवजी गुप्ताले शिलान्यास गरेका छन ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.