logo

चुहावट नियन्त्रणकालागि मधेश प्रदेशमा स्मार्ट मिटर जडान गर्ने प्राधिकरणको तयारी

 इसीमाना सम्वाददाता     २०७९ पौष १५ गते ०९: ०५ मा प्रकाशित     435   पटक पढिएको

नेपाल विद्युत प्राधिकरणले मधेश प्रदेशमा सामान्य विद्युतका मिटर हटाएर स्मार्ट मिटर जडान गर्ने भएको छ। चुहावट नियन्त्रणका लागि स्मार्ट मिटर जडानको अभियान प्राधिकरणले गर्न लागेको हो।

मधेश प्रदेश सबैभन्दा धेरै विद्युत चोरी हुने प्रदेशमा पर्दछ। प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालय प्रमुख मनोज सिलवालका अनुसार सबैभन्दा धेरै विद्युतीकरण भएकाले यो प्रदेशमा स्मार्ट मिटर राख्न समेत सहज हुनेछ।

चालु वर्षभित्र ठेक्का निकाल्ने तयारीका साथ बिडिङ डकुमेन्ट तयारीको काम भइरहेको सिलवालको भनाई छ। यही वर्ष ठेक्का सम्झौता सकेर अर्को वर्षबाट कामै सुरु गर्ने योजना छ।

मधेश प्रदेशमा १० लाख स्मार्ट मिटर चाहिने प्राधिकरणको प्रक्षेपण छ। जसका लागि करिब १० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। यो जडान गर्न तीन वर्ष लाग्नेछ। प्राधिकरणले डेढ लाख स्मार्ट मिटरको ठेक्का चिनियाँ कम्पनी निङबो सान्सीलाई दिएको छ। उपत्यकामा व्यवसायिक प्रयोजनका लागि थ्री फेजको स्मार्ट मिटर जडान गर्न लागिएको हो। यही वर्ष जडान सुरु हुनेछ।

प्राधिकरणले पाइलट प्रोजेक्टको रुपमा रत्नपार्क र महाराजगंज वितरण केन्द्रका ग्राहकरुको सामान्य मिटर हटाएर स्मार्ट मिटर जडान गरेको थियो। करिब ९७ हजार स्मार्ट मिटर जडान गरिएको छ। यो पाइलट प्रोजेक्ट पुरा गरेपछि प्राधिकरण थप स्मार्ट मिटरको योजना अघि बढाउन लागेको थियो।

तर प्राधिकरणले स्मार्ट मिटरका लागि चाहिने फ्रिक्वेन्सीको अनुमति नदिएका कारण लामो समय रोकियो। असोज १३ गते राजपत्रमा सुचना निकाल्दै सरकारले न्युनतम शुल्कमा फ्रिक्वेन्सीको अनुमति पाएसँगै योजना अघि बढाएको हो।

प्राधिकरणले स्मार्ट मिटरका लागि ३९६.५ देखि ३९९.५ मेगाहर्जको रेडियो फ्रिक्वेन्सी पाएको छ। प्राधिकरणले ३ ब्याण्डविथको अनुमति पाएको हो। प्रतिमेगाहर्ज फ्रिक्वेन्सी ब्याण्डविथका लागि १ करोड २० लाख रुपैयाँ तिर्नुपर्ने गरी अनुमति दिइएको छ। स्मार्ट मिटरको डेटा प्राधिकरणको केन्द्रीय सर्भरमा पुर्‍याउन फ्रिक्वेन्सी चाहिन्छ। अनुमति नपाउँदा प्राधिकरणले गैरकानुनी रुपमा फ्रिक्वेन्सी प्रयोग गरेर डेटा लिइरहेको थियो।

प्राधिकरणले आगामी तीन वर्षभित्रै काठमाडौं उपत्यकाको पनि सबै स्मार्ट मिटर जडान गर्नेछ।

उपत्यकामा ५ लाख मिटर खरिद गर्ने योजना छ। टेण्डरको लागि डकुमेन्ट बनाउने काम भइरहेको छ। यसका लागि करिब ५ अर्ब रुपैयाँ लाग्ने अनुमान छ। एसियाली विकास बैंकको सहुलियत ऋण सहयोगमा स्मार्ट मिटर खरिद गर्न लागिएको हो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

वीरगंज कारागारका सबै कैदीबन्दको भाग्ने प्रयासमा सुरक्षा निकायको अवरोध कैदीबन्दी सुरक्षीत

वीरगञ्ज । वीरगको कारागार प्रशासनले एक बिज्ञप्ति जारी गरि कारागारका कैदी बन्दी सबै सुरक्षीत रहेको जनाएको छ । कैदी बन्दीहरुले भाग्ने प्रयास गरेको तर भाग्यो योजना सफल नभएको जनाएको छ ।

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

खेलकुद

नेपोभिट अन्तराष्ट्रिय आमन्त्रण फूटवलको उपाधी एपीएफको कब्जा

वीरगंज । सीमरामा हिजो सम्पन्न अन्तराष्ट्रिय महिला फूटवलको उपाधी बिभागीय टोली एपिएफले उचालेको छ ।

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.